व्यवस्था 10:20-21
व्यवस्था 10:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु आफ्ना परमेश्वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्रिराख, र उहाँकै नाउँमा तिमीहरूले शपथ खाओ। उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति तिमीहरूका आफ्नै आँखाले देखेका ती महान् र आश्चर्यपूर्ण कार्यहरू गर्नुभयो।
व्यवस्था 10:20-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह तिमीहरूका परमेश्वरको डर मान्नू; उहाँको सेवा गर्नू। उहाँलाई पक्री राख्नू र तिमीहरूले उहाँको नाममा मात्र शपथ खानू। याहवेह मात्र तिमीहरूका प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति महान् र अद्भुत कार्यहरू गर्नुभयो, जुन तिमीहरूका आफ्नै आँखाले देखेका छन्।
व्यवस्था 10:20-21 पवित्र बाइबल (NERV)
“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ। परमप्रभु मात्र एकजना हुनुहुन्छ जसलाई तिमीहरूले प्रशंसा गर्नुपर्छ। उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले आफ्नै आँखाले देखेका छौ उहाँले महान् र आश्चर्यपूर्ण कामहरू गर्नु भएको छ।
व्यवस्था 10:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु आफ्ना परमेश्वरका आज्ञापालन गर र उहाँलाई मात्र पूज। उहाँसँग विश्वासी भइरहो र आफ्ना प्रतिज्ञाहरू उहाँको नाममा मात्र गर। उहाँको प्रशंसा गर– उहाँ तिम्रा परमेश्वर हुनुहुन्छ र उहाँले तिम्रो निम्ति गर्नुभएको महान् र अचम्मका कामहरू तिमीहरूले आफ्नै आँखाले देखेका छौ।