YouVersion लोगो
खोज आइकन

कलस्सी 3:5-10

कलस्सी 3:5-10 नेपाली समकालीन संस्करण (NCV)

यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्‍ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो। यस्तै पापहरूका कारणले परमेश्‍वरको क्रोध आइरहेछ। तिमीहरू पनि एकपल्ट यस्तै जीवन जिइरहेका थियौ, र तिमीहरू यी मार्गहरूमा हिँड्ने गर्दथ्यौ। तर अब तिमीहरूले यी कुराहरू त्याग्नुपर्छ: रिस, क्रोध, डाह, निन्दा र ओठबाट निस्कने फोहोर बोली। एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ। अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्‍टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ।

शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्

कलस्सी 3:5-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण तिमीहरूमा जो सांसारिक स्‍वभावका कुराहरू छन्‌ तिनलाई मार: व्‍यभिचार, अशुद्धता, कामुकता, खराब इच्‍छा र लोभ, जो मूर्तिपूजा हो। यिनै कुराहरूका खातिर परमेश्‍वरको क्रोध आज्ञा नमान्‍नेहरूमाथि आउँदछ। तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्‍तै कुरामा चल्‍दथ्‍यौ। तर अब तिमीहरूले पनि यी सबै कुरा त्‍याग: रीस, क्रोध, डाह, निन्‍दा, आफ्‍नो मुखबाट निस्‍कने फोहोर बोली। एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्‍वभाव त्‍यसका चलनसमेत तिमीहरूले त्‍यागेका छौ, र नयाँ स्‍वभाव धारण गरेका छौ, जो आफ्‍नो सृष्‍टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ।

शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्

कलस्सी 3:5-10 पवित्र बाइबल (NERV)

यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाइदेऊ-जस्तो व्यभिचार, अशुद्धता, कुइच्छा लोभ जुन मूर्ति पूजा जस्तै हो। यस्ता कुराहरूले आज्ञा नमान्नेहरू माथि परमेश्वरलाई रिस उठाउँछ। अघि-अघि तिमीहरू पनि यस्तै कर्म गर्दै यसरी नै जीवन बिताउँथ्यौ। तर अब यी कूराहरूलाई आफ्नो जीवनदेखि अलग राख। रिस, क्रोध, डाह, निन्दा अनि बातचीत गर्दा लाजलाग्दो शब्दहरूको प्रयोग नगर। तिमीहरू आपस्तमा झूटो नबोल। किनकि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ। अब तिमीहरू नयाँ जीवनमा बाँच्न थालेका छौ। नयाँ जीवनमा तिमीहरू लगातार नयाँ भई रहने छौ। तिमीहरू आफ्नो विधाता झैं बन्दैछौ। यस नयाँ जीवनले तिमीहरूलाई परमेश्वरलाई साँच्चो रूपमा चिनाउन लैजाने छ।

शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्

कलस्सी 3:5-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

संसारमा तिमीहरू आफ्‍ना शरीरका इच्‍छालाई मार, जस्‍तै: व्‍यभिचारको इच्‍छा, अशुद्ध कुरा, छाडा इच्‍छा, नराम्रा विचार, लोभ आदि हुन्। यिनै कुराहरूले गर्दा नै परमेश्‍वरको रिस उहाँका आज्ञाहरू नमान्‍नेमाथि पर्नेछ। तिमीहरूको जीवन पनि एक पल्‍ट यस्‍तै थियो र यिनै कुरामा चल्‍थ्‍यौ। तर अब तिमीहरूले रिस-राग, डाहा, निन्‍दा, गाली आफूबाट हटाउनुपर्छ। तिमीहरूले कसैलाई ढाँट्‍ने काम नगर किनभने आफ्‍ना पुरानो जीवन र त्‍यसका बानीबेहोरा छोडिसकेका छौ। अब त तिमीहरूले नयाँ स्वभाव धारण गरेका छौ। उहाँको पूर्ण ज्ञान तिमीहरूले पाओ भनेर परमेश्‍वर यसको सृष्‍टिकर्ताले यो स्वभाव उहाँकै स्‍वरूपमा सधैँ नयाँ पारिरहनुहुन्‍छ।

शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्