व्यवस्था 5:9-10
व्यवस्था 5:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।
व्यवस्था 5:9-10 पवित्र बाइबल (NERV)
कुनै मूर्तिको सेवा तथा पूजा नगर। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म ईर्ष्यालु छु र मेरा मानिसहरूले अरूलाई पूजा गरेको सहन सक्तिनँ। मेरो इच्छा विरूद्ध पूजा गर्नेहरू मेरा शत्रुहरू हुनेछन् र म तिनीहरू मात्र होइन तिनीहरूका छोरा-छोरीहरू देखि नाति-नातिनी अनि पनाति-पनातिनीसम्मलाई दण्ड भोग्न लाउने छु। तर जसले मलाई प्रेम गर्छन् र मेरो आज्ञाहरू पालन गर्छन् तिनीहरूको हजारौं पुस्तासम्म म तिनीहरू प्रति कृपालु हुनेछु।
व्यवस्था 5:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कुनै मूर्तिको अघि तिमीहरूले टाउको ननिहुराउनू अनि त्यसलाई नपुज्नू किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ र यस्तो विरोधीलाई सहँदिनँ। मलाई घृणा गर्नेहरू र तिनका सन्तानमाथि तेस्रो र चौथो पुस्तासम्म म दण्ड दिन्छु। तर मलाई प्रेम गर्ने र मेरा आज्ञा मान्नेहरूमाथि हजारौँ पुस्तासम्म म आफ्नो प्रेम देखाउँछु।