व्यवस्था 28:1-2
व्यवस्था 28:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ। परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गर्यौ भने यी सबै आशिष् तिमीहरूलाई लाग्नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्
व्यवस्था 28:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि याहवेह तिमीहरूका परमेश्वरप्रति तिमीहरू पूर्ण आज्ञाकारी भयौ, र आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरूलाई होसियारीसाथ पालन गर्यौ भने याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूभन्दा महान् तुल्याउनुहुनेछ। यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गर्यौ भने यी सबै आशिष्हरू तिमीहरूले पाउनेछौ, र यी तिमीहरूसँग रहिरहनेछन्
व्यवस्था 28:1-2 पवित्र बाइबल (NERV)
“अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दा माथि राख्नु हुनेछ। यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्।
व्यवस्था 28:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको वचन मान्यौ र आज मैले तिमीहरूलाई दिँदैगरेका उहाँका आज्ञाहरू सबै विश्वासयोग्य भई पालन गर्यौ भने उहाँले तिमीहरूलाई पृथ्वीमा अरू सबै जातिहरूभन्दा महान् बनाउनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मान र तिमीहरूले यी सबै आशिष्हरू पाउनेछौ