व्यवस्था 21:1-9
व्यवस्था 21:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशको कुनै मैदानमा लाश फेला पर्यो र हत्याराको निधो भएन भने, धर्म-गुरुहरू र न्यायकर्ताहरू गएर लाशदेखि कुनचाहिँ सहर निकटतम छ त्यो पत्ता लगाऊन्। उक्त सहरका धर्म-गुरुहरूले काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिएर त्यसलाई नजोतिएको र बीउ नछरेको उपत्यकामा कुनै खोलानेर लगेर त्यसको घाँटी भाँचिदिनुपर्छ। तब परमप्रभु परमेश्वरको सेवा गर्न र उहाँको नाउँमा आशीर्वाद दिन र हरेक झैँझगड़ा मिलाइदिने कामको निम्ति उहाँले छान्नुभएको हुनाले लेवीका सन्तानका पूजाहारीहरू त्यहाँ आऊन्। त्यस लाशको निकटतम सहरका सबै धर्म-गुरुहरूले खोलामा घाँटी भाँचेका कोरलीमाथि आफ्ना हात धोऊन्। तिनीहरूले यसो भनून्, “यो हत्या हाम्रा हातले गरेको होइन, न त हाम्रा आँखाले त्यो हुँदैगरेको देखे। हे परमप्रभु, तपाईंले छुटकारा दिनुभएको तपाईंको प्रजा इस्राएलको निम्ति यो प्रायश्चित ग्रहण गर्नुहोस्, र आफ्नो प्रजा इस्राएललाई यो निर्दोषका हत्याको दोष नलागोस्।” अनि यो हत्याको प्रायश्चित पूरा हुनेछ। यसरी परमप्रभुको दृष्टिमा तिमीहरूले उचित काम गरेकाले आफ्ना बीचबाट त्यो निर्दोषका हत्याको दोष हटाउनेछौ।
व्यवस्था 21:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा, यदि कुनै मानिसको हत्या भएर त्यो खेतमा लडिरहेको पाइयो, र त्यसलाई कसले मारेको हो भन्ने हत्यारा पत्तो लागेन भने, तिमीहरूका प्रधानहरू र न्यायकर्ताहरू गएर त्यस मृत शरीरको छेउछाउमा रहेका छिमेकी सहरहरूको दूरी नापून्। त्यसपछि त्यस मृत शरीरको सबैभन्दा नजिकमा रहेको सहरका प्रधानहरूले कहिल्यै नजोतेको र जुवा नपरेको एउटा कोरली ल्याऊन्। अनि त्यसलाई कहिल्यै नजोतिएको, नरोपिएको अनि पानी बग्दै गरेको बेँसीमा लैजाऊन्। त्यस बेँसीमा तिनीहरूले त्यस कोरलीको घाँटी भाँचिदेऊन्। तब लेवी पुजारीहरू अगि सरेर आऊन्; किनकि याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई सेवा गर्न र याहवेहको नाममा आशिष् दिन, झैझगडा र कुटपिटका सबै मुद्दा-मामिला मिलाउन चुन्नुभएको छ। तब त्यस मृत शरीरको सबैभन्दा नजिकको सहरका प्रधानहरूले त्यस बेँसीमा घाँटी भाँचिदिएको कोरलीमाथि आफ्ना हातहरू धोऊन्। तब तिनीहरूले यसरी घोषणा गरून्, “हामीले यस मानिसको हत्या गरेनौँ, न त हाम्रा आँखाले हत्या भएको देखेका छन्। हे याहवेह, तपाईंले छुटकारा दिनुभएका तपाईंको इस्राएली मानिसका निम्ति यो प्रायश्चित ग्रहण गर्नुहोस्। तब निर्दोष मानिसको रगतको दोष तपाईंका मानिसहरूलाई नलागोस्।” अनि त्यस हत्याको लागि प्रायश्चित हुनेछ। यसरी याहवेहको दृष्टिमा जे ठिक छ, तिमीहरूले सो गरेका हुनाले निर्दोषको रगत बगाएको दोषबाट आफूलाई शुद्ध पार्नेछौ।
व्यवस्था 21:1-9 पवित्र बाइबल (NERV)
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा यदि तिमीहरूले कुनै हत्या गरिएको लाशलाई खेतमा लडिरहेको पाए र कसले हत्या गरेको पत्तो लगाउन नसकिए। तब तिमीहरूका बूढा-प्रधान तथा न्यायाकर्त्ताहरू अघि आएर हत्या भएको जग्गा शहर देखि कति टाढामा छ त्यो पत्तो लगाउनु पर्छ। जब तिमीहरूले जान्ने छौ कुन चाँही शहर मृत्यु मानिसको नजिकै छ, शहरका बूढा-प्रधानले तिनीहरूको बथानबाट एउटा गाई लानु पर्छ यो गाई कहिल्यै बच्चा नभएको हुनुपर्छ अनि यो गाई कहिले काममा प्रयोग नगरेको हुनुपर्छ। शहरका बूढा-प्रधानहरूले कुनै कहिल्यै हलो नलगाएको र बीऊ नछरेको अथवा केही नरोपेको पानी बगिरहेको बेंसी नजिक लगेर त्यस कोरली गाईको घाँटी निमोठ्नु पर्छ। पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउँमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।) मृत शरीरको नजिकै भएको शहरका बूढा-प्रधानहरूले घाँटी निमोठिएको गाईमाथि हात धुनु पर्छ। यी बूढा-प्रधानहरूले भन्नुपर्छ, ‘हामीले यस मानिसलाई मारेनौं अनि यो घट्ना पनि देखेनौं। हे परमप्रभु! तपाईंले इस्राएललाई बचाउनु भयो। हामी तपाईंका मानिसहरू हौ, अब हामीलाई शुद्ध पार्नुहोस्। यो निर्दोष मानिसलाई मारेकोमा हामीमाथि दोष नलागोस्।’ यस प्रकारले त्यस निर्दोष मानिसको हत्या गरेको निम्ति ती मानिसहरू निर्दोष साबित हुनेछन्। यसरी तिमीहरूले सही कार्य गर्नेछौ अनि आफ्नो समूहबाट दोष हटाउनेछौ।
व्यवस्था 21:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देशमा कुनै मानिसको लाश मैदानमा पाइयो र तिमीहरूले हत्यारालाई चिनेनौ भने तिम्रा अगुवाहरू र न्यायकर्ताहरूले गएर त्यो ठाउँदेखि छेउ-छाउका सहरहरू कति-कति टाढामा छन्, सो नापून्। अनि सबैभन्दा नजिकका सहरका अगुवाहरूले कहिल्यै काममा नलगाएको गाईलाई छानून्। त्यस गाईलाई तिनीहरूले कहिल्यै नसुक्ने खोलाछेउमा भएको कहिल्यै हलो नजोतेको तथा बिउ नछरिएको ठाउँमा लगेर, त्यसको घिच्रो भाँचिदेऊन्। लेवी पूजाहारीहरू त्यहाँ जानेछन् किनभने हिँसा भएको हरेक कानुनी मुद्दामा तिनीहरूले छलफल गर्नेछन्। मेरो सेवा गरून् र मेरो नाममा आशीर्वाद देऊन् भनी परमप्रभु तिम्रा परमेश्वरले तिनीहरूलाई चुन्नुभएको हो। त्यसपछि लाश पाइएका ठाउँदेखि सबैभन्दा नजिकमा भएका सहरका सबै अगुवाहरूले आ-आफ्ना हात गाईको लाशमाथि धुनेछन् र यसो भन्नेछन्, ‘हामीले यस मानिसको हत्या गरेनौं अनि त्यसका हत्यारा चिन्दैनौं। परमप्रभु आफूले मिश्रदेखि निकाली ल्याउनुभएको इस्राएलीहरूलाई क्षमा गर्नुहोस्। हामीलाई क्षमा गर्नुहोस् र यो निर्दोष मानिसको हत्याको जिम्मेवार हामीलाई नबनाउनुहोस्।’ यसरी परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरेपछि तिमीहरू त्यस हत्याको जिम्मेवार हुनेछैनौ।