व्यवस्था 16:18-20
व्यवस्था 16:18-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने तिमीहरूका सबै सहरहरूमा आ-आफ्नो कुलअनुसार न्यायकर्ता र अधिकारीहरू तिमीहरूले नियुक्त गर्नू। तिनीहरूले मानिसहरूको निष्पक्ष इन्साफ गर्नेछन्। न्याय भ्रष्ट नगर, पक्षपात नगर। घूस नलेओ, किनकि घूसखोरीले समझदारका आँखा बन्द गरिदिन्छ र धर्मी जनको वचन बङ्ग्याइदिन्छ। न्यायलाई पछ्याओ, न्यायलाई मात्र, ताकि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गरेर तिमीहरू जीवित रहन सक।
व्यवस्था 16:18-20 पवित्र बाइबल (NERV)
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ। जब तिमीहरूले न्याय गर्दा निष्पक्ष हुनुपर्छ, पक्षपाती हुनु हुँदैन। अनि तिनीले पैसा घूसको रूपमा लिनु हुँदैन। पैसाले ज्ञानी मानिसलाई अन्धो बनाउँछ अनि ज्ञानी मानिसहरूका कुराहरू बद्ली हुन्छन्। उद्धारता अनि न्याय! तिमीहरूले सधैँ असल अनि राम्रो हुन कोशिस गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा अधिकार गर्ने छौ र जीउने छौ।
व्यवस्था 16:18-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“परमप्रभु तिम्रा परमेश्वरले दिनुहुने हरेक सहरमा न्यायकर्ता र अन्य हाकिमहरू खटाओ। यिनीहरूले पनपच्छे नगरी न्याय गरून्। तिनीहरूले पनपच्छे गर्नुहुन्न अनि घुस लिनुहुन्न किनभने घुस लिनाले बुद्धिमान् र इमानदार मानिसहरू पनि अन्धा हुन्छन् र गलत निर्णय दिने हुन्छन्। सधैँ ठीक न्याय गर र परमप्रभु तिम्रा परमेश्वरले दिनुहुने देशमा आफ्नो अधीन गरी तिमीहरू त्यहाँ बास गरिरहनेछौ।