प्रेरित 26:1-32
प्रेरित 26:1-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अग्रिपासले पावललाई भने, “तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ।” तब आफ्नो हात पसारेर पावलले आफ्नो बचाउमा बोल्न लागे: “हे राजा अग्रिपास, यहूदीहरूले मलाई लगाएका सबै दोषको विषयमा आज हजूरको सामुन्ने मैले आफ्नो बचाउमा बोल्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्छु। यहूदीहरूका सबै प्रथा र वाद-विवादका कुरामा हजूर विशेष रूपले परिचित हुनुभएको हुनाले, मेरो बयान धैर्यपूर्वक सुनिदिनुहोस् भनी म बिन्ती गर्दछु। “मेरो जातिको बीचमा र यरूशलेममा सुरुदेखि बिताएको मेरो युवावस्थादेखिको मेरो जीवन शैली यहूदीहरूलाई थाहा छ। लामो समयदेखि तिनीहरूलाई थाहा भएकै कुरा हो, कि हाम्रो धर्मको सबैभन्दा कट्टर पन्थी दलअन्तर्गत मैले एक फरिसी भएर मेरो जीवन यापन गरेको छु। तिनीहरूले चाहे भने यस कुराको गवाही दिन सक्नेछन्। परमेश्वरले हाम्रा पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञामा मैले आशा राखेको कारणले आज म यस मुद्दामा खड़ा भएको छु। हाम्रा बाह्रै कुलहरूले यो आशा प्राप्त गर्नलाई रातदिन एक चित्तले आराधना गर्दछन्, र यही आशाको निम्ति, हे राजा, यहूदीहरूले मलाई दोष लगाएका छन्। परमेश्वरले मृतकहरूलाई जीवित पार्नुहुन्छ भन्ने कुरा किन तपाईंहरू कसैलाई पत्यार नलागेको? “नासरतका येशूका नाउँको विरुद्धमा धेरै कारबाई गर्नुपर्छ भन्ने म आफैलाई पनि विश्वास थियो। मैले यरूशलेममा त्यसै गरें, र मुख्य पूजाहारीहरूबाट अख्तियार पाएर धेरै सन्तहरूलाई मैले झ्यालखानमा हालेको मात्र होइन, तर तिनीहरूलाई मार्दा तिनीहरूकै विरुद्धमा मैले मेरो मत पनि दिएँ। अनि सबै सभाघरहरूमा तिनीहरूलाई बारम्बार सजाय दिईकन तिनीहरूलाई विश्वास त्याग गराउने चेष्टा गर्थे। तिनीहरूका विरुद्धमा क्रोधले उन्मत्त भईकन बाहिरका सहरहरूमा पनि मैले तिनीहरूलाई सताएँ। “यसरी मुख्य पूजाहारीहरूबाट अख्तियार र आज्ञा पत्र पाएर म दमस्कसतिर गएँ। हे राजा, मध्यदिनमा मैले स्वर्गबाट सूर्यभन्दा पनि उज्ज्वल ज्योति देखें, जो म र मसँग यात्रा गर्नेहरूका चारैतिर चम्किरहेको थियो। जब हामी सबै जमिनमा लोटेका थियौं, तब हिब्रू भाषामा मलाई यसो भनिरहेको आवाज मैले सुनें, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँदछौ? सुइरोमा लात हान्दा तिमीलाई नै दुख्छ।” “अनि मैले भनें, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ प्रभुले मलाई भन्नुभयो, ‘म येशू हुँ, जसलाई तिमी सताइरहेछौ। तर उठ र आफ्ना पाउमा खड़ा होऊ, किनभने ममा तिमीले देखेका र मैले तिमीलाई देखाउने कुराका निम्ति सेवक र साक्षी नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेको छु। म तिमीलाई तिम्रा आफ्नै जाति र अन्यजातिबाट छुटकारा दिनेछु, जसकहाँ म तिमीलाई पठाउनेछु, कि तिमीले तिनीहरूका आँखा खोलिदेऊ, र तिनीहरू अन्धकारबाट ज्योतितर्फ, र शैतानको शक्तिबाट परमेश्वरतर्फ फर्कून्। यसरी तिनीहरूले पापको क्षमा पाउनेछन् र ममाथिको विश्वासद्वारा पवित्र भएकाहरूको स्थान तिनीहरूले पनि पाउनेछन्।’ “यसकारण, हे राजा अग्रिपास, स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ। तर पहिले दमस्कसमा, तब यरूशलेममा र सारा यहूदिया देशभरि रहनेहरूलाई, र अन्यजातिहरूलाई पनि पश्चात्ताप गरेर परमेश्वरतिर फर्क र आफ्ना पश्चात्ताप योग्यका काम गर भनेर मैले प्रचार गरें। यसैकारण यहूदीहरूले मलाई मन्दिरमा पक्रेर मार्ने चेष्टा गरे। आजको दिनसम्म परमेश्वरबाट मैले सहायता पाएको छु। यसैले साना ठूला दुवैलाई गवाही दिँदै म यहाँ खड़ा भएको छु। अगमवक्ताहरूले र मोशाले बोलेका वचन अवश्य पूरा हुनेछन् भन्ने कुराबाहेक मैले अरू केही भनेको छैनँ— उनीहरूले भनेका थिए कि ख्रीष्टले दुःख भोग्नैपर्छ, र मृतकबाट जीवित हुनुभएको पहिलो भएर उहाँले आफ्ना जाति र अन्यजातिहरूलाई ज्योतिको घोषणा गर्नुहुनेछ।” तिनले आफ्नो बचाउका यी कुराहरू बोलिरहेकैमा फेस्तसले ठूलो स्वरमा भने, “ए पावल, तँ बौलाहा होस्, तेरो धेरै विद्याले तँलाई बौलाहा तुल्याएको छ।” तर पावलले भने, “अति आदरणीय फेस्तस, म बौलाहा होइनँ, तर सत्य र सुबुद्धिका कुराहरू बोल्दछु। किनकि राजा स्वयम्ले यी कुराका विषयमा जान्नुहुन्छ, जसको सामुन्ने म निर्धक्कसँग बोल्दैछु। किनकि यी कुनै कुरा उहाँबाट छिपेको छैन, किनकि यो कुरा गुपचूपमा गरिएको होइन। राजा अग्रिपास, के हजूरले अगमवक्ताहरूमाथि विश्वास गर्नुहुन्छ? म जान्दछु, हजूरले विश्वास गर्नुहुन्छ।” अग्रिपासले पावललाई भने, “के थोरै समयमा तिमी मलाई ख्रीष्टियान बनाउन चाहन्छौ?” पावलले जवाफ दिए, “थोरै समयमा होस् कि धेरैमा यी साङ्लाहरू छोड़ेर, हजूर मात्र होइन तर आज मेरो कुरा सुन्ने जति सबै मजस्तै होऊन् भनी म परमेश्वरमा प्रार्थना गर्छु।” तब राजा, हाकिम, बरनिकी र त्यहाँ बस्नेहरू जति सबै उठे। तब तिनीहरू निस्केपछि आपसमा यसो भन्दै कुरा गरे, “यस मानिसले प्राणदण्ड पाउने अथवा कैद जाने माफिकको केही काम गरेको छैन।” अग्रिपासले फेस्तसलाई भने, “यसले कैसरकहाँ अपिल नगरेको भए त यस मानिसलाई छोडिदिए पनि हुनेथियो।”

प्रेरित 26:1-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि अग्रिपाले पावललाई भने, “तिमीलाई आफ्नो बचाउमा बोल्ने अनुमति छ।” तब पावलले हात पसारेर आफ्नो बचाउमा बोले: “हे राजा अग्रिपा, म आफूलाई धन्यको ठान्छु, आज म यहाँ यहूदीहरूले लगाएका सम्पूर्ण अभियोगहरूको विरुद्ध मेरो बचाउ पेश गर्न हजुरको सामु उभिएको छु। यसै पनि विशेष गरेर यहूदीहरूका सम्पूर्ण रीतिथितिहरू र विवादहरूको बारेमा तपाईं पूर्ण परिचित हुनुहुन्छ। त्यसकारण मेरा कुराहरू ध्यानपूर्वक सुनिदिनुहुन म तपाईंलाई नम्र निवेदन गर्दछु। “मेरो बाल्यावस्थादेखि आजसम्म मेरो आफ्नै देशमा र यरूशलेममा पनि मैले कसरी जीवन बिताएँ, यी सम्पूर्ण कुराहरू यहूदीहरू जान्दछन्। तिनीहरूले मलाई लामो समयदेखि चिन्दछन् र तिनीहरूले चाहेमा हाम्रो धर्मको अति नै कडा पन्थ फरिसीको जीवन कसरी मैले जिएँ, त्यसको साक्षी तिनीहरूले नै दिन सक्छन्। परमेश्वरले हाम्रा पुर्खाहरूलाई जे प्रतिज्ञा गर्नुभएको छ, त्यसैमा मेरो आशा भएको कारणले म आज यस मुद्दामा परेको छु। यो नै त्यो प्रतिज्ञा हो, जसलाई हाम्रा बाह्रै कुलहरूले पूर्ण भएको देख्ने आशा गर्दै तिनीहरूले इमानदारीसँग दिनरात परमेश्वरको सेवा गरिरहेका छन्। हे राजा अग्रिपा, यसै आशाका कारण आज यहूदीहरू ममाथि आरोपहरू लगाउँदैछन्। मरेकाहरूलाई परमेश्वरले जीवित पार्नुहुन्छ भन्ने कुरामा किन तपाईंहरू कति पनि विश्वास गर्न सक्नुहुन्न? “मेरो पनि दृढ धारणा थियो कि सम्भव भएसम्म नासरतका येशूको नामको विरोध गर्नुपर्छ। अनि मैले ठिक यही नै यरूशलेममा गरेँ। मुख्य पुजारीहरूको अधिकार लिएर धेरै पवित्र जनहरूलाई मैले झ्यालखानामा हालेँ। जब तिनीहरूलाई मारियो, तिनीहरू विरुद्ध मैले पनि सहमति जनाएको थिएँ। तिनीहरूलाई सजाय दिन म धेरै पटक एउटा सभाघरबाट अर्को सभाघर गएँ, र मैले परमेश्वरको निन्दा गर्न तिनीहरूलाई बाध्य गराएँ। तिनीहरूलाई सताउन मेरो क्रोध यस्तो थियो कि, सीमा पारिका सहरहरूमा समेत गएर तिनीहरूका खेदो गरेँ। “यस्तै किसिमको एक यात्रामा म मुख्य पुजारीहरूको अधिकार र आज्ञा लिएर दमस्कस जाँदैथिएँ। हे राजा, अपरान्हको समयमा, म बाटोमा जाँदै गर्दा स्वर्गबाट आएको एउटा तेज मैले देखेँ। त्यो तेज सूर्यभन्दा बढी चहकिलो थियो, र यो मेरो र मसँग यात्रा गर्ने सङ्गीहरूको चारैतिर चम्किरहेको थियो। हामी सबै भुइँमा पछारियौँ; तब हिब्रू भाषामा एउटा आवाजले मलाई यसो भनिरहेको सुनेँ, ‘शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात्तीले हान्दा तिमीलाई नै कठिन हुन्छ।’ “त्यसपछि मैले प्रश्न गरेँ, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ “ ‘प्रभुले जवाफ दिनुभयो, म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ। अब तिमी उठ र आफ्ना पाउमा उभ। मेरा बारेमा तिमीले जे-जे देख्यौ, र म तिमीलाई जे-जे देखाउनेछु, ती सबैको साक्षी बन्ने र मेरो सेवकको रूपमा तिमीलाई नियुक्त गर्ने उद्देश्यले म तिम्रो सामु देखा परेको हुँ। म तिमीलाई तिम्रा आफ्नै जाति र गैरयहूदीबाट छुटकारा दिलाउनेछु। म तिमीलाई तिनीहरूकहाँ पठाउँदैछु, ताकि तिनीहरूका आँखा खोलिऊन् र तिनीहरू अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिबाट परमेश्वरमा फर्कून्। यसरी तिनीहरूले पापहरूबाट क्षमा पाऊन् र ममाथि विश्वास गरेका पवित्र जनहरूको बीचमा ठाउँ पाउन सकून्।’ “त्यसैले हे राजा अग्रिपा, त्यो स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ। सबैभन्दा पहिले दमस्कसमा हुनेहरूलाई, त्यसपछि यरूशलेम र यहूदियामा भएकाहरूलाई, र गैरयहूदीहरूलाई समेत तिनीहरूले पश्चात्ताप गर्नुपर्दछ, परमेश्वरकहाँ फर्कनुपर्दछ र आफ्ना कामहरूद्वारा तिनीहरूका पश्चात्तापलाई प्रमाणित गर्नुपर्दछ भनेर मैले प्रचार गरेँ। त्यसकारण केही यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मार्ने प्रयास गरे। तर परमेश्वरले आजका दिनसम्म मलाई सहायता गर्नुभएको छ; त्यसकारण आज म यहाँ उभिएको छु; र साना र ठूला सबैको सामु साक्षी दिँदैछु। अगमवक्ताहरू र मोशाले हुन आउने कुराहरूका बारेमा जे भनेका थिए, त्योभन्दा बढ्ता मैले कुनै कुरा पनि भनेको छैनँ। अर्थात् ख्रीष्टले ठूलो कष्ट सहनुपर्नेछ, र मरेकाहरूबाट जीवित हुने उहाँ नै पहिलो हुनुहुनेछ; आफ्ना जनहरू र गैरयहूदीहरूलाई ज्योतिको सन्देश ल्याउनुहुनेछ।” यति सुन्नसाथ पावलको भनाइलाई रोक्दै फेस्तसले ठूलो सोरमा भने, “ए पावल, तिमी बकबक गरिरहेका छौ। तिम्रो धेरै विद्याले गर्दा तिमी बहुला भएका छौ।” तर पावलले यसरी जवाफ दिए, “हे सम्माननीय फेस्तस, म बहुलाएको छैनँ, मेरा भनाइहरू सत्य र विवेकपूर्ण छन्। राजालाई यी सबै कुरा राम्रोसँग थाहा छ, र उहाँका सामु म निर्धक्कसँग बोल्न सक्छु। उहाँबाट यी कुरा लुकेका छैनन् भनी विश्वस्त छु; किनकि यी कुरा गोप्यमा गरिएका होइनन्। हे राजा अग्रिपा, के हजुर अगमवक्ताहरूमा विश्वास राख्नुहुन्छ? मलाई थाहा छ, तपाईं विश्वास राख्नुहुन्छ।” त्यसपछि अग्रिपाले पावललाई भने, “यति छोटो समयभित्र तिमी मलाई ख्रीष्टियान हुन राजी गराउन सक्छु भनी सोच्दैछौ?” पावलले जवाफ दिए, “छोटो समय होस् वा लामो, म परमेश्वरसँग प्रार्थना गर्दछु, कि तपाईं मात्र होइन, तर मलाई बाँधिएका यी साङ्लाहरूबाहेक, आज मेरो कुरा सुनिरहनुभएका सबै जना मजस्तै हुनुहोस्।” तब राजा उठे, र उनीसँगै राज्यपाल, बेर्निके र त्यहाँ भएकाहरू सबै जना उठे। तिनीहरू त्यस कोठाबाट बाहिर गएपछि, एक-अर्कासँग कुरा गर्दै भन्न थाले, “मृत्युको सजाय र जन्मकैद सजाय पाउने खालको कुनै काम यो मानिसले गरिरहेको छैन।” अनि अग्रिपाले फेस्तसलाई भने, “यस मानिसले सिजरलाई उजुर नगरेको भएदेखि यसलाई अहिल्यै मुक्त गर्न सकिन्थ्यो।”
प्रेरित 26:1-32 पवित्र बाइबल (NERV)
अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।” यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले। “राजा अग्रिपा, तपाईंहरू अघि उभिन पाउनु मेरो भाग्य हो, यहूदीहरूले ममाथि थोपरेको दोषहरूको म जम्मै उत्तर दिनेछु। म अत्यन्तै खुशी छु कि म तपाईंहरूको सामुन्ने बोल्न योग्यको छु किनभने तपाईंहरू यहूदी रीतिहरू र प्रश्नहरू जुन विषयमा तिनीहरूले तर्क गर्छन् सो जान्नु हुन्छ। कृपाया धैर्यसाथ मेरो कुरा सुनिदिनु होस्। “सबै यहूदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यरूशलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्। यी यहूदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहूदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहूदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको भरोसामा म यस परीक्षामा अहिले खडा छु। यो प्रतिज्ञा प्राप्त गर्ने आशामा हाम्रा बाह्र जातिहरू निमग्न रात-दिन परमेश्वरको आराधना गरिरहेका छन्। हे राजान्, यही आशाको निम्ति म यी यहूदीहरूद्वारा दोषिएको हुँ। तपाईंहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराउँनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको? “जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ। अनि यरूशलेममा मैले विश्वासीहरूका विरुद्ध धेरै कामहरू गरें। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिएँ। जम्मै सभाघरहरूमा मैले तिनीहरूलाई धेरै पल्ट येशूको विषयमा जबरजस्ती नराम्रो कुरो भनाएर दण्ड दिएँ। म यति क्रोधित थिएँ कि म विदेशका शहरहरूमा पनि तिनीहरूको खेदो लाउनु गएँ। “एक समयमा, मुख्य पूजाहारीहरूले मलाई दमीशक शहर जाने अनुमति अनि अधिकार दिए। हे राजन! दमीशक जाने बाटोमा मैले एउटा ज्योति आकाशबाट आइरहेको देखें। यो मध्यान्हको समय थियो। त्यसको प्रकाश सूर्यको भन्दा ज्यादा चिम्किलो थियो। त्यो प्रकाश म र मसँग जाने मानिसहरूका वरिपरि चम्कियो। हामी सबै जना भूइँमा लड्यौ। त्यसपछि मैले यहूदी भाषामा एक आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, ‘शावल, शावल किन मलाई सताइरहेका छौ? तिमी मसँग लडेर केवल आफैंलाई चोट पुर्याइरहेका छौ।’ “मैले भने, ‘तिमी को हौ प्रभु?’ “प्रभुले भन्नुभयो, ‘म येशू हुँ। म त्यही हुँ जसलाई तिमी सताइरहेछौ। उठ अनि उभ! मैले तिमीलाई मेरो सेवक चुनेको छु। तिमी मेरो गवाही भएर मानिसहरूलाई मेरो विषयमा तिमीले के देख्यौ अनि मैले के प्रकट गर्छु सबै बातउनेछौ। यसैकारण म आज तिमीकहाँ आएँ। म तिम्रो आफ्नै मानिसहरूलाई तिमी माथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहूदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरू कहाँ पठाउँदैछु। तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अँन्ध्यारोबाट उज्यालोमा फर्कनेछन्, बद्लिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछ। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसँग एक बनाइनेछ।’” पावल लगातार बोलिरहेः “राजा अग्रिपा, स्वर्गबाट यो दर्शन मैले पाए पछि यसलाई पालन गर्न मैले अश्वीकार गरिन। मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति फर्क र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भनें यी कुरा सर्वप्रथम मैले दमीशकमा भनें। त्यसपछि म यरूशलेम गएँ अनि यहूदियाको प्रत्येक ठाउँमा गएर यी कुरा भनें। म यी कुराहरू भन्न गैर-यहूदीहरूकोमा पनि गएँ। “यही कारणले यहूदीहरूले म मन्दिरमा भएको समय पक्रे अनि मलाई मार्न चेष्टा गरे। आज सम्म पनि मैले परमेश्वरको सहायता पाइरहेकोछु अनि यसर्थ म यहाँ उभिरहेको छु अनि जे देखे भनिरहेको छु। तर मैले नयाँ कुरा भनिरहेको छैन। मोशा र अगमवक्ताहरूले जे हुन्छ भनेका छन् म त्यही भनिरहेको छु। तिनीहरूले भने कि ख्रीष्ट मर्नेछ र मृत्युबाट बौरी उठने प्रथम मानसि उही हुनेछ। मोशा र अगमवक्ताहरूले भनेका थिए कि ख्रीष्टले यहूदी र गैर-यहूदीहरूमा प्रकाश ल्याउने छ।” पावलले आफ्नो बचाऊको लागि ती कुराहरू भनिरहेको बेला, फेस्तस चिच्यायो, “पावल तिमी पागल हौ। तिम्रो अधिक बिद्याले तिमीलाई पागल बनायो।” पावलले भने, “महामहिम फेस्तस, म पागल होइन। जे कुराहरू मैले भने ती सत्य हुन्। मेरो शब्दहरू गम्भीर छन्। राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसँग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन। राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।” राजा अग्रिपाले पावललाई भने, “के तिमी मलाई यति सहजै ख्रीष्टयन बनाउन सक्छौ?” पावलले भने, “यो सजिलो अथवा अप्ठेरो मेरो निम्ति मुख्य होइन। म परमेश्वरसित प्रार्थना गर्दछु कि तपाईं मात्र किन, मलाई बाँधिएको साङ्लो बाहेक आजका जम्मै मेरा श्रोताहरू म जस्तै हुनेछन्।” राजा अग्रिपा, राज्यपाल फेस्तस, वर्णिस अनि तिनीहरूसँगै बसिरहेका अन्य मानिसहरू सबै जराक-जुरूक्क उठे। सभाघर छाडेर गए अनि आपसमा यसो भन्दै बात गर्न लागे, “यो मानिसलाई मार्नु हुँदैन, जेलमा पनि राख्नु हुँदैन, साँचि नै उसले त्यस्तो नराम्रो काम गरेको छैन जसमा कि उसलाई मृत्यु दण्ड अथवा कारावास होस्।” अनि अग्रिपाले फेस्तसलाई भने, “यदि यस मानिसले सिजरलाई अपील नगरेको भए ऊ छोडिन सक्थ्यो।”
प्रेरित 26:1-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि अग्रिपासले पावललाई भने, “अब तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ।” पावलले पनि हात फैलाएर आफ्नो बचाउमा यसरी बोल्न थाले– “हे राजा अग्रिपास, यहूदीहरूले मलाई दोष लगाएको कुराको बारेमा मैले आज आफ्नो कुरा हजुरकै अगाडि भन्न पाएकोमा म आफूलाई भाग्यमानी सम्झन्छु। हजुरलाई यहूदीहरूको चालचलन, रीतिरिवाज र तर्कवितर्क गर्ने कुराको बारेमा राम्ररी थाहा भएको हुनाले म आफूलाई झन् भाग्यमानी ठान्दछु। त्यसो हुँदा अब हजुरसँग बिन्ती चढाउँछु, मेरो कुरा धीरज राखेर सुनिदिनुहोला। “म आफ्नो देशमा अनि यरूशलेम सहरमा यहूदी जातिको बीचमा नै हुर्किएँ। त्यसो हुँदा यहूदीहरूले मलाई बालककालदेखि नै राम्ररी चिन्दछन्। पहिले म फरिसी भन्ने कट्टर धार्मिक समूहको मानिस थिएँ, त्यही कट्टर धर्मको जीवन बिताउँथें। यदि तिनीहरूले चाहे भने यो कुरा आफैंले पनि भन्न सक्छन्। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञामा नै भरोसा राखेकोले मैले आज यसरी हजुरहरूको सामुन्ने उभिनुपरेको छ। हे राजा अग्रिपास, त्यही प्रतिज्ञा पाउने आशामा हाम्रा बाह्र कुलहरूले पनि दिनरात एक चित्तले परमेश्वरलाई पूजा र भक्ति चढाइरहेका हुन्। मैले पनि त्यही आशा राखेकोले यहूदीहरूले मलाई दोष लगाएका हुन्। परमेश्वरले मरेकाहरूलाई बिउँताउनुहुन्छ भन्ने कुरामा तपाईंहरू किन विश्वास गर्न सक्नुहुन्न? “हुन त, मैले पनि सकेसम्म नासरतको येशूको विरोध गर्नुपर्छ भन्ने सम्झेको थिएँ। यरूशलेममा त्यस्तै विरोध गरें। मैले मुख्य पूजाहारीहरूबाट अधिकार पाएर प्रभु येशूमा विश्वास गर्ने धेरै पवित्र जनहरूलाई थुनाएँ र उनीहरूलाई मार्ने काममा समेत सहायता गरें। धेरैपल्ट मैले उनीहरूलाई ‘अबदेखि नासरतको येशूमा विश्वास गर्दिनँ’ भन्ने पार्नलाई सभाघरहरूमा जबरदस्ती गरेर सजाय दिन लगाएँ। म उनीहरूदेखि रिसले यति साह्रो आगो भएको थिएँ कि अरू देशका सहरहरूमा पनि गएर मैले उनीहरूलाई सताउन थालें। “यसरी एक दिन मुख्य पूजाहारीहरूको अधिकार र आज्ञा पाएर म दमस्कस सहरतिर जाँदै थिएँ। हे राजा, त्यस दिन दिउँसो बाटोमा जाँदैगर्दा घामको उज्यालोभन्दा पनि चहकिलो उज्यालो म र मेरा साथीहरूमाथि पर्यो र हामी सबै जमिनमा पछारियौं। त्यति नै खेर हिब्रू भाषामा मैले यसो भनेको सुनें, ‘शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? तीखो सुइरोमा लातले हानेजस्तै तिमीले आफैंलाई चोट पुर्याउँछौ’। ‘प्रभु, तपाईं को हुनुहुन्छ?’ मैले सोधें। अनि प्रभुले फेरि भन्नुभयो, ‘म येशू हुँ, जसलाई तिमी सताउँदैछौ। अब उठ, म तिमीलाई मेरो सेवक र मेरो गवाही दिने मानिस बनाउन चाहन्छु। यसैले म तिमीकहाँ देखा परेको हुँ। तिमीले मेरो बारे देखेका कुरा र मैले तिमीलाई पछि देखाउने कुराहरूसमेत अरू मानिसहरूलाई सुनाउनुपर्छ। म तिमीलाई यहूदीहरू र अन्य-जातिहरूकहाँ पठाउँदै छु। तिमीलाई तिनीहरूबाट जोगाउनेछु। तिमीले तिनीहरूका आँखा खोलिदिएर तिनीहरूलाई अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिदेखि परमेश्वरतर्फ फर्काउनुपर्छ र तिनीहरूले ममाथि विश्वास गर्छन् अनि तिनीहरूको पाप मेटिनेछ र तिनीहरूले परमेश्वरका चुनिएका जनहरूको संगतिमा बस्न पाउनेछन्’। “हे राजा अग्रिपास, स्वर्गबाट देखेको यो दर्शनलाई मैले नटेरीकन बस्न सकिनँ। पहिले दमस्कस र यरूशलेममा अनि पूरै यहूदिया देशमा र अरू जातिको देशहरूमा पनि गएर मैले मानिसहरूलाई आ-आफ्ना पापलाई मानिलिएर परमेश्वरकहाँ फर्कनू भन्ने प्रचार गरें। परमेश्वरकहाँ फर्केको हुँ भन्ने प्रमाण आफूले गरेको कामबाट देखाउनुपर्छ भन्दै सिकाएँ। यसैले गर्दा यहूदीहरूले मलाई मन्दिरमा पक्रेर मार्न खोजे। तर आजको दिनसम्म मैले परमेश्वरबाट नै सहायता पाइरहेको छु। त्यसैकारण म यहाँ हुनेहरू ठूला-साना सबैलाई गवाही दिँदै उभिएको छु। अगमवक्ताहरू र मोशाले समेत पछि हुन आउनेछन् भनेका कुराहरूबाहेक मैले अरू बढी कुरा केही पनि भनेको छैनँ। मुक्ति दिनुहुने राजा ख्रीष्टले दु:ख भोगेर मर्नुपर्नेछ, उहाँ मरेकोबाट बिउँतनेहरूमा सबैभन्दा पहिला हुनुहुनेछ र उहाँले आफ्नो उज्यालो यहूदीहरूमा पनि र अरू जातिका मानिसहरूमा पनि फैलाउनुहुनेछ, यी कुरा त अगमवक्ताहरूले भनिसकेका थिए।” पावलले भनेको यी कुरा सुनेर फेस्तसले कराएर भने, “पावल तिमी बौलाएछौ, तिम्रो ज्ञानले तिमीलाई बौलाहा बनायो।” पावलले भने, “माननीय फेस्तस, म बौलाएको होइनँ, म सद्धे छु र सत्य कुराहरू गर्दै छु। राजा अग्रिपासलाई यी सबै कुरा थाहा छ, उहाँलाई म यी कुराहरू साहससँग भन्न सक्छु। उहाँले अवश्य यी कुराहरूमा राम्ररी ध्यान दिनुभएको छ किनभने यी कुराहरू एक कुनामा घटेका होइनन्। हे राजा अग्रिपास, के हजुरले अगमवक्ताहरूमाथि विश्वास गर्नुहुन्छ? हो, हजुरले विश्वास गर्नुहुन्छ भन्ने कुरा मलाई थाहा छ।” त्यत्तिकैमा अग्रिपासले पावललाई भने, “यति थोरै कुरोले के तिमी मलाई ख्रीष्टियान बनाउने कोसिस गर्छौ?” पावलले भने, “थोरै कुराले होस् या धेरैले– यी मेरा हातमा लगाइएका साङ्लाहरू बाहेक– हजुर मात्रै होइन, तर हजुरहरू सबै मजस्तै भइदिए हुन्थ्यो। यही म परमेश्वरसँग प्रार्थना गर्छु।” त्यतिखेर राजा अग्रिपास, बडा-हाकिम फेस्तस, बरनिकी र तिनीहरूसँग आएका सबै मानिसहरूसमेत जर्याक-जुरुक उठे र बाहिर जाँदा आपसमा यसो भनेर कुरा गरे, “यस मानिसले थुनिनुपर्ने वा ज्यानसजाय पाउनुपर्ने कुनै काम गरेको त रहेनछ।” अग्रिपासले फेस्तसलाई भने, “यस मानिसले रोमी महाराजाकहाँ बिन्ती चढाउन नमागेको भए त छोडिदिए पनि हुन्थ्यो नि!”