YouVersion लोगो
खोज आइकन

कलस्सी 3:1-25

कलस्सी 3:1-25 पवित्र बाइबल (NERV)

जब तिमीहरू मृत्युबाट ख्रीष्टसितै उठायौ स्वर्गका ती वस्तुहरू पाउने कोशिशगर जहाँ परमेश्वरको दाहिने तर्फ ख्रीष्टलाई बसाइएकोछ। स्वर्गकै कुराहरू मात्र सोच, पार्थिव होइन। तिमीहरूको पुरानो पापमय जीवन मरिसकेको छ, अनि तिमीहरूको बर्तमान जीवन परमेश्वरमा ख्रीष्टसित छ। ख्रीष्ट तिम्रो जीवन हो। जब उहाँ आउनु हुन्छ, तिमीहरू उहाँसितै महिमामा देखा पर्नेछौ। यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाइदेऊ-जस्तो व्यभिचार, अशुद्धता, कुइच्छा लोभ जुन मूर्ति पूजा जस्तै हो। यस्ता कुराहरूले आज्ञा नमान्नेहरू माथि परमेश्वरलाई रिस उठाउँछ। अघि-अघि तिमीहरू पनि यस्तै कर्म गर्दै यसरी नै जीवन बिताउँथ्यौ। तर अब यी कूराहरूलाई आफ्नो जीवनदेखि अलग राख। रिस, क्रोध, डाह, निन्दा अनि बातचीत गर्दा लाजलाग्दो शब्दहरूको प्रयोग नगर। तिमीहरू आपस्तमा झूटो नबोल। किनकि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ। अब तिमीहरू नयाँ जीवनमा बाँच्न थालेका छौ। नयाँ जीवनमा तिमीहरू लगातार नयाँ भई रहने छौ। तिमीहरू आफ्नो विधाता झैं बन्दैछौ। यस नयाँ जीवनले तिमीहरूलाई परमेश्वरलाई साँच्चो रूपमा चिनाउन लैजाने छ। यस नयाँ जीवनमा ग्रीक र यहूदीहरू बीच कुनै भिन्नता छैन। खतना गरेका र नगेरका मानिसहरू अथवा विदेशी वा सिथियान बीच कुनै अन्तर छैन। कमारा र फुक्का मानिस वीच कुनै फरक छैन। तर ती सब विश्वासीहरूमा ख्रीष्ट हुनु हुन्छ र ख्रीष्ट नै सर्वोपरी हुनुहुन्छ। परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन। एक-अर्कामा सहनशील होऊ। यदि कसैको कसैमाथि नालिस भए उसलाई माफ देऊ। तिमीले अरूलाई क्षमा देऊ जसरी प्रभुले तिमीलाई क्षमा दिनु भयो। यी सबै गर अनि सबभन्दा मुख्य कुरो एक-आपसमा प्रेम गर। यो प्रेम नै हो जेले तिमीहरूलाई पक्का एकतामा रहन एकत्रित गरायो। ख्रीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमा बोलाईएका छौ। सदा सर्वदा धन्य होऊ। ख्रीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा रहोस्। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पूर्ण बुद्वि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ। तिमीहरू जे पनि बोल्छौ, जे गर्छौ तिम्रो प्रभु येशूको लागि गर येशूद्वारा पिता परमेश्वरलाई धन्यवाद देऊ। पत्नीहरू, आफ्ना पतिका अधीनमा रहौ। प्रभुका अनुयायीहरूको लागि यो ठिक हो। पतिहरू, तिमीहरूका पत्नीहरूलाई प्रेम गर, अनि उनीहरू प्रति कोमल बन। बालकहरू, तिमीहरूका आमा-बाबुले भनेको प्रत्येक कुरो मान। यसले प्रभुलाई खुशी तुल्याँउछ। पिताहरू, तिमीहरूका बालकहरूलाई निराश नबनाऊ। यदि तिमीहरूलाई खुशी पार्न कठिन परे, तिनीहरूले चेष्टा छाडनेछन्। सेवकहरू, हर कुरामा आफ्नो संसारिक मालिकहरूले भनेको मान। मालिकहरूको अनुपस्थितिमा पनि इमान्दारी सित काम गर। किनभने तिमीहरू मानिसहरूलाई खुशी पार्न चेष्टा गरिरहेका छौनौ। तिमीहरू प्रभु स्वंयलाई खुशी पार्न चेष्टा गरिरहेका छौ। यसकारण इमान्दारीपूर्वक आज्ञा पालन गर किनकि तिमीहरूले प्रभुलाई सम्मान गर्दैछौ। काम जस्तो सुकै होस, तिम्रो योग्यताले भेटे सम्म राम्रो गर। प्रभुको सेवा गर्दछौ त्यस प्रकारले गर, अनि मानिसलाई होइन। याद राख, परमप्रभुले तिमीहरूलाई पुरस्कार दिनुहुनेछ। उहाँले आफ्ना मानिसहरूलाई के दिने प्रतिज्ञा गर्नु भएको छ त्यो तिमीलाई दिनु हुनेछ। तिमीहरूले प्रभु ख्रीष्टको सेवा गर्दैछौ। याद गर कसैले भूल गरे, त्यही अनुसार उसले दण्ड भोग्नु पर्नेछ। प्रभुले हरेकलाई एक समान व्यवहार गर्नुहुनेछ।

शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्

कलस्सी 3:1-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण यदि तिमीहरू ख्रीष्‍टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्‍ट हुनुहुन्‍छ, र परमेश्‍वरको दाहिने बाहुलीपट्टि बस्‍नुभएको छ। माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन। किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्‍वरमा ख्रीष्‍टसँग लुकाइएको छ। ख्रीष्‍ट, जो हाम्रो जीवन हुनुहुन्‍छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। यसकारण तिमीहरूमा जो सांसारिक स्‍वभावका कुराहरू छन्‌ तिनलाई मार: व्‍यभिचार, अशुद्धता, कामुकता, खराब इच्‍छा र लोभ, जो मूर्तिपूजा हो। यिनै कुराहरूका खातिर परमेश्‍वरको क्रोध आज्ञा नमान्‍नेहरूमाथि आउँदछ। तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्‍तै कुरामा चल्‍दथ्‍यौ। तर अब तिमीहरूले पनि यी सबै कुरा त्‍याग: रीस, क्रोध, डाह, निन्‍दा, आफ्‍नो मुखबाट निस्‍कने फोहोर बोली। एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्‍वभाव त्‍यसका चलनसमेत तिमीहरूले त्‍यागेका छौ, र नयाँ स्‍वभाव धारण गरेका छौ, जो आफ्‍नो सृष्‍टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ। यहाँ ग्रीक र यहूदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्‍य, कमारा र फुक्‍काको भेद रहनेछैन, तर ख्रीष्‍ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्‍छ। यसकारण परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्‍यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। यी सबैभन्‍दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्‍पूर्ण एकतामा एकसाथ बाँध्‍छ। ख्रीष्‍टको शान्‍तिले तिमीहरूका हृदयमा राज्‍य गरोस्‌। साँच्‍चै, तिमीहरू त्‍यसको निम्‍ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्‍यवादी होओ। ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ। कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर। पत्‍नी हो, प्रभुको दृष्‍टिमा सुहाउँदो गरी आ-आफ्‍ना पतिहरूका अधीनमा बस। पति हो, आ-आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ। छोरा-छोरी हो, प्रत्‍येक कुरामा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्‍न तुल्‍याउँछ। बुबा हो, आफ्‍ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्‌। कमारा हो, प्रत्‍येक कुरामा यस संसारका आफ्‍ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्‍याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस। तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै, यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ। किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।

शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्

कलस्सी 3:1-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरू पनि ख्रीष्‍टसँगै बिउँतिएकोले स्‍वर्गकै कुरा खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुहुन्‍छ। पृथ्‍वीका कुराहरूमा होइन तर माथिकै कुरामा आफ्‍नो मन लगाओ किनभने तिमीहरू त मरेका छौ र तिमीहरूको जीवनचाहिँ परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकेर रहेको छ। तिमीहरूको सच्‍चा जीवन त ख्रीष्‍ट नै हुनुहुन्‍छ अनि उहाँ देखापर्दा तिमीहरू पनि उहाँसँगसँगै देखापर्नेछौ अनि उहाँकै सम्‍मान्‌को सहभागी हुनेछौ। संसारमा तिमीहरू आफ्‍ना शरीरका इच्‍छालाई मार, जस्‍तै: व्‍यभिचारको इच्‍छा, अशुद्ध कुरा, छाडा इच्‍छा, नराम्रा विचार, लोभ आदि हुन्। यिनै कुराहरूले गर्दा नै परमेश्‍वरको रिस उहाँका आज्ञाहरू नमान्‍नेमाथि पर्नेछ। तिमीहरूको जीवन पनि एक पल्‍ट यस्‍तै थियो र यिनै कुरामा चल्‍थ्‍यौ। तर अब तिमीहरूले रिस-राग, डाहा, निन्‍दा, गाली आफूबाट हटाउनुपर्छ। तिमीहरूले कसैलाई ढाँट्‍ने काम नगर किनभने आफ्‍ना पुरानो जीवन र त्‍यसका बानीबेहोरा छोडिसकेका छौ। अब त तिमीहरूले नयाँ स्वभाव धारण गरेका छौ। उहाँको पूर्ण ज्ञान तिमीहरूले पाओ भनेर परमेश्‍वर यसको सृष्‍टिकर्ताले यो स्वभाव उहाँकै स्‍वरूपमा सधैँ नयाँ पारिरहनुहुन्‍छ। यसकारण यहाँ इस्राएली र ग्रीक, शरीरमा खतना गरेका र नगरेका, असभ्य, अशिक्षित, कमारा र फुक्‍का कुनैको भेद रहँदैन तर ख्रीष्‍ट मात्र हुनुहुन्‍छ र ख्रीष्‍ट नै सबैमा हुनुहुन्‍छ। तिमीहरू नै परमेश्‍वरले छानेका प्‍यारा पवित्र जनहरू हौ। यसकारण तिमीहरूले माया, दया, नम्रता, सोझोपन, सहनेशक्ति लुगाजस्‍तै लाउनुपर्छ। तिमीहरूले एक-अर्कालाई सहेर प्रेम देखाओ, कसैको विरोधमा केही कुरो छ भने माफ गर। प्रभुले तिमीहरूलाई माफ गर्नुभएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ गर। यी सबै गुणहरूभन्दा बेसी प्रेमलाई अपनाओ किनभने प्रेमले नै सबै कुरालाई पूर्ण एकतामा ल्‍याउँछ। ख्रीष्‍टको शान्‍तिले तिमीहरूका हृदयमा राज्‍य गरोस्। यही शान्‍तिको लागि नै परमेश्‍वरले तिमीहरूलाई एउटै शरीरमा बोलाउनुभएको हो। यसमा तिमीहरू धन्‍यवादी होओ। ख्रीष्‍टको शिक्षाले तिमीहरूको हृदय भरिभराउ होस्। आफ्‍ना सबै ज्ञान-बुद्धिले सिकाउने र सल्‍लाह दिने गर। धन्‍यवादी बनेर भजन, स्‍तुति र आत्‍माका गीतहरूले हृदयदेखि परमेश्‍वरलाई चढाउओ। तिमीहरूले जे भने पनि, जे गरे पनि सबै कुरा प्रभु येशूकै नाउँमा गर अनि उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढाओ। स्‍वास्‍नी मानिसहरू हो, तिमीहरूले प्रभुलाई मनपर्ने गरी आफ्‍ना लोग्‍नेहरूको आज्ञा मान। ए लोग्‍ने मानिसहरू हो, तिमीहरू आफ्‍ना स्‍वास्‍नीहरूलाई कठोर नभई माया गर। ए बालकहरू, तिमीहरूले पनि सधैँ आफ्‍ना आमा-बुबाले भनेका कुराहरू मान किनभने यसो गर्नाले नै परमेश्‍वर खुसी हुनुहुन्‍छ। ए बुबा हो, तिमीहरूले आफ्‍ना बाल-बालिकाहरूलाई दिक्‍क नलाओ। नत्र त तिनीहरूको मन बिग्रिनेछ। कमाराहरू हो, तिमीहरूले आफ्‍ना मालिकहरूले भनेका सबै कुराहरू मान। मालिकलाई खुसी पार्ने विचारले मात्र आँखाका सामु होइन तर प्रभुको डर राखेर सोझो मनले काम गर। जे गर्छौ, मानिसलाई जस्‍तो होइन, तर प्रभुलाई नै जस्‍तो गरेर दिलोज्‍यानले गर किनभने तिमीहरूलाई प्रभुले प्रतिज्ञा गर्नुभएको इनाम दिनुहुनेछ भन्‍ने थाहै छ। प्रभु ख्रीष्‍ट नै तिमीहरूका मालिक हुनुहुन्‍छ। नराम्रो गर्ने जोसुकै होस्, त्‍यसले नराम्रै दण्‍ड भोग्‍नेछ। परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न।

शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्

कलस्सी 3:1-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसैले तिमीहरू ख्रीष्‍टसित जिइउठाइएका हौ भने तिमीहरूका हृदय माथिका कुराहरूमा लगाओ, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन। किनकि तिमीहरू मरेका थियौ, तर अहिले तिमीहरूको जीवन परमेश्‍वरमा ख्रीष्‍टसँग लुकेको छ। जब ख्रीष्‍ट, जो तिमीहरूको जीवन हुनुहुन्छ, देखा पर्नुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा देखा पर्नेछौ। यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्‍ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो। यस्तै पापहरूका कारणले परमेश्‍वरको क्रोध आइरहेछ। तिमीहरू पनि एक पल्ट यस्तै जीवन जिइरहेका थियौ, र तिमीहरू यी मार्गहरूमा हिँड्ने गर्दथ्यौ। तर अब तिमीहरूले यी कुराहरू त्याग्नुपर्छ: रिस, क्रोध, डाह, निन्दा र ओठबाट निस्कने फोहोर बोली। एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ। अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्‍टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ। यहाँ ग्रीक वा यहूदी, खतनाका वा बेखतनाका, असभ्य, सिथिएन्स सेवक वा फुक्‍का, केही भिन्‍नता छैन, तर ख्रीष्‍ट नै सबै थोक र सबैमा मुख्य हुनुहुन्छ। यसकारण परमेश्‍वरका चुनिएका, पवित्र र प्रिय जनहरूझैँ तिमीहरू आफूले करुणा, दया, नम्रता, कोमलता र धैर्य धारण गर। एक-अर्कालाई सहने गर; यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्‍वरले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर। अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ। तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्‍टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ। तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्‍टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्‍वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ। अनि तिमीहरूले कुरा वा काममा जे-जे गर्दछौ ती सबै, प्रभु येशूद्वारा परमेश्‍वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशू ख्रीष्‍टको नाममा गर। हे पत्नीहरू हो, प्रभुको दृष्‍टिमा सुहाउँदो गरी तिमीहरू आ-आफ्ना पतिहरूका अधीनमा बस। हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, र तिनीहरूप्रति कठोर नबन। हे छोराछोरीहरू हो, हरेक कुरामा आफ्ना आमाबुबाहरूका आज्ञाहरू पालन गर; किनकि यसले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ। हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्रता तिनीहरू निरुत्साहित होलान्। हे सेवकहरू हो, प्रत्येक कुरामा तिमीहरूका सांसारिक मालिकहरूको आज्ञापालन गर; हरेक कुरामा उनीहरूले देख्दा निगाह पाउनालाई मात्र होइन, तर हृदयको इमानदारीताको साथ परमेश्‍वरलाई श्रद्धा गर्दै हरेक कुरामा तिनीहरूका आज्ञापालन गर। तिमीहरू जे गर्दछौ, त्यो मानिसहरूको निम्ति काम गरेझैँ होइन, तर परमेश्‍वरको निम्ति गरेझैँ सम्पूर्ण हृदयले गर। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट पुरस्कारस्वरूप उत्तराधिकार पाउनेछौ। वास्तवमा तिमीहरूले प्रभु ख्रीष्‍टकै सेवा गरिरहेका छौ। जसले खराबी गर्दछ, तिनीहरूले यस खराबीको फल पाउनेछन्; र त्यसमा कुनै पक्षपात हुँदैन।

कलस्सी 3:1-25 NNRVकलस्सी 3:1-25 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter