YouVersion लोगो
खोज आइकन

व्यवस्था 7:6-10

व्यवस्था 7:6-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति एउटा पवित्र जाति हौ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उहाँका जाति र बहुमूल्य सम्पत्ति हुनलाई यस पृथ्वीका सबै जातिहरूका बीचबाट चुन्‍नुभएको छ। तिमीहरू संख्यामा अरू जातिहरूभन्दा धेरै भएको कारण याहवेहले तिमीहरूप्रति आफ्नो प्रेम देखाउनुभएको होइन। तिमीहरू त सबै जातिहरूभन्दा थोरै थियौ। तर याहवेहले तिमीहरूलाई प्रेम गर्नुभएको कारण र उहाँले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको कारण, यसकासाथै उहाँको महान् शक्तिद्वारा तिमीहरूलाई दासत्वको देश इजिप्टको राजा फारोको शक्तिबाट छुटकारा दिएर निकालेर ल्याउनुभयो। यसकारण याहवेह तिमीहरूका परमेश्‍वर नै परमेश्‍वर हुनुहुन्छ भनी याद राख। उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरूका हजारौँ पुस्तासम्म आफ्नो प्रेमको करार पूरा गर्ने विश्‍वासयोग्य परमेश्‍वर उहाँ हुनुहुन्छ। तर, उहाँलाई घृणा गर्नेहरूलाई उहाँले तिनीहरूका आँखाकै सामु नाश गरेर बदला लिनुहुनेछ; उहाँलाई घृणा गर्नेहरूलाई तिनीहरूका मुखकै सामु बदला लिन उहाँ ढिलो गर्नुहुनेछैन।

शेयर गर्नुहोस्
व्यवस्था 7 पढ्नुहोस्

व्यवस्था 7:6-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु तिमीहरूका परमेश्‍वरले पृथ्‍वीमा भएका सबै मानिसहरूमध्‍येबाट आफ्‍नो निम्‍ति एक विशेष जाति, एक अमूल्‍य सम्‍पत्ति बनाउन तिमीहरूलाई छान्‍नुभएको छ। तिमीहरू संख्‍यामा अरू जातिहरूभन्‍दा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको वा छान्‍नुभएको होइन, किनकि तिमीहरू त संख्‍यामा सबै जातिहरूभन्‍दा कम थियौ। तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको कारणले, र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई नै तिमीहरूलाई परमप्रभुले आफ्‍नो बाहुबलद्वारा निकाली ल्‍याउनुभयो, र मिश्रका राजा फारोको हातबाट, दासत्‍वको देशबाट छुटकारा दिनुभयो। यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्‍वर मात्र परमेश्‍वर हुनुहुन्‍छ, एक विश्‍वासयोग्‍य परमेश्‍वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौँ पुस्‍तामाथि उहाँले आफ्‍नो प्रेमको करार पूरा गर्नुहुन्‍छ, र दया देखाउनुहुन्‍छ। तर उहाँलाई तिरस्‍कार गर्नेहरूलाई उहाँले अवश्‍य नाश गर्नुहुनेछ, र उहाँलाई घृणा गर्ने विरुद्ध बदला लिन उहाँ विलम्‍ब गर्नुहुनेछैन।

शेयर गर्नुहोस्
व्यवस्था 7 पढ्नुहोस्

व्यवस्था 7:6-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति एउटा पवित्र जाति हौ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उहाँका जाति र बहुमूल्य सम्पत्ति हुनलाई यस पृथ्वीका सबै जातिहरूका बीचबाट चुन्‍नुभएको छ। तिमीहरू संख्यामा अरू जातिहरूभन्दा धेरै भएको कारण याहवेहले तिमीहरूप्रति आफ्नो प्रेम देखाउनुभएको होइन। तिमीहरू त सबै जातिहरूभन्दा थोरै थियौ। तर याहवेहले तिमीहरूलाई प्रेम गर्नुभएको कारण र उहाँले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको कारण, यसकासाथै उहाँको महान् शक्तिद्वारा तिमीहरूलाई दासत्वको देश इजिप्टको राजा फारोको शक्तिबाट छुटकारा दिएर निकालेर ल्याउनुभयो। यसकारण याहवेह तिमीहरूका परमेश्‍वर नै परमेश्‍वर हुनुहुन्छ भनी याद राख। उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरूका हजारौँ पुस्तासम्म आफ्नो प्रेमको करार पूरा गर्ने विश्‍वासयोग्य परमेश्‍वर उहाँ हुनुहुन्छ। तर, उहाँलाई घृणा गर्नेहरूलाई उहाँले तिनीहरूका आँखाकै सामु नाश गरेर बदला लिनुहुनेछ; उहाँलाई घृणा गर्नेहरूलाई तिनीहरूका मुखकै सामु बदला लिन उहाँ ढिलो गर्नुहुनेछैन।

शेयर गर्नुहोस्
व्यवस्था 7 पढ्नुहोस्

व्यवस्था 7:6-10 पवित्र बाइबल (NERV)

किनभने परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वी भरिका मानिसहरूमध्ये तिमीहरूलाई आफ्ना विशेष मानिसहरू बनाउन मन पराउनु भयो र तिमीहरू परमप्रभुको आफ्नै मानिसहरू हौ। किन परमप्रभुले तिमीहरूलाई प्रेम गर्नु भयो अनि आफ्ना विशेष मानिसहरूको रूपमा रोज्नु भयो? यो यसकारण होइन कि तिमीहरू विशाल राष्ट्र छौ! तिमीहरूको जन संख्या अरू सबै भन्दा कम्ती छ। तर परमप्रभुले तिमीहरूलाई आफ्नो महान् शक्तिद्वारा मिश्र देशबाट बाहिर निकाल्नु भयो, तिनीहरूको दासत्वबाट मुक्त गराउनु भयो र मिश्र देशका राजा फिरऊनको नियन्त्रणबाट तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। किनभने परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूका पिता-पुर्खाहरूसँग गरेको प्रतिज्ञा पूर्ण गर्नलाई यस्तो गर्नु भयो। “यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ। तर परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुन्छ जसले उहाँलाई घृणा गर्छन्। उहाँ तिनीहरूलाई ध्वंश पार्नुहुन्छ। उहाँलाई घृणा गर्नेहरूलाई दण्ड दिनु ढिलो गर्नुहुन्न।

शेयर गर्नुहोस्
व्यवस्था 7 पढ्नुहोस्

व्यवस्था 7:6-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरूले त्‍यसो गर्नु नै पर्छ किनभने तिमीहरू परमप्रभु तिम्रा परमेश्‍वरका जन हौ। संसारका सबै जातिहरूका माझबाट आफ्‍नो निजी अनि विशेष जन बनाई उहाँले तिमीहरूलाई चुन्‍नुभयो। “तिमीहरू सङ्‍ख्‍यामा अरू जातिहरूभन्दा धेरै भएका हुनाले उहाँले तिमीहरूलाई प्रेम गर्नु वा चुन्‍नुभएको होइन। पृथ्‍वीमा तिमीहरू सबैभन्दा कम सङ्‍ख्‍या भएका जाति थियौ। तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभयो र तिम्रा पुर्खासित गर्नुभएको उहाँको प्रतिज्ञा पूरा गर्न चाहनुहुन्‍थ्‍यो। त्‍यसैकारण आफ्‍नो महान् शक्तिले उहाँले तिमीहरूलाई बचाउनुभयो र मिश्रको राजाको दासत्‍वदेखि छुटकारा दिनुभयो। यो याद राख, परमप्रभु तिमीहरूका परमेश्‍वर एक मात्र परमेश्‍वर हुनुहुन्‍छ अनि उहाँ विश्‍वासयोग्‍य हुनुहुन्‍छ। उहाँले आफ्‍नो करार राख्‍नुहुनेछ र उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा मान्‍नेहरूका हजारौँ पुस्‍ताहरूलाई अटुट प्रेम गर्नुहुनेछ। तर उहाँलाई घिन गर्नेहरूलाई सजायँ दिन उहाँले सङ्कोच मान्‍नुहुन्‍न।

शेयर गर्नुहोस्
व्यवस्था 7 पढ्नुहोस्