प्रेरित 9:15-16
प्रेरित 9:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर प्रभुले तिनलाई भन्नुभयो, “जाऊ, किनकि अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्, किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ, सो म तिनलाई देखाउनेछु।”
प्रेरित 9:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर प्रभुले हननियालाई भन्नुभयो, “तिमी जाऊ! किनकि इस्राएलका बासिन्दाहरू, गैरयहूदीहरू र तिनीहरूका राजाहरूमा मेरो नाम घोषणा गर्न मैले यस मानिसलाई रोजेको छु। मेरो नामका निम्ति उसले कतिसम्म दुःख भोग्नुपर्छ म उसलाई देखाउनेछु।”
प्रेरित 9:15-16 पवित्र बाइबल (NERV)
तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु। म उसलाई सबै कुरा देखाउनेछु जसले गर्दा मेरो नाउँको लागी उसले कष्ट भोग्नु पर्छ।”
प्रेरित 9:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रभुले भन्नुभयो, “तँ जानुपर्छ किनभने अरू जातिका मानिस र तिनीहरूका राजाहरू र इस्राएलीहरूका बीचमा मेरो नाउँ प्रचार गर्न मैले त्यसलाई नै चुनेको छु। त्यसले मेरो लागि कतिको दु:ख सहनुपर्नेछ, त्यो म त्यसलाई देखाउनेछु।”