दानिएल 6:21-23
दानिएल 6:21-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दानिएलले उत्तर दिए, “महाराजा अमर रहून्! मेरा परमेश्वरले आफ्ना स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्याएका छैनन्, किनभने उहाँको दृष्टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्ती गरेको छैनँ।” राजा अत्यन्तै खुशी भएर दानिएललाई खोरबाट निकाल्ने आज्ञा दिए। अनि जब दानिएल खोरबाट निकालिए, तिनमा कुनै पनि चोट पाइएन, किनभने तिनले आफ्ना परमेश्वरमाथि भरोसा गरेका थिए।

दानिएल 6:21-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दानिएलले जवाफ दिए, “महाराजा, अमर रहून्! मेरा परमेश्वरले आफ्नो स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख बन्द गरिदिनुभयो। तिनीहरूले मलाई चोट पुर्याएका छैनन्; किनकि म उहाँको दृष्टिमा निर्दोष भेट्टाइएको छु। हे महाराजा, मैले हजुरको सामु कुनै गल्ती गरेको छैनँ।” राजाले अति आनन्दित भएर दानिएललाई सिंहको खोरबाट माथि तानेर निकाल्ने हुकुम दिए। अनि जब दानिएल खोरबाट बाहिर निकालिए, तिनका शरीरमा कुनै पनि चोट पाइएन; किनकि तिनले आफ्नो परमेश्वरमाथि भरोसा राखेका थिए।
दानिएल 6:21-23 पवित्र बाइबल (NERV)
दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहुन्! मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।” त्यस पछि राजा अत्यन्तै खुशी भएर दानियललाई खोरबाट निकाल्ने हुकुम दिनुभयो। दानियल खोरबाट निकालिए अनि तिनमा कुनै प्रकारको चोट लागेको पाएनन्, किनभने उनले परमेश्वरमाथि विश्वास गर्थे।
दानिएल 6:21-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दानिएलले जवाफ दिए, “महाराज दीर्घायु रहून्! सिंहहरूले मेरो केही हानि नगरून् भनेर परमेश्वरले आफ्ना स्वर्गदूत पठाई तिनीहरूका मुख थुनिदिनुभयो। म निर्दोष छु भनी उहाँले जान्नुहुन्थ्यो र नै उहाँले त्यसो गर्नुभयो किनभने मैले महाराजको केही हानि गरेको छैनँ।” राजा अत्यन्तै खुसी भए र दानिएललाई सिंहका खोरबाट तानेर बाहिर निकाल्ने आज्ञा दिए। यसकारण तिनीहरूले उनलाई तानेर खोरबाट निकाले र उनलाई कुनै किसिमको चोट नलागेको भेट्टाए किनभने उनले परमेश्वरमाथि भरोसा राखेका थिए।