YouVersion लोगो
खोज आइकन

प्रेरित 2:17-24

प्रेरित 2:17-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

‘आखिरी दिनहरूमा यस्‍तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्‍छ, म सबै मानिसहरूमाथि मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्‍नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्‍वप्‍नदर्शी हुनेछन्‌। हो, म आफ्‍ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्‍नेछन्‌। माथि आकाशमा म अचम्‍मका काम र तल पृथ्‍वीमा चिन्‍हहरू देखाउनेछु, अर्थात्‌ रगत, आगो, र धूवाँको मुस्‍लो। परमप्रभुको महान्‌ र गौरवमय दिन आउन अगाडि सूर्य अन्‍धकारमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌। अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्‍यसले उद्धार पाउनेछ।’ “इस्राएलका मानिस हो, यी कुरा सुन्‍नुहोस्, नासरतका येशू यस्‍ता व्‍यक्ति हुनुहुन्‍थ्‍यो, जसलाई परमेश्‍वरले शक्तिशाली कामहरू, अचम्‍मका कामहरू र चिन्‍हहरूद्वारा तपाईंहरूका सामुन्‍ने प्रमाणित गर्नुभयो। तपाईंहरूलाई थाहै छ कि परमेश्‍वरले तपाईंहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो। परमेश्‍वरले ठहराउनुभएको निश्‍चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो। उहाँलाई परमेश्‍वरले मृत्‍युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्‍युको अधीनमा उहाँ भइरहनु असम्‍भव थियो

शेयर गर्नुहोस्
प्रेरित 2 पढ्नुहोस्

प्रेरित 2:17-24 नेपाली समकालीन संस्करण (NCV)

“ ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्छ, सबै मानिसहरूमाथि म मेरो आत्मा खन्याइदिनेछु। अनि तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्, तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्, तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्। ती दिनहरूमा मेरा सेवक-सेविकाहरूमाथि पनि म मेरो आत्मा खन्याइदिनेछु, अनि तिनीहरूले अगमवाणी बोल्नेछन्। अनि माथि आकाशमा म आश्‍चर्यपूर्ण कामहरू देखाउनेछु, र तल पृथ्वीमा अद्भुत चिन्हहरू देखाउनेछु रगत, आगो र धूवाँका मुस्लाहरू। प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अघि सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिणत हुनेछन्। अनि प्रभुको नाउँ पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।’ “हे इस्राएलका मानिसहो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई तपाईंहरूका सामु परमेश्‍वरले शक्‍तिशाली कामहरू, आश्‍चर्यपूर्ण कामहरू र अद्भुत चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो। तपाईंहरू सबैले जानेकै कुरा हो, तपाईंहरूका बीचमा यी कामहरू परमेश्‍वरले उहाँद्वारा गराउनुभएको हो। आफ्नो निश्‍चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्‍तिलाई परमेश्‍वरले तपाईंहरूमा सुम्पनुभएको थियो। यिनै येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो; तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै, परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो।

शेयर गर्नुहोस्
प्रेरित 2 पढ्नुहोस्

प्रेरित 2:17-24 पवित्र बाइबल (NERV)

‘परमेश्वर भन्नुहुन्छः अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु। तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्। तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्। तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्। त्यसबेला, म मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि, मेरो आत्मा खन्याउनेछु, अनि तिनीहरूले अगमवाणी गर्नेछन्। म छक्कपर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु, तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु। त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ। घाम अन्धकारमय भई बद्लिने छ, अनि जुन रगत सरह रक्तिम हुनेछ। तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ। अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’ “मेरो यहूदी दाज्यू-भाइहरू, यी शब्दहरूमा ध्यान देऊः नासरतको बासिन्दा येशू विशिष्ट मानिस हुनुहुन्थ्यो। परमेश्वरले यो स्पष्ट रुपमा तिमीहरूलाई देखाउनु भयो। परमेश्वरले येशूको माध्यमद्वारा शक्तिशाली अनि आर्श्चजनक कुराहरू गरेर यसलाई प्रमाण गर्नुभयो। तिमीहरू सबै जनाले यी कुराहरू देखेका छौ। येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घट्ना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो। येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो।

शेयर गर्नुहोस्
प्रेरित 2 पढ्नुहोस्

प्रेरित 2:17-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘आखिरी दिनहरूमा म सबै मानिसहरूमाथि मेरो आत्‍मा खन्‍याउनेछु अनि तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी बोल्‍नेछन्, युवाहरूले दर्शन देख्‍नेछन् र बुढापाकाहरूले चाहिँ सपना देख्‍नेछन्। अँ, ती दिनमा म मेरा सेवा गर्ने पुरुष र स्‍त्रीहरूमाथि आफ्‍नो आत्‍मा खन्‍याउनेछु अनि तिनीहरूले अगमवाणी बोल्‍नेछन्। माथि आकाश मण्‍डलमा म अचम्‍मका चिन्‍हहरू देखाउनेछु र तल पृथ्‍वीमा अचम्‍मका कामहरू गर्नेछु। रगत, आगो र धुवाँका बादल देखापर्नेछन्। प्रभुको त्‍यो महान् उज्‍यालो दिन आउनुभन्दा अगाडि सूर्य अँध्‍यारो भइजानेछ र चन्‍द्र रगतजस्‍तो रातो हुनेछ। तर त्‍यस बेला प्रभुको नाउँ लिनेहरू जतिले चाहिँ उद्धार पाउनेछन्’। “इस्राएली दाजुभाइहरू हो, मेरा कुरा सुन्‍नुहोस्। परमेश्‍वरले येशूद्वारा तपाईंहरूको बीचमा शक्तिशाली कामहरू गर्दै अचम्‍म-अचम्‍मका चिन्‍हहरू देखाउनुभएको त तपाईंहरूलाई थाहै छ। ती चिन्‍हहरूबाट परमेश्‍वरले नासरतका येशूलाई आफूले नै पठाएको हुँ भन्‍ने प्रमाण दिनुभयो। परमेश्‍वरले आफ्‍नो योजना र ज्ञानअनुसार येशूलाई तपाईंहरूको हातमा सुम्‍पिदिनुभयो र तपाईंहरूले उहाँलाई दुष्‍ट मानिसहरूको हातमा सुम्‍पेर क्रूसमा मार्नसमेत लगाउनुभयो। तर परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभएको छ। परमेश्‍वरले उहाँलाई मृत्‍युको शक्तिबाट छुटाउनुभएको छ किनभने उहाँ मृत्‍युको अधीनमा भइरहनु असम्भव थियो।

शेयर गर्नुहोस्
प्रेरित 2 पढ्नुहोस्