व्यवस्था 10:17-18
व्यवस्था 10:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र प्रभुहरूका परमप्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न, र उहाँले कहिल्यै घूस लिनुहुन्न। उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्छ, र प्रवासीहरूलाई प्रेम गर्नुहुन्छ र उनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ।
व्यवस्था 10:17-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि याहवेह तिमीहरूका परमेश्वर, देवी-देवताहरूका परमेश्वर, प्रभुहरूका प्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ; जसले पक्षपात गर्नुहुन्न र घूस लिनुहुन्न। उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ। अनि तिमीहरूसँग रहने विदेशीलाई प्रेम गरेर तिनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ।
व्यवस्था 10:17-18 पवित्र बाइबल (NERV)
किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु हुनुहुन्छ। उहाँ महान् परमप्रभु हुनुहुन्छ। उहाँ शक्तिशाली र आश्चर्यजनक योद्धा हुनुहुन्छ। उहाँको निम्ति प्रत्येक मानिस एक शरह हो। उहाँको मन धनको वशमा छैन। टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ।
व्यवस्था 10:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु तिमीहरूका परमेश्वर सबै देवता र राजशक्तिहरूभन्दा सर्वोच्च हुनुहुन्छ। उहाँ महान् र प्रतापी हुनुहुन्छ अनि उहाँको भय मान्नुपर्छ। उहाँले पक्षपात गर्नुहुन्न अनि घुस लिनुहुन्न। टुहुराटुहुरी र विधवासित उहाँले न्यायपूर्ण व्यवहार गर्न लाउनुहुन्छ। हाम्रा मानिसहरूसँग बास गर्ने विदेशीहरूलाई उहाँले प्रेम गर्नुहुन्छ र तिनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ।