एफिसी 2:3-4
एफिसी 2:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौं, र बाँकी मानिसजस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं। तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो
एफिसी 2:3-4 नेपाली समकालीन संस्करण (NCV)
हामीहरू सबै पनि एक समयमा तिनीहरूजस्तै हाम्रा शारीरिक लालसाहरू पूरा गर्दै र यसका अभिलाषाहरू र विचारहरूलाई पछ्याउँदै तिनीहरूका बीचमा जिउने गर्दथ्यौं; र बाँकी मानिसहरूजस्तै हामीहरू पनि स्वभावैले क्रोधका सन्तान थियौं। तर कृपाका धनी परमेश्वरले उहाँको हामीप्रतिको महान् प्रेमका कारण
एफिसी 2:3-4 पवित्र बाइबल (NERV)
गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै थियौ। तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ।
एफिसी 2:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामी पनि एकपल्ट तिनीहरूजस्तै थियौं र आफ्नै शारीरिक स्वभावका इच्छामा लागेका थियौं र आफ्ना शारीरिक स्वभाव र मनले इच्छा गरेका कुरामा नै हिंड्दथ्यौं। हाम्रो आफ्नै स्वभावमा त अरूहरूजस्तै हामीले पनि परमेश्वरको रिसमा पर्नुपर्ने थियो। तर परमेश्वरले हामीलाई असाध्यै माया र ठूलो दया गर्नुभयो।