दानिएल 10:10-12
दानिएल 10:10-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एउटा हातले मलाई छोयो र म डरले कामेकै अवस्थामा मेरा हात र घुँड़ामा उभिन लगायो। तिनले भने, “दानिएल, तिमी जो अति नै सम्मान गरिएका छौ, मैले तिमीलाई भन्न लागेका वचनहरूमा राम्रोसँग विचार गर, र खड़ा होऊ, किनभने म तिमीकहाँ पठाइएको छु।” जब तिनले यो मलाई भने, म डरले थरथर काम्दै उभिएँ। तिनले भन्दैगए, “नडराऊ दानिएल, तिमीले आफ्नो मन समझतिर लगाएको र तिम्रा परमेश्वरको सामु आफैलाई नम्र तुल्याएको पहिलो दिनदेखि नै तिम्रा शब्दहरूको सुनुवाइ भएको थियो, र म तिनकै प्रतिउत्तरमा आएको छु।
दानिएल 10:10-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब एउटा हातले मलाई छोयो, र म डरले काम्दै गरेको अवस्थामा मेरा हात र घुँडामा उभ्याए। तिनले मलाई भने, “हे दानिएल, जो अति सम्मानित छौ, मैले तिमीलाई भन्न लागेका कुराहरू ध्यानपूर्वक विचार गर; अनि खडा होऊ; किनकि अहिले म तिमीकहाँ पठाइएको हुँ।” जब तिनले मलाई यसो भने, तब म थरथर काम्दै उभिएँ। तब तिनले आफ्नो कुरा फेरि भने, “दानिएल, तिमी नडराऊ। तिमीले समझशक्ति पाउनलाई र परमेश्वरको सामु आफूलाई नम्र तुल्याउनलाई आफ्नो मनमा ठानेको पहिलो दिनमै तिम्रा कुराहरू सुनिएका थिए; अनि म तिम्रो प्रार्थनाको प्रत्युत्तरमा आएको हुँ।
दानिएल 10:10-12 पवित्र बाइबल (NERV)
तब एउटा हातले मलाई छोयो। म मेरो हात र घुडाँ टेकेर उभिएँ, म एकदमै डराएँ र म कामिरहेको थिएँ। दर्शनको मानिसले मलाई भन्यो, “दानियल परमेश्वरले तिमीलाई अतिनै प्रेम गर्नुहुन्छ। मैले तिमीलाई भन्न लागेको वचनको विषयमा राम्ररी ध्यान देऊ र उभेऊ, मलाई तिमीकहाँ पठाइएको हो।” तब उहाँले मलाई यसो भन्नुभयो, उठ, म उठें। म अझै कामिरहेको थिएँ किनभने म डराएको थिएँ। त्यसपछि फेरि ऊ बोल्यो, “नडराऊ दानियल, पहिलो दिनबाट नै तिमीले निश्चय गरेका थियौ कि परमेश्वरको छेउमा तिमी विनम्र र विवेकपूर्ण रहनेछु। परमेश्वरले तिम्रो प्रार्थना सुन्दै आउँनु भएकोछ, तिमी प्रार्थना गरिरहेका छौ, यसैले म तिम्रोमा आएको छु।
दानिएल 10:10-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब एउटा हातले मलाई समातेर मेरा हात र घुँडामा मलाई उभ्यायो। म अझै कामिरहेको थिएँ। स्वर्गदूतले मलाई भने, “ए दानिएल, परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ। सिधा भई उभ र मैले के भन्न लागेको छु, होशियारसित सुन। म तिमीकहाँ पठाइएको छु।” उनले त्यसो भनेपछि म काम्दै उभिएँ। त्यसपछि उनले भने, “दानिएल, नडराऊ। तिमीले बुझ्ने शक्ति पाउन आफैंलाई नम्र तुल्याएको पहिलो दिनदेखि नै परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ। म तिम्रो प्रार्थनाको उत्तर दिन आएको छु।