कलस्सी 3:8-10
कलस्सी 3:8-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग: रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली। एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलनसमेत तिमीहरूले त्यागेका छौ, र नयाँ स्वभाव धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ।
कलस्सी 3:8-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर अब तिमीहरूले यी कुराहरू त्याग्नुपर्छ: रिस, क्रोध, डाह, निन्दा र ओठबाट निस्कने फोहोर बोली। एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ। अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ।
कलस्सी 3:8-10 पवित्र बाइबल (NERV)
तर अब यी कूराहरूलाई आफ्नो जीवनदेखि अलग राख। रिस, क्रोध, डाह, निन्दा अनि बातचीत गर्दा लाजलाग्दो शब्दहरूको प्रयोग नगर। तिमीहरू आपस्तमा झूटो नबोल। किनकि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ। अब तिमीहरू नयाँ जीवनमा बाँच्न थालेका छौ। नयाँ जीवनमा तिमीहरू लगातार नयाँ भई रहने छौ। तिमीहरू आफ्नो विधाता झैं बन्दैछौ। यस नयाँ जीवनले तिमीहरूलाई परमेश्वरलाई साँच्चो रूपमा चिनाउन लैजाने छ।
कलस्सी 3:8-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर अब तिमीहरूले रिस-राग, डाहा, निन्दा, गाली आफूबाट हटाउनुपर्छ। तिमीहरूले कसैलाई ढाँट्ने काम नगर किनभने आफ्ना पुरानो जीवन र त्यसका बानीबेहोरा छोडिसकेका छौ। अब त तिमीहरूले नयाँ स्वभाव धारण गरेका छौ। उहाँको पूर्ण ज्ञान तिमीहरूले पाओ भनेर परमेश्वर यसको सृष्टिकर्ताले यो स्वभाव उहाँकै स्वरूपमा सधैँ नयाँ पारिरहनुहुन्छ।