प्रेरित 4:29-30
प्रेरित 4:29-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्न दिनुहोस्, र निको पार्नलाई तपाईंले आफ्नो बाहुली फैलाउनुहुँदा, आफ्ना पवित्र सेवक येशूको नाउँद्वारा चिन्ह र आश्चर्य कामहरू होऊन्।”
प्रेरित 4:29-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस्, र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्ने तुल्याउनुहोस्। तपाईंको पवित्र सेवक येशूको नामद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन अनि अलौकिक चिन्हहरू देखाउन र अद्भुत कार्यहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।”
प्रेरित 4:29-30 पवित्र बाइबल (NERV)
अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससँग भनिएको चाहनु हुन्छ। प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।”
प्रेरित 4:29-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब हे प्रभु, तिनीहरूले दिएको धम्कीतिर ध्यान दिनुहोस्। तपाईंको सन्देश साहससँग प्रचार गर्न आफ्ना सेवकहरूलाई शक्ति दिनुहोस्। आफ्ना सेवकहरूलाई तपाईंको पवित्र सेवक येशूको नाउँमा बिरामीहरू निको पार्ने अनि अचम्मका कामहरू गर्दै चिन्हहरू देखाउने शक्ति दिनुहोस्।”