कलस्सी 1:22-23
कलस्सी 1:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनुभएको छ— यदि तिमीहरू आफ्ना विश्वासमा अचल र स्थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने। यही नै त्यो सुसमाचार हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ।
कलस्सी 1:22-23 नेपाली समकालीन संस्करण (NCV)
तर अब त तिमीहरूलाई उहाँको दृष्टिमा पवित्र, निष्खोट र निर्दोष उपस्थित गराउन, उहाँले तिमीहरूलाई आफ्नो भौतिक शरीरको मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ। यदि तिमीहरू आफ्नो विश्वासमा अटल र स्थिर भई रह्यौ भने र तिमीहरूले आशा राखेका सुसमाचारबाट पछि हटेनौ भने, यो त्यही सुसमाचार हो, जुनचाहिँ तिमीहरूले सुनेका छौ, जुन स्वर्गमुनि भएका हरेक प्राणीका लागि घोषणा गरिएको छ र, म पावल त्यसैको सेवक नियुक्त भएको छु।
कलस्सी 1:22-23 पवित्र बाइबल (NERV)
तर ख्रीष्टले तिमीहरूलाई फेरि परमेश्वरको मित्र बनाइदिनु भएकोछ, आफ्नो मृत्युद्वारा त्यो गर्नुभयो जब उहाँ शरीरमा हुनुहुन्थ्यो। परमेश्वरको अघि तिमीहरूलाई पवित्र, निष्कलंक अनि कुनै प्रकारले तिमीलाई निन्दारहित बनाई उभ्याउनुलाई उहाँले त्यसो गर्नु भयो। तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ।
कलस्सी 1:22-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर अब पुत्रको आफ्नै शरीरको बलिदानले तिमीहरूलाई परमेश्वरले फेरि आफ्नो मित्र बनाउनुभयो र उहाँले तिमीहरूलाई आफ्नो सामुन्ने पवित्र, शुद्ध र निर्दोष बनाउनुहुनेछ। साँच्चै तिमीहरू दिगो र बलियो भएर विश्वासमा लागिरह। तिमीहरूले सुनेका सुसमाचारको आशालाई छोड्दै नछोड। यही सुसमाचार सृष्टिभरिका मानिसहरूलाई सुनाइएको छ। म पावल यही सुसमाचार सुनाउने सेवक भएको छु।