एफिसी 2:19-21
एफिसी 2:19-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण तिमीहरू अब विदेशी र बिराना होइनौ, तिमीहरू अब परमेश्वरको जातिसँग सह-नागरिक बनेका छौ र परमेश्वरका परिवारका सदस्यहरू बनेका छौ। प्रेरित र अगमवक्ताहरूले हालेका जगमा बनिएका घर तिमीहरू पनि हौ। जगको मूल ढुङ्गाचाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ। उहाँले नै सिङ्गै घरलाई पक्रेर राख्नुभएको छ र उहाँले यस घरलाई प्रभुप्रति समर्पण गरिएको एक पवित्र मन्दिर बनाउनुहुनेछ।
एफिसी 2:19-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ। त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ। उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ।
एफिसी 2:19-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ। त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूका जगमाथि बसालिएको छ; अनि जसको मुख्य ढुङ्गो ख्रीष्ट येशू आफैँ हुनुहुन्छ। उहाँमा नै पूरै भवन ठिकसँग जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर बन्नलाई बढ्दैजान्छ।
एफिसी 2:19-21 पवित्र बाइबल (NERV)
यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ। तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ। त्यो सम्पूर्ण भवन ख्रीष्टमा गाँसिएको छ। यो प्रभुमा पवित्र मन्दिर बनेर बढ़दछ।