YouVersion लोगो
खोज आइकन

प्रेरित 8:32-35

प्रेरित 8:32-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

ती नपुंसक पवित्रशास्त्रको यो अंश पढिरहेका थिए: “उहाँलाई मारिन लगिएको थुमाझैँ लगियो, जसरी थुमा ऊन कत्रनेको सामु चुप लागेर बस्छ, त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन। उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो। उहाँका पुस्ताको कसले वर्णन गर्न सक्छ? किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।” नपुंसकले फिलिपलाई सोधे, “कृपया मलाई भन्‍नुहोस्, अगमवक्ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?” त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:32-35 पवित्र बाइबल (NERV)

उसले पढ्दै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः “जसरी भेंडा़ काटिन लगिन्छ, भेंडा़को पाठा कत्रनेको सामु चुपचाप उभिन्छ, त्यसरी नै उनी रहे। त्यसरी नै उहाँ उभिई रहनु भयो। उहाँको उपहाँस गरियो अनि उहाँका अधिकारहरू खोसियो। पृथ्वीमा उहाँको जीवन समाप्त भयो। अनि उहाँको पुस्ताको बिषयमा भन्न को सामर्थ हुनेछ।” त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?” फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरू गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:32-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ती नपुंसकले पढिरहेको धर्मशास्‍त्रको भाग यो थियो– उहाँ काट्‍न लगिने भेडाजस्‍तो हुनुहुन्‍थ्‍यो, ऊन काटिंदा चुप रहने भेडाजस्‍तै उहाँले आफ्‍नो मुखबाट कुनै शब्‍द निकाल्‍नुभएन। उहाँ यति होच्‍याइनुभयो कि उहाँले ठीक न्‍यायसम्‍म पनि पाउनुभएन अनि उहाँ पृथ्‍वीबाट लगिनुभयो र उहाँको सन्‍तानको बयान अब कसले गर्ला? यी नपुंसकले फिलिपलाई सोधे, “दया गरी मलाई बताउनुहोस्, यो कुरा अगमवक्ताले कसको बारेमा भन्‍नुभएको हो? आफ्‍नै या अरू कसैको बारेमा?” अनि फिलिपले उनलाई धर्मशास्‍त्रको त्‍यही भागदेखि लिएर येशूबाट मुक्ति पाइन्‍छ भन्‍ने सुसमाचार सुनाए।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्