YouVersion लोगो
खोज आइकन

प्रेरित 17:10-15

प्रेरित 17:10-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भाइहरूले तुरुन्‍तै पावल र सिलासलाई राती नै बेरिया पठाइदिए, अनि जब तिनीहरू त्‍यहाँ पुगे तब तिनी यहूदीहरूको सभाघरभित्र गए। यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्‍दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्‍सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्‍यस्‍तै हुन्‌ कि होइनन्‌ भनी दिनहुँ धर्मशास्‍त्र छानबिन गर्थे। यसकारण यिनीहरूमध्‍ये धेरैले, साथै निकै जना उच्‍च घरानाका ग्रीक महिलाहरूले र पुरुषहरूले समेत विश्‍वास गरे। तर जब परमेश्‍वरको वचन पावलद्वारा बेरियामा पनि प्रचार भइरहेको छ भन्‍ने थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तब उनीहरू त्‍यहाँ पनि भीड़हरूलाई उचाल्‍न र उक्‍साउन आइपुगे। तब भाइहरूले तुरुन्‍तै पावललाई समुद्रपट्टि पठाइदिए। तर सिलास र तिमोथीचाहिँ त्‍यहीँ नै बसे। पावललाई पुर्‍याउन जानेहरूले तिनलाई एथेन्‍ससम्‍म ल्‍याए। सिलास र तिमोथीचाहिँ जति सक्‍दो चाँड़ै तिनीकहाँ आउनुपर्छ भन्‍ने आज्ञा पाएर तिनीहरू फर्के।

शेयर गर्नुहोस्
प्रेरित 17 पढ्नुहोस्

प्रेरित 17:10-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

रात पर्नेबित्तिकै, विश्‍वासीहरूले पावल र सिलासलाई बेरियामा पठाइहाले। त्यहाँ पुगेपछि तिनीहरू यहूदीहरूको सभाघरभित्र गए। थेसलोनिकीका मानिसहरूभन्दा बेरियाका निवासीहरू बढी भद्र थिए। किनकि तिनीहरूले प्रभुको वचनलाई बडो उत्साहकासाथ ग्रहण गरे। अनि पावलले भनेका कुराहरू मिल्छ कि मिल्दैन भनी हरेक दिन पवित्रशास्त्रहरूमा अध्ययन गरी खोज्दथे। परिणाम स्वरूप तिनीहरूमध्ये धेरै जनाले विश्‍वास गरे। त्यसै गरी धेरै संख्यामा प्रतिष्‍ठित ग्रीक महिला र ग्रीक पुरुषहरूले पनि विश्‍वास गरे। पावलले बेरियामा पनि परमेश्‍वरको वचनको प्रचार गरिरहेको भन्‍ने कुरा जब थेसलोनिकीका यहूदीहरूले थाहा पाए, तब तिनीहरू त्यहाँ पनि गए, र भीडलाई उक्साए। अनि तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूले पावललाई समुद्रको किनारतिर पठाइदिए। तर सिलास र तिमोथीचाहिँ बेरियामै बसे। पावललाई लिएर जानेहरूले तिनलाई एथेन्ससम्म पुर्‍याए। त्यसपछि सिलास र तिमोथी सकेसम्म आफूकहाँ छिटो आऊन् भन्‍ने पावलको आज्ञा लिएर तिनीहरू फर्के।

शेयर गर्नुहोस्
प्रेरित 17 पढ्नुहोस्

प्रेरित 17:10-15 पवित्र बाइबल (NERV)

त्यही रात विश्वासीहरूले पावल र सिलासलाई बिरिया भन्ने शहर तर्फ पठाए। बिरियामा तिनीहरू यहूदीहरूका सभाघरमा गए। यी यहूदीहरू थिस्सलोनिकाका भन्दा असल थिए। तिनीहरूले खुबै चासो लिएर पावल र सिलासले भनेको संन्देश सुनिरहेथे। यहूदीहरूले प्रत्येक दिन धर्मशास्त्र पढने गर्थे। तिनीहरू कुरा सत्य नै हो की भनेर जान्न चाहन्थे। तिनीहरू धेरैले विश्वास गरे अनि धेरै प्रमुख ग्रीक पुरुष र नारीहरूले पनि ती कुराहरू विश्वास गरे। तर जब यहूदीहरूले बिरियामा पनि पावल र सिलासले परमेश्वरको वचनको विषयमा प्रचार गरिरहेको थिस्सलोनियामा थाहा पाए, तिनीहरू बिरियामा पनि आए। अनि तिनीहरूले आएर बिरियाका मानिसहरूलाई भडकाए अनि आन्दोलित पार्न शुरू गरे। यसैले विश्वासीहरूले पावललाई समुद्र तटमा झट्टै पठाए। तर सिलास र तिमोथी त्यही बिरियामा बसे। विश्वासीहरू जो पावलसँग गए तिनीहरूले पावललाई एथेन्स् सम्म पुरयाए। तब तिनीहरू तिमोथी र सिलासलाई पावलको खबर लिएर गए। खबरमा थियोः “जतिसक्दो चाँडो मकहाँ आइहाल।”

शेयर गर्नुहोस्
प्रेरित 17 पढ्नुहोस्

प्रेरित 17:10-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

रात पर्ने बित्तिकै प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले पावल र सिलासलाई बेरिया सहरमा पठाए। त्‍यहाँ आइपुगेर उनीहरू यहूदीहरूको सभाघरमा गए। त्‍यहाँका मानिसहरू थेसलोनिकेका मानिसहरूभन्दा धेरै असल थिए। तिनीहरूले परमेश्‍वरको प्रचार एकदम मीठो मानेर सुने। पावलले भनेका कुरा मिल्‍छ कि मिल्‍दैन भनेर तिनीहरूले दिनहुँ धर्मशास्‍त्र पढेर जाँच्‍थे। धेरै यहूदीहरूले प्रभुमा विश्‍वास गरे। त्‍यसै गरी नाउँ चलेका निकै ग्रीक स्‍त्री र ग्रीक पुरुषहरूले समेत प्रभुमाथि विश्‍वास गरे। थेसलोनिकेमा भएका यहूदीहरूले बेरियामा पनि पावलले परमेश्‍वरको प्रचार गर्दै छन् भन्‍ने कुरा सुने। तिनीहरू बेरियामा आएर उत्‍पात मच्‍चाउँदै मानिसहरूलाई पावलको विरोध गर्न सुर्‍याउन लागे। यो देख्‍नेबित्तिकै प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले पावललाई तुरुन्‍तै समुद्र किनारतिर पठाइदिए। तर सिलास र तिमोथीचाहिँ त्‍यहीँ बेरियामा नै बसे। पावललाई पुर्‍याउन जाने दाजुभाइहरूले उनलाई एथेन्‍स सहरसम्‍म पुर्‍याइदिए। त्‍यहाँ पुगेर पावलले आफूलाई पुर्‍याउने दाजुभाइहरूलाई सिलास र तिमोथी जति सक्‍दो चाँडो आऊन् भनेर खबर पठाए।

शेयर गर्नुहोस्
प्रेरित 17 पढ्नुहोस्