YouVersion लोगो
खोज आइकन

प्रेरित 18:24-28

प्रेरित 18:24-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अलेक्‍जेन्ड्रिया-निवासी अपोल्‍लोस नाउँका एक जना यहूदी एफिससमा आए। तिनी एक जना कुशल वक्ता र धर्मशास्‍त्रमा पोख्‍त थिए। तिनले प्रभुका मार्गको शिक्षा पाएका थिए, र आत्‍मामा उत्‍साहित भई तिनले येशूका विषयका कुराहरू ठीक-ठीकसँग बोल्‍ने र सिकाउने गर्थे। यद्यपि तिनले यूहन्‍नाको बप्‍तिस्‍मा मात्र जानेका थिए। तिनी सभाघरमा साहसपूर्वक बोल्‍न थाले। तर तिनले बोलेका कुरा सुनेर प्रिस्‍किला र अकिलासले तिनलाई आफ्‍नो घरमा ल्‍याए, र परमेश्‍वरका मार्गको अर्थ झन्‌ प्रष्‍टसँग बुझाइदिए। तिनले अखैयामा जाने मन गर्दा भाइहरूले तिनलाई त्‍यहाँ जाने प्रोत्‍साहन दिए, र तिनलाई ग्रहण गरून्‌ भनी त्‍यहाँका चेलाहरूलाई उत्‍साह दिएर पत्र लेखे। तिनले त्‍यहाँ पुगेर अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई धेरै सहायता गरे। किनकि तिनले धर्मशास्‍त्रका वचनद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा देखाईकन यहूदीहरूलाई सबैका सामुन्‍ने बिलकुल निरुत्तर तुल्‍याए।

शेयर गर्नुहोस्
प्रेरित 18 पढ्नुहोस्

प्रेरित 18:24-28 नेपाली समकालीन संस्करण (NCV)

अलेक्जेन्ड्रियामा जन्मेका बासिन्दा अपोल्‍लोस नाउँ गरेका एकजना यहूदी मानिस एफिससमा आए। तिनी कुशल वक्‍ता र पवित्रशास्‍त्रको धेरै ज्ञान भएका मानिस थिए। तिनी प्रभुको मार्गमा शिक्षा पाएका थिए। तिनी आत्मामा बडो उत्साहकासाथ बोल्थे, अनि येशूका बारेमा सही शिक्षा दिन्थे; तर तिनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्रै थाहा थियो। तिनी बडो साहससाथ सभाघरहरूमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले तिनका कुरा सुने, तब तिनलाई उनीहरूले आफ्ना घरमा निमन्त्रणा गरे, र परमेश्‍वरको मार्गका बारेमा अझ प्रष्‍टसँग तिनलाई सम्‍झाइदिए। जब अपोल्‍लोसले अखैया जाने इच्छा गरे, तब दाजुभाइ-दिदीबहिनीहरूले तिनलाई उत्साह दिएर त्यहाँका चेलाहरूले तिनलाई स्वागत गरून् भनी पत्र लेखे। तिनी त्यहाँ पुगेर अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई धेरै सहायता गरे। किनकि तिनले यहूदीहरूलाई खण्डन गर्दै पवित्रशास्‍त्रको आधारमा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी प्रमाण दिए।

शेयर गर्नुहोस्
प्रेरित 18 पढ्नुहोस्

प्रेरित 18:24-28 पवित्र बाइबल (NERV)

अपोल्लस नाउँ भएको एकजना यहूदी एफिससमा आए। उनी एलेक्जेन्ड्रिया भन्ने शहरमा जन्मिएका थिए। उनी एक विद्वान मानिस थिए। उनलाई धर्मशास्त्रमाथि राम्रो ज्ञान थियो। उनले प्रभुको मार्गको विषयमा राम्ररी सिकेका थिए अनि पुरा उत्साहित थिए। येशूका विषयमा उनले जे जति कुरा गरे सबै सही थियो। तर उनले यूहन्नाले बातएको बप्तिस्माको विषयमा मात्र जान्दथे। उनी सभाघरमा निर्धक्क बोल्न थाले। प्रिस्किला र अक्वीलाले उनले भनेको सुने। तिनीहरूले उनलाई आफ्नो घरमा लगे अनि परमश्वरको बाटोको विषयमा उनलाई अझ स्पष्ट पारेर बुझाई दिए। अपोल्लस अखैया देशमा जान इच्छुक थिए। यसैले एफिससका दाज्यूभाइहरूले उनलाई सहयोग गरे। अखैयामा भएका येशूका चेलाहरूलाई तिनीहरूले त्यहाँ अपोल्लासलाई ग्रहण गर्नु भनि चिट्ठी लेखे। अखैयामा प्रभुको अनुग्रहले गर्दा येशू प्रति यी चेलाहरूको विश्वास थियो अनि अपोल्लस तिनीहरूको ठूलो सहायक बने। उनले सबै मानिसहरूका समक्ष यहूदीहरूको विरोधमा वहस गरे। अपोल्लासले प्रत्यक्ष यहूदीहरू गल्ती भएको प्रमाण गरे। उनले धर्मशास्त्रको आधारमा येशू नै ख्रीष्ट हुन भन्ने प्रमाण दिए।

शेयर गर्नुहोस्
प्रेरित 18 पढ्नुहोस्

प्रेरित 18:24-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसै बीचमा अलेक्‍जेन्‍ड्रिया सहरमा जन्‍मिएका अपोल्‍लोस नाउँ भएका एक जना यहूदी एफिसस आए। उनी धेरै राम्रोसँग बोल्‍न जान्‍ने मानिस थिए र उनलाई धर्मशास्‍त्रको धेरै ज्ञान थियो। उनले मुक्ति दिनुहुने प्रभु येशूको बारेमा शिक्षा पाएका थिए र आत्‍मामा जोशिलो भएर येशूको बारेमा ठीकसँग सिकाउँथे। तैपनि उनलाई यूहन्‍नाले दिएको बप्‍तिस्‍मा मात्र थाहा थियो। उनले यहूदीहरूको सभाघरमा निर्धक्‍कसँग शिक्षा दिन थाले। उनको शिक्षा सुनेपछि प्रिस्‍किला र अकिलासले उनलाई आफ्‍नो घरमा लगे र उनीहरूले परमेश्‍वरको मुक्तिको उपायलाई राम्ररी बयान गरेर उनलाई बुझाइदिए। त्‍यसपछि अपोल्‍लोसले अखैया इलाकामा जाने विचार गरे। एफिससमा भएका प्रभुका चेलाहरूले उनलाई जाने उत्‍साह दिए अनि अपोल्‍लोसको स्‍वागत गर्नू भनी त्‍यहाँ बस्‍ने चेलाहरूलाई एउटा पत्र पनि लेखिदिए। अखैयामा पुगेपछि अपोल्‍लोसले त्‍यहाँ प्रभुको अनुग्रहले गर्दा विश्‍वासमा आएकाहरूलाई धेरै सहायता गरे किनभने त्‍यहाँ भएका यहूदीहरूसँग मानिसको अगाडि तर्कवितर्क गर्दा उनले धर्मशास्‍त्रका कुराहरू लिएर प्रभु येशू नै मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ भनी प्रमाण दिए।

शेयर गर्नुहोस्
प्रेरित 18 पढ्नुहोस्