एफिसी 2:5-6
एफिसी 2:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीले अट्टेरी गरेर आत्मिक तवरले मरे तापनि उहाँले ख्रीष्टसँगै हामीलाई फेरि जिउँदो गराउनुभयो। तिमीहरू बचाइएको पनि परमेश्वरकै अनुग्रहले हो। हामी येशू ख्रीष्टमा भएकाले उहाँसँगै परमेश्वरले हामीलाई पनि जिउँदो गराउनुभयो र उहाँसँगै स्वर्गीय संसारमा राज्य गर्न दिनुभयो।
एफिसी 2:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो।
एफिसी 2:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामी अपराधमा मरेका अवस्थाबाट हामीहरूलाई ख्रीष्टसँग जीवित पार्नुभयो—परमेश्वरको अनुग्रहबाट नै तिमीहरूले मुक्ति पाएका छौ। अनि परमेश्वरले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो र ख्रीष्ट येशूसँगै स्वर्गीय स्थानहरूमा बसाल्नुभयो
एफिसी 2:5-6 पवित्र बाइबल (NERV)
हाम्रो पापहरूको कारणले हामी आत्मिक रूपले मृत थियौं। तर परमेश्वरले हामीलाई ख्रीष्टसित नयाँ जीवन दिनुभयो। हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामी ख्रीष्ट येशूमा सम्मिलित भएकोले हो।