YouVersion लोगो
खोज आइकन

प्रेरित 16:25-28

प्रेरित 16:25-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए। तब एक्‍कासि एउटा ठूलो भैँचालो गयो, र झ्‍यालखानका जगहरू हल्‍लिए, र तुरुन्‍तै जम्‍मै ढोकाहरू उघ्रिए, र सबैका बन्‍धनहरू खुले। झ्‍यालखानका हाकिम निद्राबाट ब्‍यूँझे, र झ्‍यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्‍ठानेर उनले अपहत्‍या गर्ने विचारले आफ्‍नो तरवार थुते। तर पावलले चर्को सोरले यसो भन्‍दै कराए, “तपाईंले आफूलाई केही नोक्‍सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।”

शेयर गर्नुहोस्
प्रेरित 16 पढ्नुहोस्

प्रेरित 16:25-28 नेपाली समकालीन संस्करण (NCV)

मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरको भजन गाइरहेका थिए र त्यहाँका अरू बन्दीहरूले चाहिँ सुनिरहेका थिए। अकस्मात् त्यहाँ एउटा ठूलो भूकम्प आयो, जसले गर्दा झ्यालखानाका जगहरू हल्‍लिन थाले। तुरुन्तै त्यसका सबै ढोकाहरू खोलिएर सबै बन्दीहरूका साङ्लाहरू पनि खोलिए। झ्यालखानाका प्रमुख निद्राबाट बिउँझे, र जब तिनले झ्यालखानाका ढोकाहरू खोलिएका देखे, तब तिनले आफ्नो तरवार म्यानबाट थुतेर आफैलाई मार्न खोजे; किनकि तिनले सबै बन्दीहरू भागे होलान् भनी ठानेका थिए। तर त्यो देखेर पावल ठूलो सोरले कराए, “आफूलाई केही हानि नगर्नुहोस्, किनकि हामी सबै यहीं नै छौं!”

शेयर गर्नुहोस्
प्रेरित 16 पढ्नुहोस्