YouVersion लोगो
खोज आइकन

आमोस 9:11-15

आमोस 9:11-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“त्‍यस दिन म दाऊदको ढलेको वासस्‍थानलाई पुनर्स्‍थापन गर्नेछु, र त्‍यसका प्‍वालहरू मरम्‍मत गर्नेछु। अनि भत्‍केको अवस्‍थाबाट त्‍यसलाई म खड़ा गर्नेछु र अघिजस्‍तै गरी म त्‍यसलाई निर्माण गर्नेछु, ताकि तिनीहरूले एदोमको बाँकी रहेका, र मेरो नाउँ भएका सबै जाति-जातिलाई अधिकार गरून्‌।” यसै नै गर्नुहुने परमप्रभु घोषणा गर्नुहुन्‍छ। “यस्‍ता दिन आउँदैछन्,” परमप्रभु भन्‍नुहुन्‍छ, “जब कटनी गर्नेलाई हलो जोत्‍नेले उछिन्‍नेछ, र बीउ छर्नेलाई दाख पेल्‍नेले उछिन्‍नेछ। पर्वतहरूबाट नयाँ दाखमद्य चुहुनेछ, र सबै डाँड़ाहरूबाट त्‍यो बग्‍नेछ। म मेरो निर्वासनमा गएका प्रजा इस्राएललाई फर्काएर ल्‍याउनेछु। ध्‍वंस भएका सहरहरूलाई तिनीहरूले फेरि निर्माण गरेर तिनमा वास गर्नेछन्‌। तिनीहरूले दाखबारीहरू लगाएर तिनका दाखमद्य पिउनेछन्‌। तिनीहरूले बगैँचाहरू बनाएर तिनका फलहरू खानेछन्‌। म इस्राएललाई तिनीहरूकै देशमा कहिल्‍यै नउखेलिने गरी बसाल्‍नेछु, जुन देश मैले तिनीहरूलाई दिएको छु,” परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
आमोस 9 पढ्नुहोस्

आमोस 9:11-15 पवित्र बाइबल (NERV)

“त्यसदिन म दाऊदको ढलेको पाललाई उठाउनेछु, म चर्केकाहरू र नष्ट भएका भवनहरू मर्मत गर्नेछु। म त्यसलाई पहिलेको जस्तै पुनः र्निर्माण गर्नेछु। ताकि एदोममा बाँकी रहेका मानिसहरू र राष्ट्रहरू जो मेरो नाउँले (यहोवा) कहलाइन्छन्, तिनीहरू लिनलाई परमप्रभु, जसले यी सब गर्ने घोषणा गर्नु हुन्छ।” परमप्रभु भन्नुहुन्छ, “त्यो समय आइरहेछ, जब प्रत्येक प्रकारको भोजन ज्यादाहुन्छ। अब मानिसहरूले आफ्नो फसल काटिसकेका हुँदैनन्, हलो जोत्ने समय आइहाल्छ, मानिसहरू अहिले दाखरस निकाल्नको लागि बसेका हुन्छन्, फेरि दाखको रोप्ने समय आइहाल्छ। पहाडबाट दाखरसको धारा बग्ने छ अनि त्यो पहाडबाट झर्नेछन्। मेरो मानिस इस्राएलीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु। तिनीहरूले त्यो नष्ट भएको शहर फेरि बनाउँनेछन् अनि तिनीहरू ती शहरमा बस्नेछन्। उनीहरूले दाख बारीहरू लाउनेछन् अनि तिनीहरूले उब्जाऊ गरेको दाखरस पिउनेछन्, उनीहरूले बगैंचाहरू रोप्नेछन् अनि त्यसबाट फलेको फलहरू खानेछन्। उनीहरूलाई उनीहरूकै जमिनमा बसाउँछु अनि उनीहरू फेरि त्यो देशबाट निकालिने छैनन्। जुन मैले उनीहरूलाई दिएँ।” परमप्रभु तिमीहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो।

शेयर गर्नुहोस्
आमोस 9 पढ्नुहोस्

आमोस 9:11-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो दिन आउँदै छ, जब भत्‍केर ध्‍वस्‍त भएको घरजस्‍तो दाऊदको राज्‍यलाई फेरि म खडा गर्नेछु। म त्‍यसका पर्खालहरू मर्मत गर्नेछु र फेरि ठड्याउनेछु। म त्‍यसलाई फेरि बनाएर अघि जस्‍तो अवस्‍था थियो, त्‍यस्‍तै पार्नेछु र इस्राएलका मानिसहरूले एदोम देशका बाँकी रहेकाहरूलाई र अघि एकपल्‍ट मेरा अधीनमा रहेका जातिहरू सबैलाई जित्‍नेछन्।” परमप्रभु यसरी भन्‍नुहुन्‍छ र त्‍यो गर्नु नै हुनेछ। परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिनहरू आउँदै छन्, जब अन्‍न बटुल्‍ने कामभन्दा त्‍यसको उब्‍जनी चाँडै हुनेछ र दाखमद्य बनाउने कामभन्दा दाख चाँडो उब्‍जनेछ। पर्वतहरूबाट मीठो दाखमद्य चुहुनेछ र डाँडामाथि बहनेछ। म मेरा प्रजालाई तिनीहरूका देशमा फर्काई ल्‍याउनेछु, तिनीहरूले आफ्‍ना भत्‍केका सहरहरू फेरि बनाउनेछन् र त्‍यहाँ बसोबास गर्नेछन्। तिनीहरूले दाखबारीमा दाख लाउनेछन् र दाखमद्य पिउनेछन्। तिनीहरूले बगैँचामा फलका रूखहरू लगाउनेछन् र तिनीहरूका फल खानेछन्। मैले तिनीहरूलाई दिएको देशमा म मेरा प्रजालाई बसाल्‍नेछु र तिनीहरूलाई कसैले फेरि उखेल्‍नेछैन।” यसरी परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
आमोस 9 पढ्नुहोस्