YouVersion लोगो
खोज आइकन

कलस्सी 4:2-18

कलस्सी 4:2-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

सतर्क भएर धन्यवादसाथ आफूलाई प्रार्थनामा अर्पण गर। अनि हाम्रो लागि पनि प्रार्थना गर, ताकि परमेश्‍वरले हामीलाई वचनको निम्ति ढोका खोलिदेऊन्; अनि हामीले ख्रीष्‍टको रहस्यको घोषणा गर्न सकौँ, जसको लागि म साङ्लामा बाँधिएको छु। जसरी मैले स्पष्‍टसँग घोषणा गर्नुपर्ने हो, त्यसरी नै म घोषणा गर्न सकूँ भनेर प्रार्थना गर; बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर; सबै अवसरको पूरा सदुपयोग गर। तिमीहरूको बोलीवचन सधैँ नुनजस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्‍न सक। तुखिकसले तिमीहरूलाई मेरो बारेमा सबै जानकारी दिनेछन्। तिनी प्रभुमा एक प्रिय भाइ, एक विश्‍वासयोग्य सेवक र सङ्गी-सेवक हुन्। मैले तिनलाई यस उद्देश्यले तिमीहरूकहाँ पठाउँदैछु, कि तिमीहरूले हाम्रो परिस्थितिहरूबारे जान्‍न सक र तिनले तिमीहरूको हृदयलाई उत्साहित गराऊन्। तिनी ओनेसिमससँग आइरहेका छन्, जो तिमीहरूमध्येका एक हुन्, र जो हाम्रा विश्‍वासयोग्य प्रिय भाइ हुन्। तिनीहरूले यहाँको सबै हालखबर तिमीहरूलाई भनिदिनेछन्। मेरा सङ्गी-कैदी अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्, र मर्कूसले पनि, जो बारनाबासका भाइ पर्छन्। (तिमीहरूले तिनको विषयमा आदेश पाएका छौ, यदि तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर।) युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन्। परमेश्‍वरको राज्यको निम्ति मेरा सहकर्मीहरूमध्ये यहूदीहरूबाट यिनीहरू मात्र हुन्, र यिनीहरू मेरो लागि ठूलो सहयोग भएका छन्। तिमीहरूमध्येका एक जना र ख्रीष्‍ट येशूका सेवक इपाफ्रासले अभिवादन पठाएका छन्। तिमीहरूका निम्ति तिनले जागा रहेर निरन्तर प्रार्थना गरिरहेका छन्, ताकि तिमीहरू सम्पूर्ण रूपले निश्‍चित र परिपक्व भई परमेश्‍वरको सारा इच्छामा स्थिर भई लागिरहन सक। म तिनको निम्ति साक्षी दिन्छु: तिनले तिमीहरूका निम्ति, लाउडिकियामा र हिरापोलिसमा हुनेहरूका निम्ति कठोर परिश्रम गरिरहेका छन्। हाम्रा प्रिय मित्र वैद्य लूका र डेमासले पनि अभिवादन पठाएका छन्। लाउडिकियामा भएका मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई, निम्फा र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन भनिदेओ। तिमीहरूलाई यो पत्र पढेर सुनाइसकेपछि यसलाई लाउडिकियाको मण्डलीमा पनि पढ्न लगाओ र तिमीहरूले फेरि लाउडिकियाबाट आएको पत्र पनि पढ। अर्खिप्पसलाई भन, “तिमीले प्रभुबाट पाएको काम होसियारीसाथ पूरा गर।” म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। मेरा साङ्लाहरूको सम्झना गर। तिमीहरूसँग अनुग्रह रहोस्!

शेयर गर्नुहोस्
कलस्सी 4 पढ्नुहोस्

कलस्सी 4:2-18 पवित्र बाइबल (NERV)

आफैंलाई प्रार्थनामा अर्पण गर। अनि जब प्रार्थना गर्छौ सधैँ परमेश्वरलाई धन्यवाद चढाऊ। हाम्रो लागि पनि प्रार्थना गर। परमेश्वरलाई प्रार्थना गर कि उहाँले उहाँको संदेश मानिसहरूलाई भन्ने मौका हामीलाई दिऊन्। प्रार्थना गर कि परमेश्वरले ख्रीष्ट बारेमा खोली दिनु भएको साँच्चो रहस्य प्रचार गर्न हामी योग्य हुन सकौं। म कैदमा छु किनकि म यो सत्य सिकाँउँछु। तिमीहरू प्रार्थना गर्न सक्छौ कि स्पष्ट सत्य म मानिसहरूलाई व्याख्या गर्न योग्य बनौं। मैले त्यही गर्नु परेको छ। अविश्वासीहरूसित व्यवहार गर्नमा बुद्धिमानी होऊ। सर्वोत्तम तरिकामा तिमीलाई दिइएको अवसरहरू प्रयोग गर। जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानिसित व्यावहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ। टाइकिकस ख्रीष्टमा मेरा प्रिय भाइ हुन्। प्रभुमा उनी एक विश्वासी सेवक र मेरा सहकर्मी हुन्। मसित घटेका सबै कुराहरूको बारेमा उनले तिमीहरूलाई भन्ने छन्। त्यसैले म उनलाई तिमीहरूकाहाँ पठाउँदैछु। हामी के-कस्तो अवस्थामा बाँचिरहेका छौं, त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिमीहरूको उत्साहको निम्ति उनलाई पठाउँदैछु। ओनोसिमससित उनी आउँदैछन्। ओनेसिमस एकजना विश्वासयोग्य अनि प्यारो भाइ हुन। उनी तिमीहरूकै समूहका हुन्। टाइकिकस र ओनोसिमसले तिमीहरूलाई यहाँको जम्मै हालखबर भन्नेछन्। अरिस्तार्खसले नमस्कार पठाएका छन्। उनी पनि मसितै कैदमा छन्। अनि बर्णाबासका काकाको छोरा भाइ मर्कूसले पनि नमस्कार भनेका छन्। मर्कूसको विषयमा तिमीलाई निर्देशन दिएकोछु। यदि उनी आए भने उनलाई स्वागत गर्नु। येशूले (उनलाई जस्तस पनि भनिन्छ) पनि आफ्नो नमस्कार पठाउँदैछन्। यहाँ यहूदी विश्वासीहरू मात्रै छन् जो मसित परमेश्वरको राज्यको निम्ति काम गर्दैछन्। यिनीहरू मेरा लागि सुखका कारण भएकाछन्। येशू ख्रीष्टका सेवक इपाफ्रासले पनि आफ्नो नमस्कार पठाएका छन्। उनी तिमीहरूकै समूहका हुन्। उनी सधैँ तिमीहरूका लागि प्रार्थना गर्दछन्। तिमीहरू आत्मिक रूपले परिपक्क होऊ र पमेश्वरले चाहेका सबै कुरा तिमीहरूसित होस् भन्दै उनी प्रार्थना गर्छन्। तिमीहरूका लागि र लाओडिसियाका तथा हिरापोलिसका मानिसहरूका लागि अनि हिरापोलिसमा उनी खुबै खटेका छन्, यो म जान्दछु। डेमास र हाम्रा प्रिय साथी वैद्य लूकाले अबिवादन पठाउँदैछन्। लाओडिसियाका दाजू-भाइ अनि दिदी-बहिनीहरूलाई हाम्रो अभिवादन सुनाइदिनु। हाम्रो अभिवादन निम्फसलाई अनि मण्डलीलाई जो उनको घरमा जुट्छ, पनि भनिदिनु। यो चिठ्ठी तिमीहरूले पढे पछि निश्चय होऊ कि यो चिठ्ठी लाओडिसियामा पढाए, तिमीहरूले पढयौ। “प्रभुले उनीमाथि भरोसा गरेको सेवाको काम निश्चित भएर गर्नु” भनी अर्खिपसलाई भन। म, पावल आफ्नै हातले तिमीहरूलाई नमस्कार लेख्दैछु। याद राख्नु, म कारागारमा छु। परमेश्वरको अनुग्रह तिमीहरूमा रहोस्।

शेयर गर्नुहोस्
कलस्सी 4 पढ्नुहोस्

कलस्सी 4:2-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सतर्क भएर धन्‍यवादसहित स्‍थिर भई प्रार्थनामा लागिरहो। हाम्रा निम्‍ति पनि प्रार्थना गर, ताकि ख्रीष्‍टको त्‍यो रहस्‍य प्रचार गर्नलाई परमेश्‍वरले हामीलाई वचनको निम्‍ति एउटा ढोका खोलिदेऊन्, जसको निम्‍ति म थुनामा परेको छु, र मैले बोल्‍नुपर्ने वचन खुलस्‍त पार्न सकूँ। समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्‍यवहार गर। नूनले स्‍वादिलो पारेजस्‍तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्‍येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान। मेरो विषयमा सबै कुरा प्रिय भाइ, विश्‍वासी धर्म-सेवक र प्रभुमा सङ्गी-दास तुखिकसले तिमीहरूलाई भन्‍नेछन्‌। यस अभिप्रायले नै मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ, कि तिमीहरूले हाम्रो विषयमा थाहा पाओ, र तिनले तिमीहरूका हृदयलाई प्रोत्‍साहित तुल्‍याऊन्‌। तिनीसँग ओनेसिमस आउँदैछन्, जो तिमीहरूमध्‍येका एक जना हुन्, र तिनी हाम्रा विश्‍वासी र प्रिय भाइ हुन्‌। यहाँको सबै हालखबर तिनीहरूले तिमीहरूलाई बताउनेछन्‌। मेरा सङ्गी-कैदी, अरिस्‍तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। बारनाबासको भानिज मर्कूसको पनि अभिवादन। तिनको विषयमा तिमीहरूले आदेश पाइसकेका छौ— तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्‍वागत गर। युस्‍तस नाउँ भएका येशूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌। परमेश्‍वरका राज्‍यको निम्‍ति मेरा सहकर्मीहरूमध्‍ये यहूदी विश्‍वासीहरू यिनीहरू मात्र हुन्‌। यिनीहरूद्वारा मलाई सान्‍त्‍वना मिलेको छ। तिमीहरूमध्‍येका एक जना ख्रीष्‍ट येशूका दास इपाफ्रासले पनि अभिवादन पठाएका छन्‌। तिनले आफ्‍ना प्रार्थनामा परिश्रमसाथ सधैँ तिमीहरूलाई स्‍मरण गर्छन्, ताकि तिमीहरू परिपक्‍व होओ, र परमेश्‍वरका सारा इच्‍छामा सम्‍पूर्ण रूपले निर्धक्‍क भई बस्‍न सक। किनकि म तिनको निम्‍ति गवाही दिन्‍छु, कि तिमीहरू र लाउडिकिया र हिरापोलिसमा हुनेहरूका निम्‍ति तिनले घोर परिश्रम गरेका छन्‌। प्रिय वैद्य लूका र डेमासले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌। लाउडिकियाका भाइहरू र नुम्‍फास र तिनका घरमा भएका मण्‍डलीलाई मेरो अभिवादन देओ। तिमीहरूका बीचमा यो पत्र पढ़िएपछि लाउडिकियाका मण्‍डलीमा पनि यो पढ्‌न लगाओ, र लाउडिकियाको चिट्ठी पनि तिमीहरूले पढ़। “तिमीले प्रभुबाट पाएका सेवाको काम पूरा गर” भनी अर्खिप्‍पसलाई भनिदेओ। म पावल, यो अभिवादनचाहिँ आफ्‍नै हातले लेख्‍दैछु। मेरा साङ्‌लाहरूलाई याद राख। तिमीहरूसँग अनुग्रह रहोस्‌।

कलस्सी 4:2-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरू प्रार्थनामा निरन्‍तर लागि रहो। प्रार्थना गर्दा धन्‍यवाद दिंदै परमेश्‍वरमा मन लगाएर प्रार्थना गर। मैले सुसमाचार प्रचार गरेकोले म थुनामा परेको छु। अब ख्रीष्‍टको रहस्‍य बताउन र उहाँको सुसमाचार प्रचार गर्न परमेश्‍वरले हाम्रो लागि राम्रो ढोका खोलिदेऊन् भनी हाम्रो लागि प्रार्थना गर। मेरो लागि तिमीहरूले प्रार्थना गरिदेओ, मैले जसरी बुझाउनुपर्ने हो, त्‍यसरी नै म बोल्‍न सकूँ। विश्‍वास नगर्नेहरूसँग व्‍यवहार गर्दा बुद्धि पुर्‍याएर गर र तिमीहरूले पाएका सबै मौकालाई पूरासँग चलाओ। नुनले खाना मीठो बनाएझैँ तिमीहरूको बोलिवचन सधैँ मीठो र चाखलाग्‍दो होस्। तिमीहरूले सबैलाई राम्रोसँग जवाफ दिन पनि जान्‍नुपर्दछ। हाम्रा प्‍यारा भाइ तुखिकसले नै मेरो सबै खबर तिमीहरूलाई सुनाउनेछन्। उनी पनि हामीसँगै सेवा गर्ने प्रभुका विश्‍वासी भक्त हुन्। उनलाई म तिमीहरूकहाँ पठाउँदै छु र उनले हाम्रो बारेमा भनेर तिमीहरूलाई ढाडस दिनेछन्। उनी तिमीहरूमध्‍ये प्‍यारा र विश्‍वासी भाइ ओनेसिमसको साथ लागेर आउँदै छन्। ओनेसिमस तिमीहरूकै मानिस हुन्। तिनीहरूले नै यहाँ भएका सबै कुरा तिमीहरूलाई सुनाउनेछन्। मसँगै कैदमा भएका अरिस्‍तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्। बारनाबासको भाइ मर्कूसले पनि अभिवादन पठाएका छन्। उनको बारेमा मैले अघि नै तिमीहरूलाई भनिसकेको छु, उनी आए भने राम्रोसँग स्‍वागत गर। युस्‍तस भनिने येशूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। परमेश्‍वरको राज्‍य बढाउन मसँगै काम गर्ने इस्राएलीहरूमा यिनै तीन जना मात्रै हुन्। साँच्‍चै यिनीहरूले मलाई निकै हौसला दिएका छन्। तिमीहरूकै एक जना भाइ, ख्रीष्‍ट येशूका कमारा इपाफ्रासले अभिवादन पठाएका छन्। उनले सधैँ तिमीहरूको लागी खुरन्‍धार प्रार्थना गरिरहन्‍छन्। तिमीहरू परमेश्‍वरको इच्‍छा पूर्णरूपमा मान्‍ने भएर दिगो, पाको र पूरा विश्‍वासी होओ भन्‍ने उनको प्रार्थना छ। तिनले तिमीहरूका लागि र लाउडिकिया र हिरापोलिसका मानिसहरूका लागि निक्‍कै पसिना बगाएका छन्। म यस कुराको साक्षी छु। हाम्रा प्‍यारा डाक्‍टर लूका र डेमासले पनि तिमीहरूलाई अभिवादन भनेका छन्। लाउडिकियामा भएका भाइहरूलाई, नुम्‍फासलाई र उनको घरमा भेला हुने मण्‍डलीलाई हाम्रो अभिवादन सुनाइदेओ। तिमीहरूले यो पत्र पढिसकेपछि लाउडिकियामा भएको मण्‍डलीलाई पनि पढ्‍न देओ। त्‍यसै गरी लाउडिकियाको पत्र पनि तिमीहरूले पढ्‍नू। अनि प्रभुले दिएको काम पूरा गर्नैपर्छ भनेर अर्खिप्‍पसलाई भनिदेओ। म पावलबाट तिमीहरूलाई अभिवादन छ। मेरो अभिवादन आफ्‍नै हातले लेखेको हुँ। म थुनामा परेको छु भन्‍ने कुरो नबिर्स। तिमीहरूमा परमेश्‍वरको अनुग्रह रहोस्।

शेयर गर्नुहोस्
कलस्सी 4 पढ्नुहोस्

कलस्सी 4:2-18

कलस्सी 4:2-18 NNRVकलस्सी 4:2-18 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter