दानिएल 3:5-6
दानिएल 3:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा र सबै किसिमका बाजाको स्वर सुन्ने बित्तिकै राजा नबूकदनेसरले स्थापना गर्नुभएको सुनका मूर्तिको अगि घोप्टो परेर तिमीहरू सबैले दण्डवत् गर्नुपर्छ। घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फालिनेछ।”
दानिएल 3:5-6 पवित्र बाइबल (NERV)
जब तिमीहरू विभिन्न वाध्य-यंन्त्र, नरसिंङ्गा, बाँसुरी, वीणा, साराङ्गी, सितार, मसकहरू बाजाहरू बजेको सुन्छौ, तिमीहरू सबै निहुरिनु पर्छ अनि राजा नबूकदनेस्सरले उभ्याएको सुनको मूर्तिको पूजा गर्नु पर्छ। यदि कसैले यो सुनको मूर्तिलाई निहुरेर दण्डवत् गर्दैन अनि पूजा गर्दैन भने त्यस मानिसलाई तुरन्तै दनदन बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदिइनेछ।”
दानिएल 3:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूले तुरही, सनई, वीणा, बाँसुरी, सारङ्गी र अन्य बाजाहरू बजेका सुन्नेछौ। ती बाजाहरूको सोर सुन्ने बित्तिकै नबूकदनेसर राजाले खडा गरेका सुनको मूर्तिलाई तिमीहरूले घोप्टो परी ढोग्नुपर्नेछ। त्यसरी घोप्टो परी नढोग्ने जतिचाहिँ त्यही बेला दन्किरहेको आगोको भट्टीमा फालिनेछ।”