प्रेरित 2:29-36
प्रेरित 2:29-36 नेपाली समकालीन संस्करण (NCV)
“सङ्गी भाइहरूहो, म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु: हाम्रा पुर्खा दाविद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ। तर उनी एउटा अगमवक्ता थिए। उनकै सन्तानमध्ये एकजनालाई परमेश्वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको उनलाई थाहा थियो। पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्ट पुनर्जीवित हुनुहुनेछ भन्ने विषयमा बोले। उहाँ न पातालमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहिन दिनुभयो। परमेश्वरले यिनै येशूलाई जीवित पार्नुभयो र हामी सबै यस तथ्यका साक्षी छौं। परमेश्वरको दाहिने हातपट्टि उहाँले उच्च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्त गर्नुभयो र त्यसैलाई यहाँ खन्याइदिनुभयो जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ। किनकि दाविद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिन।” ’ “त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्चयताका साथ जानून् कि, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यिनै येशूलाई परमेश्वरले प्रभु र ख्रीष्ट दुवै बनाउनुभयो।”
प्रेरित 2:29-36 पवित्र बाइबल (NERV)
“मेरा दाज्यू-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसँग छ। दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी। यस्तो घट्ना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः ‘उहाँलाई नरकमा छाडिएको थिएन। उहाँको शरीर चिहानमा सडेन।’ यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं। यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ। दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैंले भनेः ‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः मेरो दाहिने तर्फ बस, जबसम्म तिम्रा शत्रुहरू तिम्रो पाइताला मुनि राख्दिन।’ “यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।”
प्रेरित 2:29-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“हे मेरा दाजुभाइ हो, हाम्रा पुर्खा दाऊदका बारेमा म सफासँग भन्न सक्छु। तिनी मरे र तिनको लाशलाई चिहानमा राखियो अनि त्यो चिहान अझै पनि हामीसँगै छ। तर दाऊद अगमवक्ता थिए र उनकै सन्तानमा एक जना उनको सिंहासनमा बस्नेछन् भन्ने कुरा उनलाई थाहा थियो। परमेश्वरले उनीसँग यो प्रतिज्ञा गर्नुभएको थियो। परमेश्वरले गर्नुहुने काम दाऊदले अघि नै देखिसकेका थिए। यसकारण मुक्ति दिनुहुने राजा ख्रीष्ट मरेकोबाट बिउँतनुहुन्छ भन्ने कुरासँग यो मिल्न आउँछ। ‘उहाँ पातालमा छोडिनुभएन अनि उहाँको शरीर पनि कुहेन’। “अब उही येशू ख्रीष्टलाई परमेश्वरले मरेकोबाट बिउँताउनुभएको छ र यही कुराको हामी सबै साक्षी छौं। परमेश्वर पिताले येशूलाई उच्च पारेर आफ्नो दाहिने हातपट्टि बसाल्नुभयो र आफ्नो प्रतिज्ञाअनुसार उहाँलाई पवित्र आत्मा दिनुभयो। त्यही पवित्र आत्मा प्रभु येशूले अहिले हामीमाथि खन्याउनुभएको हो, जुन कुराचाहिँ तपाईंहरूले अहिले सुन्दै र देख्दै हुनुहुन्छ। स्वर्गमा गएर दाऊद आफैं त परमेश्वरको दाहिने हातमा बसेनन्, तापनि उनले यसरी भने– परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हाततिर बस, ‘जबसम्म म तिम्रा सबै शत्रुहरूलाई तिम्रा खुट्टामुनि पार्नेछैनँ’। “त्यसैले अब इस्राएलका सबै मानिसले यो कुरा जान्नुपर्छ– तपाईंहरूले क्रूसमा मारेका येशूलाई नै परमेश्वरले प्रभु र मुक्ति दिनुहुने ख्रीष्ट दुवै बनाउनुभएको छ।”
प्रेरित 2:29-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ। यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्दथिए कि परमेश्वरले शपथ खानुभएको थियो कि उनकै सन्तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्वरले बसाल्नुहुनेछ। अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो। यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं। यसैकारण परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ उच्च पारिनुभयो, र पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो, र उहाँले यो खन्याइदिनुभएको हो, जे तपाईंहरू देख्नु र सुन्नुहुन्छ। किनकि दाऊद त स्वर्गमा चढ़ेनन्, तर उनी आफैले भन्दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।’ “त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो।”