प्रेरित 4:13-31
प्रेरित 4:13-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिनीहरूले पत्रुस र यूहन्नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए। तर पूर्ण निको भएको व्यक्ति तिनीहरू नजिकै उभिरहेको देखिसकेपछि तिनीहरूले केही भन्न सकेनन्। त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई महासभाबाट बाहिर जाने आदेश दिए। उनीहरू बाहिर गएपछि तिनीहरूले आपसमा यसो भन्दै सरसल्लाह गर्न थाले। “यी मानिसहरूसँग हामीले कस्तो व्यवहार गरौँ?” तिनीहरूले सोध्न थाले। “तिनीहरूले गरेका अलौकिक चिन्हहरूको बारेमा यरूशलेममा बस्ने हरेक व्यक्तिले थाहा पाएका छन्, र हामी पनि यो कुरा इन्कार गर्न सक्दैनौँ। तर यो कुरा अरू बढी मानिसहरूमा प्रचार हुनबाट रोक्नका निम्ति येशूको नाममा अब उप्रान्त कसैसँग नबोल्नू भनेर यिनीहरूलाई हामीले चेतावनी दिनैपर्छ।” त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र बोलाए; अनि येशूको नाममा केही पनि प्रचार नगर्नू र नसिकाउनू भनी आदेश दिए। तर पत्रुस र यूहन्नाले जवाफ दिए, “परमेश्वरको कुरा नसुनेर तपाईंहरूको कुरा सुन्नु परमेश्वरका दृष्टिमा कुनचाहिँ उचित हुनेछ? आफैँ न्याय गर्नुहोस्! किनकि जे कुरा हामीले देख्यौँ र सुन्यौँ, त्यो वचन नबोली हामी बस्न पटक्कै सक्दैनौँ।” यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी सजाय दिने भनेर यस कुराको निर्णय तिनीहरूले गर्न सकेनन्। किनकि त्यहाँ जे घटना भएको थियो, त्यसका निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए। किनकि आश्चर्य प्रकारले निको पारिएको त्यो मानिसको उमेर चालीस वर्षभन्दा बढी थियो। उनीहरू छोडिएपछि पत्रुस र यूहन्ना आफ्ना मानिसहरूकहाँ फर्केर गए। मुख्य पुजारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए। तिनीहरूले ती कुरा सुनिसकेपछि सबैले एकैसाथ उच्च सोरमा परमेश्वरसँग प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हे हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्टि गर्नुभयो। तपाईंको सेवक हाम्रा पुर्खा दावीदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: “ ‘किन मानिसहरू क्रोधित हुन्छन्, र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्? प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्; र शासकहरू एकजुट भएर भेला भएका छन्।’ तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो सहरमा भेटघाट गरेका थिए। तिनीहरूले त्यही गरे, जुन तपाईंको शक्ति र इच्छाले यही गर्ने भनेर पहिलेबाट नै निर्णय गरिइएको थियो। अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस्, र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्ने तुल्याउनुहोस्। तपाईंको पवित्र सेवक येशूको नामद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन अनि अलौकिक चिन्हहरू देखाउन र अद्भुत कार्यहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।” तिनीहरूका प्रार्थनापछि तिनीहरू बसिरहेको ठाउँ हल्लियो। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिएर परमेश्वरको वचन साहससाथ बोल्न थाले।
प्रेरित 4:13-31 पवित्र बाइबल (NERV)
यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसँगै रहन्थे भनेर थाहा पाए। तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्। यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे। तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ। तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।” यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे। तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफैं निर्णय गर। हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।” यहूदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन् किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए। यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी चालीस वर्षभन्दा ज्यादा उमेर पुगेका थिए यसैकारणले यहूदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए। पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हूललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए। जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो। हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः ‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन्? यी सबै आशाहिन छन्। ‘पृथ्वीका राजाहरू र शासकहरू, परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँईँ लड्न एक ठाँउमा भेला भए।’ यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ। यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए। अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससँग भनिएको चाहनु हुन्छ। प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।” विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।
प्रेरित 4:13-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्क परे, र यिनीहरू येशूको साथमा रहन्थे भन्ने तिनीहरूले थाहा पाए। तर निको भएको मानिसलाई यिनीहरूसँग उभिरहेको देखेर तिनीहरूले केही बोल्न सकेनन्। यसैले यिनीहरूलाई महासभाबाट बाहिर जाने आज्ञा दिएर तिनीहरूले यसो भनी आपसमा मतो गरे, “यी मानिसहरूलाई अब हामीले के गर्ने हो? किनभने साँच्ची नै यिनीहरूबाट एउटा अचम्मको काम भएको छ भन्ने यरूशलेमका बासिन्दा जम्मैलाई प्रकट भइसकेको छ, र हामी यो इन्कार गर्न सक्दैनौं। तर यो कुरो जनतामा नफैलिओस् भनी ‘फेरि यस नाउँमा कुनै मानिससँग तिमीहरू केही नबोल्नू’ भनी हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ।” अनि यिनीहरूलाई बोलाएर “अब उप्रान्त येशूको नाउँमा नबोल्नू र कुनै शिक्षा नदिनू” भनी तिनीहरूले आज्ञा दिए। तर पत्रुस र यूहन्नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्वरको कुरा सुन्नुभन्दा तपाईंहरूको कुरा सुन्नु परमेश्वरको दृष्टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस्। किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्दैसक्दैनौं।” तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्यसको निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए। किनकि जुन मानिस आश्चर्य कामद्वारा निको पारिएको थियो, त्यसको उमेर चालीस वर्षभन्दा बढ़ी थियो। छुटकारा पाएर तिनीहरू आफ्ना साथीहरूकहाँ आए, र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए। जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्ना सोर उचाली भने, “हे प्रभु, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभयो, जसले पवित्र आत्माद्वारा आफ्ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्नुभयो, ‘अन्यजातिहरू किन झोकिए, र मानिसहरूले व्यर्थका कुराहरू किन कल्पना गरे? परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा भए, र शासकहरू एकसाथ भेला भए।’ किनभने साँच्चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्तियस पिलातस दुवै जना, अन्यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए। त्यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो। अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्न दिनुहोस्, र निको पार्नलाई तपाईंले आफ्नो बाहुली फैलाउनुहुँदा, आफ्ना पवित्र सेवक येशूको नाउँद्वारा चिन्ह र आश्चर्य कामहरू होऊन्।” तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र तिनीहरूले साहससित परमेश्वरको वचन बोले।
प्रेरित 4:13-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिनीहरूले पत्रुस र यूहन्नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए। तर पूर्ण निको भएको व्यक्ति तिनीहरू नजिकै उभिरहेको देखिसकेपछि तिनीहरूले केही भन्न सकेनन्। त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई महासभाबाट बाहिर जाने आदेश दिए। उनीहरू बाहिर गएपछि तिनीहरूले आपसमा यसो भन्दै सरसल्लाह गर्न थाले। “यी मानिसहरूसँग हामीले कस्तो व्यवहार गरौँ?” तिनीहरूले सोध्न थाले। “तिनीहरूले गरेका अलौकिक चिन्हहरूको बारेमा यरूशलेममा बस्ने हरेक व्यक्तिले थाहा पाएका छन्, र हामी पनि यो कुरा इन्कार गर्न सक्दैनौँ। तर यो कुरा अरू बढी मानिसहरूमा प्रचार हुनबाट रोक्नका निम्ति येशूको नाममा अब उप्रान्त कसैसँग नबोल्नू भनेर यिनीहरूलाई हामीले चेतावनी दिनैपर्छ।” त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र बोलाए; अनि येशूको नाममा केही पनि प्रचार नगर्नू र नसिकाउनू भनी आदेश दिए। तर पत्रुस र यूहन्नाले जवाफ दिए, “परमेश्वरको कुरा नसुनेर तपाईंहरूको कुरा सुन्नु परमेश्वरका दृष्टिमा कुनचाहिँ उचित हुनेछ? आफैँ न्याय गर्नुहोस्! किनकि जे कुरा हामीले देख्यौँ र सुन्यौँ, त्यो वचन नबोली हामी बस्न पटक्कै सक्दैनौँ।” यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी सजाय दिने भनेर यस कुराको निर्णय तिनीहरूले गर्न सकेनन्। किनकि त्यहाँ जे घटना भएको थियो, त्यसका निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए। किनकि आश्चर्य प्रकारले निको पारिएको त्यो मानिसको उमेर चालीस वर्षभन्दा बढी थियो। उनीहरू छोडिएपछि पत्रुस र यूहन्ना आफ्ना मानिसहरूकहाँ फर्केर गए। मुख्य पुजारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए। तिनीहरूले ती कुरा सुनिसकेपछि सबैले एकैसाथ उच्च सोरमा परमेश्वरसँग प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हे हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्टि गर्नुभयो। तपाईंको सेवक हाम्रा पुर्खा दावीदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: “ ‘किन मानिसहरू क्रोधित हुन्छन्, र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्? प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्; र शासकहरू एकजुट भएर भेला भएका छन्।’ तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो सहरमा भेटघाट गरेका थिए। तिनीहरूले त्यही गरे, जुन तपाईंको शक्ति र इच्छाले यही गर्ने भनेर पहिलेबाट नै निर्णय गरिइएको थियो। अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस्, र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्ने तुल्याउनुहोस्। तपाईंको पवित्र सेवक येशूको नामद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन अनि अलौकिक चिन्हहरू देखाउन र अद्भुत कार्यहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।” तिनीहरूका प्रार्थनापछि तिनीहरू बसिरहेको ठाउँ हल्लियो। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिएर परमेश्वरको वचन साहससाथ बोल्न थाले।
प्रेरित 4:13-31 पवित्र बाइबल (NERV)
यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसँगै रहन्थे भनेर थाहा पाए। तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्। यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे। तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ। तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।” यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे। तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफैं निर्णय गर। हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।” यहूदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन् किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए। यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी चालीस वर्षभन्दा ज्यादा उमेर पुगेका थिए यसैकारणले यहूदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए। पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हूललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए। जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो। हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः ‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन्? यी सबै आशाहिन छन्। ‘पृथ्वीका राजाहरू र शासकहरू, परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँईँ लड्न एक ठाँउमा भेला भए।’ यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ। यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए। अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससँग भनिएको चाहनु हुन्छ। प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।” विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।
प्रेरित 4:13-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पत्रुस र यूहन्ना धेरै नपढेका साधारण मानिस थिए। तैपनि उनीहरूले ठूलो साहससँग बोले। यो देखेर सभाका मानिसहरू सबै छक्क परे। पत्रुस र यूहन्ना पनि येशूसँगै रहन्थे भन्ने कुरा तिनीहरूले थाहा पाए। तर त्यो निको भएको लङ्गडोलाई पत्रुस र यूहन्नासँगै उभिरहेको देखेर तिनीहरूले उनीहरूलाई केही भन्न सकेनन्। त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई सभाबाट बाहिर जाने आज्ञा गरे अनि तिनीहरूले चाहिँ मिलेर यसरी छलफल गर्न लागे, “अब यी मानिसहरूलाई हामीहरू के गरौं? यरूशलेमका सबै मानिसले तिनीहरूले गरेको यो अचम्मको काम थाहा पाएका छन्। अब यस कुरालाई हामीले होइन भन्न सक्दैनौं। तैपनि यो कुरा अरू मानिसहरूको बीचमा फैलिन दिनुहुँदैन। त्यसकारण उनीहरूलाई ‘येशूको बारेमा अबदेखि कुनै कुरा पनि कसैसँग नगर्नू’ भनेर कडा आज्ञा दिऔं।” त्यसपछि तिनीहरूले पत्रुस र यूहन्नालाई भित्र बोलाएर ‘अबदेखि येशूको बारेमा कसैसँग कहिल्यै पनि कुरा नगर्नू अनि नसिकाउनू’ भनेर कडा आज्ञा दिए। तर पत्रुस र यूहन्नाले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूले भनेको कुरा मान्नु कि परमेश्वरले नै भन्नुभएको कुरा मान्नु, परमेश्वरको अघि कुनचाहिँ ठीक छ? तपाईंहरू आफैं विचार गर्नुहोस्। हामी त आफैंले सुनेका र देखेका कुरा नभनी चुप लागेर बस्न सक्दैनौं।” यो सुनेर सभाका मानिसहरूले उनीहरूलाई फेरि धम्की दिएर छोडिदिए। तिनीहरूले पत्रुस र यूहन्नालाई सजाय दिने उपाय पाएनन् किनभने उनीहरूले गरेका अचम्मको काम देखेका हुनाले सबै मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै थिए। यसरी अचम्म प्रकारले निको भएको मानिसचाहिँ चालीस वर्षभन्दा पनि बढी उमेरको थियो। त्यहाँबाट छुट्नासाथ पत्रुस र यूहन्ना आफ्ना साथीहरूकहाँ फर्के। उनीहरूले मुख्य पूजाहारी र अरू अगुवाहरूले भनेका कुरा आफ्ना साथीहरूलाई सुनाए। यस्तो कुरा सुनेपछि तिनीहरू सबै मिलेर परमेश्वरसँग यसरी प्रार्थना गर्न लागे, “हे सर्वशक्तिमान् प्रभु परमेश्वर, आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो। तपाईंको पवित्र आत्माद्वारा तपाईंले हाम्रा पुर्खा दाऊदको मुखबाट यसरी बोल्नुभयो– अरू जातिहरू किन रिसाउँछन्? मानिसहरू व्यर्थैमा किन जाल रच्तछन्? परमेश्वर र उहाँले खटाउनुभएको मुक्ति दिनुहुने ख्रीष्टको विरोधमा पृथ्वीका राजा र शासकहरूसमेत भेला भएका छन्। यस्तै कुरा हिजो-आज भइरहेछन्। तपाईंको पवित्र सेवक येशूलाई खटाएर तपाईंले मुक्तिदाता बनाउनुभयो। उहाँको विरोधमा जाल रच्ने हेरोद र पन्तियस पिलातस अनि इस्राएलका र अरू जातिका मानिसहरूसमेत यही सहरमा भेला भएका थिए। तर तिनीहरूले तपाईंको शक्ति र इच्छाद्वारा तपाईंले अघिबाटै विचार गर्नुभएअनुसार मात्रै काम गरे। अब हे प्रभु, तिनीहरूले दिएको धम्कीतिर ध्यान दिनुहोस्। तपाईंको सन्देश साहससँग प्रचार गर्न आफ्ना सेवकहरूलाई शक्ति दिनुहोस्। आफ्ना सेवकहरूलाई तपाईंको पवित्र सेवक येशूको नाउँमा बिरामीहरू निको पार्ने अनि अचम्मका कामहरू गर्दै चिन्हहरू देखाउने शक्ति दिनुहोस्।” यसरी प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो। तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्वरको वचन नडराइ सुनाउन थाले।