कलस्सी 1:16-18
कलस्सी 1:16-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्। उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। उहाँ शरीर, अर्थात् मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च होऊन्।
कलस्सी 1:16-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि उहाँमा नै सबै थोकहरू सृष्टि भएका थिए: स्वर्गमा र पृथ्वीमा भएका थोकहरू, देखिने र नदेखिने, सिंहासनहरू होस् वा शक्तिहरू वा शासकहरू वा अधिकारीहरू; सबै उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्। उहाँ सबै थोकभन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्। उहाँ मण्डलीका शिर हुनुहुन्छ, र मण्डलीचाहिँ उहाँको शरीर हो। हरेक थोकमा उहाँको सर्वश्रेष्ठता होस् भनेर उहाँ नै आदि हुनुहुन्छ; मरेकाहरूबाट जीवित हुनेहरूमा ज्येष्ठ हुनुहुन्छ।
कलस्सी 1:16-18 पवित्र बाइबल (NERV)
उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ। स्वर्ग र पृथ्वीमा भएका कुराहरू, दृश्य र अदृश्य कुराहरू, सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू, यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्। सबै चीजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो। अनि उहाँद्वारा प्रत्येक चीज एक साथ चालु रहन्छ। ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो। अनि उहाँ प्रभु हुनुहुन्छ, जो मृत्युबाट बौर्याइनुभएको थियो। यसैले सबै कुरामा येशू नै अति महत्वपूर्ण हुनु हुन्छ।
कलस्सी 1:16-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा उहाँद्वारा सृष्टि भयो। दृश्य र अदृश्य लगायत आत्माका शक्तिहरू, मालिकहरू, शासकहरू र अधिकारीहरू, यी सब ख्रीष्टद्वारा र ख्रीष्टकै निम्ति सृष्टि भयो। सबै कुराहरूभन्दा पहिले उहाँ नै हुनुहुन्थ्यो अनि सबै कुराहरू उहाँमा नै अडेर रहेका छन्। मण्डलीचाहिँ उहाँको शरीर हो र उहाँचाहिँ शिर हुनुहुन्छ। उहाँ नै शरीरको जीवनको मूल हुनुहुन्छ। सबै कुरामा पहिलो ठाउँ उहाँलाई नै मिलोस् भनेर मरेकाबाट फेरि कहिले नमर्ने गरी बिउँतनेमा पनि उहाँ जेठो हुनुहुन्छ।