YouVersion लोगो
खोज आइकन

व्यवस्था 33:2-27

व्यवस्था 33:2-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिनले भने: “याहवेह सीनै पर्वतबाट आउनुभयो, र तिनीहरूमाथि सेइरमा झुल्कनुभयो; उहाँ पारान पर्वतबाट चम्कनुभयो। उहाँको पर्वतको ओरालो, दक्षिणबाट दशौँ हजार पवित्र जनहरूसँग उहाँ आउनुभयो। निश्‍चय नै तपाईं, जसले मानिसहरूलाई प्रेम गर्नुहुन्छ; सबै पवित्र जनहरू तपाईंका हातमा छन्। तिनीहरू सबै तपाईंको पाउमा दण्डवत् गर्नेछन्; र तपाईंबाट नै अर्तीहरू प्राप्‍त गर्दछन्। याकोबका मानिसहरूका सम्पत्ति भनेको नै मोशाले हामीलाई दिएका व्यवस्थाहरू हुन्। उहाँ यशूरूनमाथि राजा हुनुहुन्थ्यो, जब इस्राएलका कुलहरूको साथमा मानिसहरूका अगुवाहरू भेला भएका थिए। “रूबेन बाँचिरहून्, र कहिल्यै नमरून्; न त त्यसका मानिसहरू थोरै होऊन्।” अनि यहूदाको बारेमा तिनले यो भने: “हे याहवेह यहूदाको पुकार सुन्‍नुहोस्; त्यसलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्; त्यसले आफ्नै हातले आफ्नो रक्षा गर्छ। हे प्रभु, त्यसका शत्रुहरूको विरुद्धमा त्यसको सहायक हुनुहोस्!” लेवीको बारेमा तिनले भने: “तपाईंको तुम्मीम र ऊरीम तपाईंको विश्‍वासयोग्य सेवकका हुन्। तपाईंले त्यसलाई मस्साहमा जाँच्नुभयो; तपाईंले त्यससँग मेरीबाको पानीमा लड्नुभयो। त्यसले आफ्नो बुबा र आमालाई भन्यो, ‘म तिनीहरूको कुनै वास्ता गर्दिनँ।’ त्यसले आफ्ना दाजुभाइहरूलाई चिनेन, र आफ्नै छोराछोरीहरूलाई स्वीकार गरेन; तर त्यसले तपाईंको वचनमा ध्यान दियो, र तपाईंको करारको रक्षा गर्‍यो। त्यसले याकोबलाई तपाईंको विधि र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछ। त्यसले तपाईंको सामु धूप र तपाईंको वेदीमा सम्पूर्ण होमबलि चढाउँछ। हे याहवेह, त्यसका सबै धनसम्पत्तिहरूमा आशिष् दिनुहोस्, र त्यसका हातका परिश्रमहरूमा प्रसन्‍न हुनुहोस्। त्यसको विरुद्धमा उठ्ने शत्रुहरूलाई प्रहार गर्नुहोस्, र त्यसका शत्रुहरू फेरि कहिल्यै उठ्न नसकून्!” बेन्यामीनको बारेमा तिनले भने: “याहवेहको प्रिय उहाँमा सुरक्षित रहून्; किनकि त्यसको दिनभरिको ढाल उहाँ हुनुहुन्छ। अनि याहवेहले प्रेम गर्नुहुनेचाहिँ उहाँका काँधमा विश्राम लिन्छन्।” योसेफको बारेमा तिनले भने: “याहवेहले त्यसको भूमिलाई माथि आकाशका बहुमूल्य शीत र तल रहेको गहिरो पानीले आशिष् दिनुहुन्छ; सूर्यले ल्याउने उत्तम कुराहरूले, र चन्द्रमाबाट प्राप्‍त हुने अति असल कुराहरूले; प्राचीन पहाडहरूका मूल्यवान् उपहारहरूले, अनि अनन्तका पर्वतहरूको फलदायक परिपूर्णताले; पृथ्वीका सर्वोत्तम उपहारहरू र त्यसको प्रसस्ताले, अनि जल्दैगरेको पोथ्रामा बास गर्नुहुनेको कृपाले। यी सबै योसेफको शिरमाथि, तिनका दाजुभाइहरूमध्येका राजकुमारको निधारमा रहून्। वैभवमा त्यो पहिले जन्मेको साँढेजस्तै छ; त्यसका सिङहरू जङ्गली गोरुका सिङहरूझैँ छन्। ती सिङहरूद्वारा त्यसले जातिहरूलाई हान्‍नेछ; पृथ्वीका अन्तिम भागसम्म रहेकाहरूलाई पनि, ती सिङहरू एफ्राइमका दश हजारजस्तै छन्; मनश्शेका हजारौँ-हजारझैँ छन्।” जबूलूनको बारेमा तिनले भने: “जबूलून, तँ बाहिर जाँदा आनन्द गर्, अनि इस्साखार, तँ आफ्नो पालभित्र आनन्द गर्। तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्। र त्यहाँ धार्मिकताका बलिदानहरू चढाउनेछन्। तिनीहरूले समुद्रका प्रचुरतामा र बालुवामा लुकेका गुप्‍त धनमा भोज गर्नेछन्।” गादको बारेमा तिनले भने: “गादको राज्य विस्तार गर्ने जन धन्यको हो! गादचाहिँ पाखुरा वा शिर चिथोर्ने सिंहझैँ बस्छ। त्यसले आफ्ना निम्ति सबैभन्दा असल ठाउँ छान्यो; अगुवाको भाग त्यसका निम्ति राखिएको थियो। जब मानिसहरूका मुख्य व्यक्तिहरू भेला भए, तब त्यसले याहवेहका धार्मिक इच्छा र इस्राएल सम्बन्धी उहाँका नीति-नियमहरू कार्यान्वयन गरायो।” दानको बारेमा तिनले भने: “दान बाशानबाट उफ्रँदै आउने सिंहको डमरुजस्तै हो।” नप्‍तालीको बारेमा तिनले भने: “नप्‍ताली याहवेहको कृपाको प्रशस्ततामा छ, र त्यो उहाँको आशिष्‌ले भरिपूर्ण छ। त्यसले गालील तालको दक्षिणतिरको भाग अधिकार गर्नेछ।” आश्शेरको बारेमा तिनले भने: छोराहरूमध्ये सबैभन्दा आशिषित चाहिँ आशेर हो; त्यसका दाजुभाइहरूले त्यसमाथि कृपा देखाऊन्; र त्यसले आफ्ना पाउ जैतुनको तेलमा चोपोस्। तेरा मूलढोकाका आग्लाहरू फलाम र काँसो होऊन्। अनि तेरो बलचाहिँ तेरा दिनहरू बराबर होस्। यशूरूनका परमेश्‍वरसमान अरू कोही छैन; जो तँलाई सहायता गर्नलाई आकाशबाट आउनुहुन्छ। अनि आफ्नो महिमाको बादलमा सवार गर्नुहुन्छ। अनन्तका परमेश्‍वर तेरो शरणस्थान हुनुहुन्छ, र तलतिर चाहिँ अनन्तका बाहुलीहरू तेरो सहारा छन्। उहाँले तेरा शत्रुहरूलाई तेरो सामुबाट धपाउनुहुनेछ। उहाँले भन्‍नुहुन्छ, “तिनीहरूलाई नष्‍ट पार्!”

शेयर गर्नुहोस्
व्यवस्था 33 पढ्नुहोस्

व्यवस्था 33:2-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनले भने: “परमप्रभु सीनैबाट आउनुभयो, र सेइरबाट तिनीहरूमाथि उदय हुनुभयो। उहाँ पारान डाँड़ाबाट चम्‍कनुभयो। लाखौँ पवित्र जनहरूसँग दक्षिणबाट, आफ्‍ना पहाड़का भिरालो ठाउँबाट उहाँ आउनुभयो। निश्‍चय नै तपाईं मानिसहरूलाई प्‍यारो गर्ने हुनुहुन्‍छ, सबै पवित्र जनहरू तपाईंकै हातमा छन्‌। तिनीहरू सबै तपाईंका पाउमा दण्‍डवत्‌ गर्छन्, र तपाईंबाट अर्ती लिन्‍छन्‌— मोशाले दिएको व्‍यवस्‍था, याकूबका समुदायको सम्‍पत्ति। उहाँ यशूरूनमाथि राजा हुनुभयो, जब प्रजाका नेताहरू, इस्राएलका कुलहरूसमेत एकसाथ भेला भए। “रूबेन बाँचिरहून्, र नमरून्, र तिनका मानिसहरू थोरै नहोऊन्‌।” यहूदाको विषयमा तिनले भने: “हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्, र तिनलाई आफ्‍ना मानिसहरूकहाँ ल्‍याउनुहोस्‌। आफ्‍नै हातले तिनले आफ्‍नो रक्षा गर्दछन्‌। तिनका विरोधीहरूका विरुद्ध तपाईं तिनको सहायक हुनुहोस्‌।” लेवीको विषयमा तिनले भने: “तपाईंको ‘तुम्‍मीम’ र तपाईंको ‘ऊरीम’ तपाईंका कृपापात्रसित छन्, जसलाई तपाईंले मस्‍साहमा जाँच्‍नुभयो, जोसित तपाईंले मेरीबाका पानीमा झगड़ा गर्नुभयो। तिनले आफ्‍ना पिता र आफ्‍नी माताको विषयमा भने, ‘म उनीहरूको आदर गर्दिनँ’। तिनले आफ्‍ना दाजुभाइहरूलाई इन्‍कार गरे, आफ्‍नै बालबच्‍चालाई स्‍वीकार गरेनन्‌। तर तिनले तपाईंका वचनको रखवाली गरे, र तपाईंका करारको रक्षा गरे। तिनले याकूबलाई तपाईंका आदेशहरू सिकाउँछन्‌, र इस्राएललाई तपाईंको व्‍यवस्‍था सिकाउँछन्‌। तिनले तपाईंको सामु धूप चढ़ाउँछन्, र सम्‍पूर्ण होमबलि तपाईंको वेदीमाथि चढ़ाउँछन्‌। हे परमप्रभु, तिनका सबै दक्षतामा आशिष्‌ दिनुहोस्, र तिनका हातका काम ग्रहण गर्नुहोस्‌। तिनको विरुद्धमा उठ्‌ने सबैको कम्‍मरमा हिर्काउनुहोस्, फेरि उठ्‌न नसक्‍ने गरी तिनका शत्रुहरूलाई प्रहार गर्नुहोस्‌।” बेन्‍यामीनको विषयमा तिनले भने: “परमप्रभुका प्रिय उहाँमा सुरक्षित रहून्, किनकि उहाँले तिनलाई दिनभरि ढाकिराख्‍नुहुन्‍छ, र जसलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ, तिनी उहाँका काँधका बीचमा विश्राम लिन्‍छन्‌। योसेफको विषयमा तिनले भने: माथि आकाशबाट आउने अमूल्‍य शीतले र तलका गहिराइका पानीले सिँचेर, परमप्रभुले तिनको देशलाई आशिष्‌ देऊन्‌— घामले उब्‍जाउने सबभन्‍दा उत्तम कुरा, र जूनले दिन सक्‍ने सबभन्‍दा असल कुरा, प्राचीन पर्वतहरूका सबभन्‍दा मनपर्दा उपहारहरू, र अनन्‍तका डाँड़ाहरूका प्रचुरता, पृथ्‍वी र त्‍यसको परिपूर्णताका उत्तम उपहारहरू, र बलिरहेको पोथ्रामा बस्‍नुहुनेको निगाह— यी सबै योसेफको शिरमाथि रहून्, आफ्‍ना दाजुभाइहरूमध्‍येका राजकुमारको आँखीभुइँमाथि। प्रतापमा तिनी पहिले बियाएका बाछोझैँ छन्, तिनका सीङ अर्नाका सीङ हुन्‌। यीद्वारा तिनले जातिहरूलाई, पृथ्‍वीको पल्‍लो छेउकाहरूलाई पनि हान्‍नेछन्‌। एफ्राइमका लाखौँ यस्‍तै हुन्‍छन्, मनश्‍शेका हजारौँ यस्‍तै हुन्‍छन्‌।” जबूलूनको विषयमा तिनले भने: “ए जबूलून, तिमी बाहिर यताउता जाँदा, र ए इस्‍साखार, तिम्रा पालमा, तिमीहरू हर्षित होओ। तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्, र त्‍यहाँ तिनीहरूले धार्मिकताका बलिदान चढ़ाउनेछन्‌। तिनीहरूले समुद्रको प्रचुर सम्‍पत्ति र बालुवामा भएका गुप्‍त धन उपभोग गर्नेछन्‌।” गादको विषयमा तिनले भने: “गादको मुलुकको वृद्धि गर्ने धन्‍यको हो, गाद त्‍यहाँ सिंहझैँ पाखुरा वा शिर फहराउँदै बस्‍छन्‌। तिनले आफ्‍नो निम्‍ति सबभन्‍दा उत्तम जग्‍गा छाने, नायकको हिस्‍सा तिनको निम्‍ति छुट्ट्याइएको थियो। जब मानिसहरूका नेताहरू भेला भएका थिए, तिनले परमप्रभुको धार्मिक इच्‍छा र इस्राएलको सम्‍बन्‍धमा उहाँका इन्‍साफहरू पूरा गरे। दानको विषयमा तिनले भने: “बाशानबाट हामफाल्‍दैआउने दान सिंहको डमरु हुन्‌।” नप्‍तालीको विषयमा तिनले भने: “परमप्रभुका निगाहको प्रशस्‍ततामा नप्‍ताली उहाँका आशिष्‌को भरपूर भएका छन्‌। तिनले तलाउको दक्षिणतिर अधिकार गर्नेछन्‌।” आशेरको विषयमा तिनले भने: “छोराहरूमध्‍ये सबैभन्‍दा आशिष्‌ पाउने आशेर हुन्‌। तिनी आफ्‍ना दाजुभाइहरूको अति प्रिय होऊन्, अनि तिनको आफ्‍ना खुट्टा तेलले धोऊन्‌। तिम्रा ढोकाका आग्‍ला फलाम र काँसाका हुनेछन्, जस्‍तो तिम्रा दिन त्‍यस्‍तै तिम्रो शक्ति हुनेछ। “यशूरूनका परमेश्‍वरजस्‍तो अरू कोही छैन, जो तिमीहरूको सहायताको लागि आकाशमाथि सवारी हुनुहुन्‍छ, र आफ्‍नो प्रतापमा बादलमाथि। अनन्‍तका परमेश्‍वर तिमीहरूको वासस्‍थान हुनुहुन्‍छ, र मुनितिरचाहिँ सनातनका पाखुराहरू छन्‌। ‘त्‍यसलाई नाश गर’ भन्‍दै उहाँले तिमीहरूका सामुन्‍नेबाट तिमीहरूका शत्रुहरूलाई धपाउनुहुनेछ।

शेयर गर्नुहोस्
व्यवस्था 33 पढ्नुहोस्

व्यवस्था 33:2-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिनले भने: “याहवेह सीनै पर्वतबाट आउनुभयो, र तिनीहरूमाथि सेइरमा झुल्कनुभयो; उहाँ पारान पर्वतबाट चम्कनुभयो। उहाँको पर्वतको ओरालो, दक्षिणबाट दशौँ हजार पवित्र जनहरूसँग उहाँ आउनुभयो। निश्‍चय नै तपाईं, जसले मानिसहरूलाई प्रेम गर्नुहुन्छ; सबै पवित्र जनहरू तपाईंका हातमा छन्। तिनीहरू सबै तपाईंको पाउमा दण्डवत् गर्नेछन्; र तपाईंबाट नै अर्तीहरू प्राप्‍त गर्दछन्। याकोबका मानिसहरूका सम्पत्ति भनेको नै मोशाले हामीलाई दिएका व्यवस्थाहरू हुन्। उहाँ यशूरूनमाथि राजा हुनुहुन्थ्यो, जब इस्राएलका कुलहरूको साथमा मानिसहरूका अगुवाहरू भेला भएका थिए। “रूबेन बाँचिरहून्, र कहिल्यै नमरून्; न त त्यसका मानिसहरू थोरै होऊन्।” अनि यहूदाको बारेमा तिनले यो भने: “हे याहवेह यहूदाको पुकार सुन्‍नुहोस्; त्यसलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्; त्यसले आफ्नै हातले आफ्नो रक्षा गर्छ। हे प्रभु, त्यसका शत्रुहरूको विरुद्धमा त्यसको सहायक हुनुहोस्!” लेवीको बारेमा तिनले भने: “तपाईंको तुम्मीम र ऊरीम तपाईंको विश्‍वासयोग्य सेवकका हुन्। तपाईंले त्यसलाई मस्साहमा जाँच्नुभयो; तपाईंले त्यससँग मेरीबाको पानीमा लड्नुभयो। त्यसले आफ्नो बुबा र आमालाई भन्यो, ‘म तिनीहरूको कुनै वास्ता गर्दिनँ।’ त्यसले आफ्ना दाजुभाइहरूलाई चिनेन, र आफ्नै छोराछोरीहरूलाई स्वीकार गरेन; तर त्यसले तपाईंको वचनमा ध्यान दियो, र तपाईंको करारको रक्षा गर्‍यो। त्यसले याकोबलाई तपाईंको विधि र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछ। त्यसले तपाईंको सामु धूप र तपाईंको वेदीमा सम्पूर्ण होमबलि चढाउँछ। हे याहवेह, त्यसका सबै धनसम्पत्तिहरूमा आशिष् दिनुहोस्, र त्यसका हातका परिश्रमहरूमा प्रसन्‍न हुनुहोस्। त्यसको विरुद्धमा उठ्ने शत्रुहरूलाई प्रहार गर्नुहोस्, र त्यसका शत्रुहरू फेरि कहिल्यै उठ्न नसकून्!” बेन्यामीनको बारेमा तिनले भने: “याहवेहको प्रिय उहाँमा सुरक्षित रहून्; किनकि त्यसको दिनभरिको ढाल उहाँ हुनुहुन्छ। अनि याहवेहले प्रेम गर्नुहुनेचाहिँ उहाँका काँधमा विश्राम लिन्छन्।” योसेफको बारेमा तिनले भने: “याहवेहले त्यसको भूमिलाई माथि आकाशका बहुमूल्य शीत र तल रहेको गहिरो पानीले आशिष् दिनुहुन्छ; सूर्यले ल्याउने उत्तम कुराहरूले, र चन्द्रमाबाट प्राप्‍त हुने अति असल कुराहरूले; प्राचीन पहाडहरूका मूल्यवान् उपहारहरूले, अनि अनन्तका पर्वतहरूको फलदायक परिपूर्णताले; पृथ्वीका सर्वोत्तम उपहारहरू र त्यसको प्रसस्ताले, अनि जल्दैगरेको पोथ्रामा बास गर्नुहुनेको कृपाले। यी सबै योसेफको शिरमाथि, तिनका दाजुभाइहरूमध्येका राजकुमारको निधारमा रहून्। वैभवमा त्यो पहिले जन्मेको साँढेजस्तै छ; त्यसका सिङहरू जङ्गली गोरुका सिङहरूझैँ छन्। ती सिङहरूद्वारा त्यसले जातिहरूलाई हान्‍नेछ; पृथ्वीका अन्तिम भागसम्म रहेकाहरूलाई पनि, ती सिङहरू एफ्राइमका दश हजारजस्तै छन्; मनश्शेका हजारौँ-हजारझैँ छन्।” जबूलूनको बारेमा तिनले भने: “जबूलून, तँ बाहिर जाँदा आनन्द गर्, अनि इस्साखार, तँ आफ्नो पालभित्र आनन्द गर्। तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्। र त्यहाँ धार्मिकताका बलिदानहरू चढाउनेछन्। तिनीहरूले समुद्रका प्रचुरतामा र बालुवामा लुकेका गुप्‍त धनमा भोज गर्नेछन्।” गादको बारेमा तिनले भने: “गादको राज्य विस्तार गर्ने जन धन्यको हो! गादचाहिँ पाखुरा वा शिर चिथोर्ने सिंहझैँ बस्छ। त्यसले आफ्ना निम्ति सबैभन्दा असल ठाउँ छान्यो; अगुवाको भाग त्यसका निम्ति राखिएको थियो। जब मानिसहरूका मुख्य व्यक्तिहरू भेला भए, तब त्यसले याहवेहका धार्मिक इच्छा र इस्राएल सम्बन्धी उहाँका नीति-नियमहरू कार्यान्वयन गरायो।” दानको बारेमा तिनले भने: “दान बाशानबाट उफ्रँदै आउने सिंहको डमरुजस्तै हो।” नप्‍तालीको बारेमा तिनले भने: “नप्‍ताली याहवेहको कृपाको प्रशस्ततामा छ, र त्यो उहाँको आशिष्‌ले भरिपूर्ण छ। त्यसले गालील तालको दक्षिणतिरको भाग अधिकार गर्नेछ।” आश्शेरको बारेमा तिनले भने: छोराहरूमध्ये सबैभन्दा आशिषित चाहिँ आशेर हो; त्यसका दाजुभाइहरूले त्यसमाथि कृपा देखाऊन्; र त्यसले आफ्ना पाउ जैतुनको तेलमा चोपोस्। तेरा मूलढोकाका आग्लाहरू फलाम र काँसो होऊन्। अनि तेरो बलचाहिँ तेरा दिनहरू बराबर होस्। यशूरूनका परमेश्‍वरसमान अरू कोही छैन; जो तँलाई सहायता गर्नलाई आकाशबाट आउनुहुन्छ। अनि आफ्नो महिमाको बादलमा सवार गर्नुहुन्छ। अनन्तका परमेश्‍वर तेरो शरणस्थान हुनुहुन्छ, र तलतिर चाहिँ अनन्तका बाहुलीहरू तेरो सहारा छन्। उहाँले तेरा शत्रुहरूलाई तेरो सामुबाट धपाउनुहुनेछ। उहाँले भन्‍नुहुन्छ, “तिनीहरूलाई नष्‍ट पार्!”

शेयर गर्नुहोस्
व्यवस्था 33 पढ्नुहोस्

व्यवस्था 33:2-27 पवित्र बाइबल (NERV)

मोशाले भने, “परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए। हो, परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुहुन्छ, उहाँका सबै पवित्र मानिसहरू उहाँको अधीनमा छन्। तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्नेछन् उहाँको शिक्षाहरू सिकेर, उहाँको अनुशरण गर्छन्। मोशाले हामीलाई व्यवस्था दिए। ती शिक्षाहरू याकूबका मानिसहरूको निम्ति हुन्। त्यस समयमा, इस्राएलका मानिसहरू र तिनीहरूका बूढा-प्रधानहरू सँगै भेला भए अनि परमप्रभु यशूरूनका राजा हुनुभयो। “रूबेन जीवित रहुन्, र नमरोस्, तर त्यहाँ उनको कुलमा मात्र केही मानिसहरू रहुन्।” मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः “परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ। उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्, उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नुहोस्।” मोशाले लेवीहरूको विषयमा यी कुराहरू भनेः “लेवी तपाईंको साँच्चो चेला हो। उसले तुम्मीम र ऊरीम राख्छ। तपाईंले मस्सामा लेवीको मानिसहरूको परीक्षा लिनु भएको थियो। मरीबाको पानीमा तपाईंले प्रमाण गर्नु भएको थियो लेवीहरू तपाईंका हुन्। आमा-बाबुको विषयमा लेवीले भने, ‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’ उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन, आफ्नो बाल-बच्चाहरू चिनेन। तर उसले तपाईंका आज्ञाहरू पालन गरे, तपाईंको करार माने। तिनीहरूले याकूबलाई तपाईंका आदेशहरू सिकाउनेछन्, तिनीहरूले इस्राएललाई तपाईंका व्यवस्था सिकाउनेछन्। तपाईंअघि तिनीहरूले सुगन्धित धूप बाल्नेछन्, तपाईंको वेदीमा होमबलि चढाउनेछन्।” “परमप्रभु लेवीका वस्तुहरूलाई आशीर्वाद दिनु होस्। उसले गरेका कुराहरू ग्रहण गर्नु होस्। उसमाथि जाइलाग्नेहरूलाई ध्वंश पार्नु होस्, पराजित पार्नु होस्। उसका शत्रुहरूलाई जसले गर्दा तिनीहरूले फेरि कहिल्यै आक्रमण गर्ने छैनन्।” मोशाले बिन्यामीनको विषयमा यी कुरा भने: “बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ। परमप्रभुले उसलाई सधैँ रक्षा गर्नुहुन्छ। अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।” मोशाले यूसुफ विषयमा यसो भनेः “परमप्रभुले उसको भूमिमा आशिष दिऊन माथि आकाश र तल पृथ्वीबाट परमप्रभु पानी पठाउनु होस्। घामले उत्तम फल उसैलाई देओस्। चन्द्रमाले दिएको उत्तम फल उसैलाई होस्। पहाड प्राचीन पर्वतहरूले उत्तम फल तिनीहरूलाई उब्जाऊन्। पृथ्वीले उब्जाउने उत्तम चीजहरू उसैलाई देओस्। यूसुफलाई उसको दाज्यू-भाइहरूबाट अलग्ग गराइएको थियो। यसकारण पोथ्रामा बल्दै गरेका परमप्रभुले यूसुफलाई आफ्नोमा भएका सम्पूर्ण उत्तम चीजहरू दिऊन्। यूसुफ शक्तिशाली साँढे जस्तै हो। उसका दुइ छोराहरू साँढेका सींगहरू जस्तै छन्। तिनीहरूले राष्ट्रहरूमाथि आक्रमण गर्नेछन् अनि पृथ्वीको छेऊहरूसम्म धकेल्ने छन्। हो मनश्शेसित हजार मानिसहरू छन् अनि एप्रेमसित दश हजार मानिसहरू छन्।” जबुलूनको बिषयमा मोशाले भनेः “ए जबूलून, खुशी होऊ, जब बाहिर जान्छौ, अनि इस्साकार आफ्नो घरमा पालभित्र हर्षित होऊ। तिनीहरूले मानिसहरूलाई पहाडमा बोलाउने छन्, त्यहाँ तिनीहरूले उत्तम बलिहरू चढाउनेछन्। तिनीहरूले सागरबाट ऐश्वर्य अनि सागरको किनारबाट सम्पत्ति भेट्नेछन्।” गादको विषयमा मोशाले भनेः “परमप्रभुको प्रशंसा गर जसले गादलाई धेरै भूमि दिनु भयो! गाद सिंह जस्तै छन्, उनी लमतन्न पर्छन् र पर्खन्छन्। तब आक्रमण गर्छन् अनि जन्तुहरूलाई टुक्रा-टुक्रा पार्छन्। उनले आफ्नो निम्ति सबभन्दा असल अंश छान्छन्। उनले राजाको भाग नै लैजान्छन्। उनीकहाँ मानिसहरूका अगुवाहरू आउँछन्। परमप्रभुले बताउनु भएको असल कार्यहरू उनी गर्छन्। उनी इस्राएलका मानिसहरूका लागि के राम्रो हुन्छ त्यही गर्छन्।” दानको विषयमा मोशाले भनेः “दान सिहंको छोरो हो जुन बाशानबाट उफ्रिन्छ।” नप्तालीको विषयमा मोशाले भनेः “नप्ताली, तिमीले धेरै राम्रो चीजहरू पाउनेछौ। परमप्रभुले साँच्चै नै तिमीलाई आशिष दिनु हुनेछ। तिमीहरूले गालील झिलको भूमि भेट्ने छौ।” मोशाले आशेरको विषयमा यसो भनेः “छोराहरूमध्ये आशेर सबैभन्दा बढी आशीर्वाद पाउने हो। ऊ आफ्ना दाज्यू-भाइहरूको खूबै प्यारो होस्। अनि उसले आफ्नो गोडाहरू तेलले धुन सकोस्। तिम्रो ढोकामा फलाम र काँसाका तालाहरू लाग्नेछन्। तिमी जीवनभरि शक्तिशाली रहनेछौ।” “यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन। परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढ्नुहुन्छ। परमेश्वर सधैँ बाँच्नु हुन्छ। उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ। परमेश्वरको क्षमता सधैँका लागि रहन्छ। उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ। परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ। उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’

शेयर गर्नुहोस्
व्यवस्था 33 पढ्नुहोस्

व्यवस्था 33:2-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु सीनै पर्वतबाट आउनुभयो, उहाँ सूर्य उदाएझैँ एदोममाथि उदाउनुभयो र पारान पहाडबाट आफ्‍ना प्रजामाथि चम्‍कनुभयो। दश हजार स्‍वर्गदूतहरू उहाँसित थिए, उहाँका दाहिने हातमा आगोको ज्‍वाला थियो। परमप्रभुले आफ्‍ना प्रजालाई प्रेम गर्नुहुन्‍छ, अनि जो आफ्‍ना हुन्, तिनको रक्षा गर्नुहुन्‍छ। यसकारण हामी उहाँको चरणमा दण्‍डवत् गर्दछौं, र उहाँका आज्ञाहरू पालन गर्दछौं। हाम्रा जातिको सबैभन्दा मूल्‍यवान् सम्‍पत्ति– मोशाले हामीलाई दिएका नियमहरू पालन गर्दछौं। इस्राएलका कुलहरू र अगुवासहित एक ठाउँमा भेला भएका बेलामा परमप्रभु आफ्‍ना इस्राएली जनहरूका राजा हुनुभयो। मोशाले रूबेनका कुलबारे भने: “त्‍यसका मानिसहरू थोरै भए तापनि रूबेन कहिल्‍यै नमरोस्!” उनले यहूदा कुलबारे भने: “परमप्रभु! मद्दतको लागि तिनीहरूको पुकार सुन्‍नुहोस्, अरू कुलहरूसित तिनीहरूलाई फेरि एक पार्नुहोस्। परमप्रभु! तिनीहरूको निम्‍ति लडिदिनुहोस्, र तिनीहरूका शत्रुका विरुद्धमा मद्दत गर्नुहोस्।” उनले लेवीका कुलबारे भने: “परमप्रभु! ऊरीम र तुम्‍मीमद्वारा आफ्‍नो इच्‍छा प्रकट गर्नुहोस्, आफ्‍नो विश्‍वासी सेवक लेवीहरूद्वारा त्‍यसो गर्नुहोस्। तपाईंले तिनीहरूलाई मस्‍साहमा जाँच्‍नुभयो, र मरीबाका पानीनिर तिनीहरू सच्‍चा छन् भनी प्रमाण गर्नुभयो। तिनीहरूले आफ्‍ना आमा-बुबा, दाजुभाइ र छोरा-छोरीहरूप्रति भन्दा तपाईंप्रति झन् बढ्ता भक्ति देखाए, तिनीहरूले तपाईंका आज्ञाहरू पालन गरे र तपाईंका करारप्रति विश्‍वासयोग्‍य रहे। तिनीहरूले आफ्‍ना प्रजालाई तपाईंका नियम मान्‍न सिकाउनेछन्; तिनीहरूले तपाईंको वेदीमा बलिहरू चढाउनेछन्। हे परमप्रभु! तिनका कुललाई बलियो बन्‍न मद्दत गर्नुहोस्, तिनीहरूले जे गर्छन्, त्‍यसमा प्रसन्‍न हुनुहोस्। तिनका शत्रुहरूलाई चुर-चुर पारिदिनुहोस्, र तिनीहरू फेरि कहिल्‍यै उठ्‍न नसकून्।” उनले बेन्‍यामीनको कुलबारे भने: “परमप्रभुले यही कुललाई प्रेम र रक्षा गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई रातभरि रखवाली गर्नुहुन्‍छ, र उहाँ तिनका माझमा बास गर्नुहुन्‍छ।” उनले योसेफको कुलबारे भने: “परमप्रभुले आकाश र पृथ्‍वीका पानीद्वारा तिनीहरूका देशलाई आशिष् देऊन्। तिनीहरूले घामले पाकेका फलफूलका आशिष् पाऊन्, र हरऋतुमा सबैभन्दा असल फलफूलले भरिऊन्। तिनका प्राचीन डाँडाहरू मन पर्दा फलफूलले भरिऊन्। बल्‍दै गरेको पोथ्राबाट बोल्‍नुहुने परमप्रभुको भलाइद्वारा आशिषित भएर तिनका देश सबै असल कुराहरूले भरिऊन्। यी आशिष् योसेफको कुलले पाओस् किनभने तिनी आफ्‍ना दाजुभाइका माझमा अगुवा थिए। योसेफमा एउटा साँढेको बल र जङ्गली गोरुका सिङ छन्, मनश्‍शेका एक हजार र एफ्राइमका दश हजार पुरुषहरू नै तिनका सिङ हुन्। ती लिएर उनले जातिहरूलाई सिङले हान्‍नेछन्, र पृथ्‍वीका पल्‍लो छेउसम्‍म ठेली पठाउनेछन्।” उनले जबूलून र इस्‍साखारका कुलबारे भने: “समुद्रका व्‍यापार-धन्‍दामा जबूलूनको फलिफाप होस्, र घरका व्‍यापार-धन्‍दामा इस्‍साखारको धन बढोस्। तिनीहरूले विदेशीहरूलाई निम्‍तो दिई आफ्‍नो पहाडमा बोलाउनेछन्, र त्‍यहाँ उचित बलि चढाउनेछन्। तिनीहरूले समुद्र र त्‍यसका किनारका बालुवाबाट धन पाउनेछन्।” उनले गादको कुलबारे भने: “परमेश्‍वरको प्रशंसा गर, जसले तिनको देश ठूलो बनाउनुभयो। कसैको पाखुरा वा तालु फार्न सिंहझैँ गादले पर्खन्‍छ। तिनीहरूले आफ्‍ना लागि सबैभन्दा असल जमिन लिए, तिनीहरूलाई एउटा अगुवाको हिस्‍सा ठहराइदिए। जब इस्राएलका अगुवाहरू एक ठाउँमा भेला भएका थिए, तिनीहरूले परमप्रभुका आज्ञा र नियमहरू पालन गरे।” उनले दानको कुलबारे भने: “दान एउटा जवान सिंह हो, ऊ बाशानबाट उफ्री आउँदछ।” उनले नप्‍तालीको कुलबारे भने: “परमप्रभुको उत्तम कृपाले नप्‍ताली औधी नै आशिषित भएको छ। तिनको देश गालीलको तालको दक्षिणसम्‍म पुगेको छ।” उनले आशेरको कुलबारे भने: “आशेरले अरू कुलहरूभन्दा धेरै आशिष् पाएको छ, त्‍यो आफ्‍ना दाजुभाइको भन्दा प्‍यारो होओस्। र त्‍यसका देशमा प्रशस्‍त जैतुनका रूख होऊन्। फलामका ढोकाले त्‍यसका सहरहरूको रक्षा गरोस् र त्‍यो सदा सुरक्षामा बास गरोस्।” हे इस्राएलका जन हो! तिमीहरूका परमेश्‍वरजस्‍ता अरू कुनै देवता छैनन्। उहाँ पराक्रमी शोभामा आकाशका बीचबाट भएर जानुहुन्‍छ, उहाँ बादलमा सवार भई तिम्रो मद्दत गर्नलाई आउनुहुन्‍छ। परमेश्‍वरले सदा तिम्रो बचाउ गर्नुभएको छ, उहाँका अनन्‍त बाहुली तिम्रा सहारा हुन्। तिमीहरू अघि बढ्दा उहाँले तिम्रा शत्रुहरूलाई धपाउनुभयो, र ती सबैलाई नाश गर्नू भनी तिमीलाई भन्‍नुभयो।

शेयर गर्नुहोस्
व्यवस्था 33 पढ्नुहोस्