आमोस 9:11-12
आमोस 9:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“त्यस दिन म दाऊदको ढलेको वासस्थानलाई पुनर्स्थापन गर्नेछु, र त्यसका प्वालहरू मरम्मत गर्नेछु। अनि भत्केको अवस्थाबाट त्यसलाई म खड़ा गर्नेछु र अघिजस्तै गरी म त्यसलाई निर्माण गर्नेछु, ताकि तिनीहरूले एदोमको बाँकी रहेका, र मेरो नाउँ भएका सबै जाति-जातिलाई अधिकार गरून्।” यसै नै गर्नुहुने परमप्रभु घोषणा गर्नुहुन्छ।
आमोस 9:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“त्यस दिन, “म दावीदको भत्केको पाललाई फेरि स्थापित गर्नेछु, अर्थात् म यसका भत्केका पर्खालहरू मर्मत गर्नेछु; अनि यसका भग्नावशेषहरूलाई फेरि निर्माण गर्नेछु, अर्थात् योजस्तो पहिले थियो, त्यस्तै फेरि निर्माण गर्नेछु, ताकि तिनीहरूले एदोमका बाँकी बचेकाहरूलाई र मेरो नाम लिने सबै राष्ट्रहरूमाथि अधिकार गर्न सकून्,” याहवेह घोषणा गर्नुहुन्छ, जसले यी कुराहरू गर्न सक्नुहुन्छ।
आमोस 9:11-12 पवित्र बाइबल (NERV)
“त्यसदिन म दाऊदको ढलेको पाललाई उठाउनेछु, म चर्केकाहरू र नष्ट भएका भवनहरू मर्मत गर्नेछु। म त्यसलाई पहिलेको जस्तै पुनः र्निर्माण गर्नेछु। ताकि एदोममा बाँकी रहेका मानिसहरू र राष्ट्रहरू जो मेरो नाउँले (यहोवा) कहलाइन्छन्, तिनीहरू लिनलाई परमप्रभु, जसले यी सब गर्ने घोषणा गर्नु हुन्छ।”
आमोस 9:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, जब भत्केर ध्वस्त भएको घरजस्तो दाऊदको राज्यलाई फेरि म खडा गर्नेछु। म त्यसका पर्खालहरू मर्मत गर्नेछु र फेरि ठड्याउनेछु। म त्यसलाई फेरि बनाएर अघि जस्तो अवस्था थियो, त्यस्तै पार्नेछु र इस्राएलका मानिसहरूले एदोम देशका बाँकी रहेकाहरूलाई र अघि एकपल्ट मेरा अधीनमा रहेका जातिहरू सबैलाई जित्नेछन्।” परमप्रभु यसरी भन्नुहुन्छ र त्यो गर्नु नै हुनेछ।