YouVersion लोगो
खोज आइकन

दानिएल 6:18-23

दानिएल 6:18-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब राजा आफ्‍नो दरबारमा फर्के र उनको सामु राखिएको खाना नखाई तथा कुनै मनोरञ्‍जनविना नै उनले त्‍यो रात बिताए। अनि उनलाई निद्रा लागेन। बिहान झिसमिसेको पहिलो किरणमा नै राजा उठेर आतुरीसाथ सिंहको खोरतिर गए। जब उनी सिंहको खोरको नजिक आइपुगे, उनले दानिएललाई वेदनापूर्ण स्‍वरमा बोलाए, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले निरन्‍तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूबाट बचाउनुभएको छ?” दानिएलले उत्तर दिए, “महाराजा अमर रहून्‌! मेरा परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्‍याएका छैनन्, किनभने उहाँको दृष्‍टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्‍ती गरेको छैनँ।” राजा अत्‍यन्‍तै खुशी भएर दानिएललाई खोरबाट निकाल्‍ने आज्ञा दिए। अनि जब दानिएल खोरबाट निकालिए, तिनमा कुनै पनि चोट पाइएन, किनभने तिनले आफ्‍ना परमेश्‍वरमाथि भरोसा गरेका थिए।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:18-23 पवित्र बाइबल (NERV)

तब राजा दारा आफ्नो महलमा गए। तिनीले त्यो रात खाएनन् अनि सुतेनन् र कसैलाई पनि त्यहाँ आउन दिएनन्। बिहान झिसमिसे उज्यालोमा राजा उठेर डरले काम्दै सिंहको खोरमा गए। राजा खोरको छेउमा गएर दानियललाई कराएर भने, “हे दानियल जीवित परमेश्वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई बचाउँन सक्नु भयो?” दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहुन्! मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।” त्यस पछि राजा अत्यन्तै खुशी भएर दानियललाई खोरबाट निकाल्ने हुकुम दिनुभयो। दानियल खोरबाट निकालिए अनि तिनमा कुनै प्रकारको चोट लागेको पाएनन्, किनभने उनले परमेश्वरमाथि विश्वास गर्थे।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:18-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि राजा महलमा फर्केर गए र केही नखाई, केही मनोरञ्‍जन नगरी रातभरि जागा बसे। बिहान मिरमिरे उज्‍यालो भएपछि राजा उठे र हतार-हतार सिंहको खोरमा गए। त्‍यहाँ पुगेर राजाले चिन्‍तित भई भने, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले भक्तिसाथ पुजेका परमेश्‍वरले तिमीलाई सिंहहरूका मुखबाट बचाउनुभयो?” दानिएलले जवाफ दिए, “महाराज दीर्घायु रहून्! सिंहहरूले मेरो केही हानि नगरून् भनेर परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाई तिनीहरूका मुख थुनिदिनुभयो। म निर्दोष छु भनी उहाँले जान्‍नुहुन्‍थ्‍यो र नै उहाँले त्‍यसो गर्नुभयो किनभने मैले महाराजको केही हानि गरेको छैनँ।” राजा अत्‍यन्‍तै खुसी भए र दानिएललाई सिंहका खोरबाट तानेर बाहिर निकाल्‍ने आज्ञा दिए। यसकारण तिनीहरूले उनलाई तानेर खोरबाट निकाले र उनलाई कुनै किसिमको चोट नलागेको भेट्टाए किनभने उनले परमेश्‍वरमाथि भरोसा राखेका थिए।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्