प्रेरित 8:1-4
प्रेरित 8:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनको हत्यामा शाऊल पनि सहमत थिए। त्यसै दिन यरूशलेममा भएका मण्डलीको विरुद्धमा ठूलो सतावट सुरु भयो, र प्रेरितहरूबाहेक तिनीहरू सबै यहूदिया र सामरियाका इलाकातिर छरपष्ट भए। भक्तजनहरूले स्तिफनसलाई लगेर गाड़े, र तिनको निम्ति ठूलो विलाप गरे। तर शाऊलले चाहिँ घर-घरमा पसेर मण्डलीलाई संहार गरिरहेका थिए। तिनले पुरुष र स्त्रीहरूलाई घिस्स्याउँदै लगी झ्यालखानमा हालिदिन्थे। तब ती छरपष्ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे।
प्रेरित 8:1-4 नेपाली समकालीन संस्करण (NCV)
त्यस हत्यामा शाऊलको पनि सहमति थियो। त्यसै दिन यरूशलेमका मण्डलीहरूका विरुद्ध ठूलो सतावट र दमन सुरु भयो; यसले गर्दा प्रेरितहरूबाहेक सबै दाजुभाइ-दिदीबहिनीहरू यहूदिया र सामरियाको इलाकामा तितरबितर भए। परमेश्वरका जनहरूले स्तिफनसलाई चिहानमा गाडे र उनको मृत्युमा गहिरो शोक मनाए। तर शाऊलले भने मण्डलीलाई नष्ट गरिरहेका थिए; तिनले पुरुषहरू र महिलाहरूलाई घर-घरबाट बाहिर घिस्याउँदै ल्याएर तिनीहरूलाई झ्यालखानामा हाल्दथे। ती तितरबितर भएर छरिएकाहरू जहाँ-जहाँ पुगे, तिनीहरूले वचन प्रचार गर्दैगए।
प्रेरित 8:1-4 पवित्र बाइबल (NERV)
शावलले स्तिफनसलाई मार्न आफ्नो सहमती दिए। केही भक्त-जनहरूले स्तिफनसलाई गाडे। तिनीहरूले उनको निम्ति शोक गरे। त्यही दिनदेखि यहूदीहरूले यरूशलेममा विश्वासीहरूलाई खुबै यातना दिन थाले। शावलले पनि मण्डली ध्वंश गर्ने प्रयास गरिरहेका थिए। ऊ तिनीहरूको घरमा गए। उसले पुरूष र स्त्रीहरूलाई समाते, तान्दै बाहिर निकाले अनि जेलमा थुने। सम्पूर्ण विश्वासीहरूले यरूशलेम छोडेर गए। त्यहाँ प्रेरितहरू मात्र बसे। विश्वासीहरू यहूदिया र सामरिया भरि फैलिएका थिए। विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए।
प्रेरित 8:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यही दिनदेखि यरूशलेमको मण्डलीलाई ठूलो दु:ख र सतावट हुन लाग्यो। प्रेरितहरूबाहेक प्रभु येशूका अरू चेलाहरू सबै भागेर यहूदिया र सामरिया क्षेत्रहरूमा गएर यताउता छरिए। प्रभुका केही भक्तजनहरूले स्तिफनसलाई मारेकोमा धेरै विलाप गर्दै उनको लाश लगेर चिहानमा राखे। शाऊलले चाहिँ मण्डलीलाई नाश गर्ने कोसिस गर्दै थिए। तिनले घरघरै पसेर प्रभुमा विश्वास गर्ने पुरुष र स्त्री सबैलाई घिसार्दै लगेर झ्यालखानमा हालिदिन्थे। छरिएका प्रभुका विश्वासीहरू जताततै गएर प्रभुको वचन सुनाउन लागे।