प्रेरित 9:32-35
प्रेरित 9:32-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डमा भएका प्रभुका जनहरूकहाँ पनि आइपुगे। त्यहाँ पत्रुसले एनियास भन्ने मानिसलाई भेटे। तिनी कुँजो पार्ने रोगले गर्दा आठ वर्षसम्म ओछ्यानबाट उठ्न सकेका थिएनन्। पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ। उठेर आफ्नो ओछ्यान मिलाऊ।” एनियास तुरुन्तै उठे र हिँड्न सक्ने भए। तिनी यसरी निको भएको देखेर लुड्डा र शारोनमा बस्ने जति सबै मानिसहरूले प्रभुमाथि विश्वास गरे।
प्रेरित 9:32-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पत्रुस विभिन्न ठाउँहरूमा प्रचार गर्दै जाने क्रममा लिड्डामा बस्ने पवित्र जनहरूलाई भेट्न गए। तिनले त्यहाँ पक्षाघातले आठ वर्षदेखि ओछ्यानमा थला परेको एनियास नामको एक जना मानिसलाई भेटे। पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको तुल्याउनुहुन्छ। उठ र आफ्नो ओछ्यान मिलाऊ।” तब एनियास तुरुन्तै उठ्यो। त्यसपछि लिड्डा र शारोनमा बस्ने सबै जनाले त्यसलाई देखे, र प्रभुमा फर्के।
प्रेरित 9:32-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डामा भएका सन्तहरूकहाँ पनि आइपुगे। तिनले त्यहाँ एनियास नाउँको कोही एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षदेखि पक्षाघातको रोगले ओछ्यानमा पड़िरहेको थियो। पत्रुसले त्यसलाई भने, “ए एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ। उठ, र तिम्रो ओछ्यान मिलाऊ।” अनि त्यो तुरुन्तै उठिहाल्यो। लुड्डा र शारोनमा बस्ने जति सबै जनाले त्यसलाई देखेर प्रभुतिर फर्के।
प्रेरित 9:32-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पत्रुस विभिन्न ठाउँहरूमा प्रचार गर्दै जाने क्रममा लिड्डामा बस्ने पवित्र जनहरूलाई भेट्न गए। तिनले त्यहाँ पक्षाघातले आठ वर्षदेखि ओछ्यानमा थला परेको एनियास नामको एक जना मानिसलाई भेटे। पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको तुल्याउनुहुन्छ। उठ र आफ्नो ओछ्यान मिलाऊ।” तब एनियास तुरुन्तै उठ्यो। त्यसपछि लिड्डा र शारोनमा बस्ने सबै जनाले त्यसलाई देखे, र प्रभुमा फर्के।
प्रेरित 9:32-35 पवित्र बाइबल (NERV)
पत्रुसले यरूशलेम वरिपरि सम्पूर्ण शहरहरू यात्रा गरे। तिनले ती विश्वासीहरूलाई भेटे जो लिड्डामा बस्थे। लिड्डामा तिनको एकजना आठ वर्ष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससँग भेट भयो। एनियास आफ्नो विछ्यौनाबाट चल्न सक्तैन थियो पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नु हुन्छ, उठ अनि तिम्रो विछ्यौना मिलाऊ।” एनियास तत्काल जुरूक्का उठयो। लिड्डा अनि शारोमा सबै मानिसहरूले उसलाई देखे अनि प्रभु येशूमाथि विश्वास बढाए।