व्यवस्था 31:1-3
व्यवस्था 31:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशाले बाहिर गएर सारा इस्राएललाई यी वचनहरू सुनाए: “आज म एक सय बीस वर्ष पुगें। अब म तिमीहरूलाई नेतृत्व गर्न सक्दिनँ। ‘तँ यर्दन पारि जानेछैनस्’ भनी परमप्रभुले मलाई भन्नुभएको छ। परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका अगि पारि जानुहुनेछ। उहाँले तिमीहरूका सामुन्नेबाट यी जातिहरूलाई नष्ट पार्नुहुनेछ, र तिमीहरूले उनीहरूको देश ओगट्नेछौ। परमप्रभुले भन्नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि पारि जानेछन्।
व्यवस्था 31:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मोशा बाहिर गए, र सारा इस्राएलीहरूलाई यी कुराहरू भने: “अहिले म एक सय बीस वर्ष पुगेँ; अब तिमीहरूलाई अगुवाइ गर्ने क्षमता मसँग छैनँ। याहवेहले मलाई भन्नुभएको छ, ‘तैँले यर्दन पार गर्नेछैनस्।’ याहवेह तिमीहरूका परमेश्वर आफैँ तिमीहरूको अगि यर्दनपारि जानुहुनेछ। उहाँले तिमीहरूका सामु यी जातिहरूलाई नष्ट गर्नुहुनेछ र तिमीहरूले तिनीहरूका देशलाई कब्जा गर्नेछौ। याहवेहले भन्नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि यर्दनपारि जानेछ।
व्यवस्था 31:1-3 पवित्र बाइबल (NERV)
तब मोशा अघि बढेर यी शब्दहरू इस्राएलका मानिसहरूलाई भने। मोशाले तिनीहरूलाई भने, “म अहिले 120 बर्षको भएँ। अब म तिमीहरूको अगुवा हुनु सक्तिनँ। ‘तिमी यर्दन नदी तर्ने छैनौ,’ परमप्रभुले मलाई भन्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वर अगुवा हुनुहुनेछ र तिमी अघि ती जातिहरूलाई नष्ट पार्नु हुनेछ अनि तिमीले तिनीहरूको भूमि लिनेछौ। परमप्रभुको प्रतिज्ञा अनुसार यहोशूले तिमीहरूलाई पारि लैजान नेतृत्व गर्नेछन्।
व्यवस्था 31:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशा इस्राएलका मानिसहरूसँग अझै बोलिरहे र यसो भने, “म अब एक सय बीस वर्ष पुगें र तिमीहरूका अगुवा रहन सक्दिनँ। त्यसबाहेक परमप्रभुले मलाई भन्नुभएको छ कि म यर्दनपारि जान सक्नेछैनँ। परमप्रभु तिमीहरूका परमेश्वर आफैं तिम्रा अघि-अघि जानुहुनेछ र त्यहाँ बास गर्ने जातिहरूलाई नष्ट पार्नुहुनेछ अनि तिमीहरूले तिनका देश कब्जा गर्नेछौ। परमप्रभुले भन्नुभएअनुसार यहोशू तिम्रा अगुवा हुनेछन्।