दानिएल 7:24-25
दानिएल 7:24-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दश सीङहरू त्यस राज्यबाट आएका दश राजाहरू हुन्। त्यसपछि पहिलेको भन्दा फरक, अर्को राजा खड़ा हुनेछ। उसले तीन राजाहरूलाई दबाउनेछ। उसले सर्वोच्चको विरुद्धमा बोल्नेछ र उहाँका पवित्र जनहरूलाई अत्याचार गर्नेछ र ठहर्याइएका समय र व्यवस्थाहरू फेर्न प्रयत्न गर्नेछ। पवित्र जनहरू साढ़े तीन वर्षसम्म उसको हातमा सुम्पिइनेछन्।
दानिएल 7:24-25 पवित्र बाइबल (NERV)
त्यो दशबटा सीङले दशजना राजाहरू यस राज्यबाट खडा गर्नेछ। अनि त्यसपछि अर्को एउटा राजा खडा हुनेछ। त्यो चाहिँ अघिका राजाहरू भन्दा बेग्लै हुनेछ। त्यसले तीन राजाहरूलाई परास्त गर्नेछ। त्यसले सर्वोच्चको विरूद्धमा नै बोल्नेछ, सर्वोच्चका पवित्र जनहरूलाई धुजा-धुजा पार्नेछ। त्यसले तोकिएको समय र व्यवस्थाहरू बदल्ने विचार गर्नेछ अनि पवित्र जनहरूले त्यसको शक्तिमा, साढे तीन बर्ष राज्यको शक्ति सुम्पिदिनेछन्।
दानिएल 7:24-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दश वटा सिङचाहिँ त्यो साम्राज्यमाथि शासन गर्ने दश राजाहरू हुन्। त्यसपछि अर्को एक जना राजा खडा हुनेछ, त्यो अघिअघिका राजाहरूभन्दा भिन्नै हुनेछ र त्यसले तीन जना राजाहरूलाई पराजित गर्नेछ। त्यसले सर्वोच्च परमेश्वरको विरुद्धमा बोल्नेछ र त्यसले परमेश्वरका पवित्र जनहरूलाई सताउनेछ। त्यसले धार्मिक नियम र चाडहरू हेरफेर गर्ने कोसिस गर्नेछ अनि साढे तीन वर्षसम्म परमेश्वरका पवित्र जनहरू त्यसको वशमा रहनेछन्।