प्रेरित 13:24-25
प्रेरित 13:24-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ आउनभन्दा अघि यूहन्नाले इस्राएलका सबै मानिसलाई पश्चात्तापका बप्तिस्माको प्रचार गरेका थिए। यूहन्नाले आफ्नो कार्य समाप्त गर्न लाग्दा भनेका थिए, ‘तिमीहरू के ठान्छौ, म को हुँ? म ऊ होइनँ। तर मपछि एक जना आउनुहुनेछ, जसका खुट्टाका जुत्तासम्म पनि फुकाल्ने लायकको म छैनँ।’
प्रेरित 13:24-25 पवित्र बाइबल (NERV)
येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने ‘तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।’ यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’

प्रेरित 13:24-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूको आगमनभन्दा अगाडि यूहन्नाले सबै इस्राएलीहरूमा पश्चात्ताप र बप्तिस्माको प्रचार गरे। जब यूहन्ना आफ्नो काम पूरा गरिरहेका थिए, उनले भने, ‘मलाई तपाईंहरूले को भनी ठान्नुभएको छ? म त उहाँ होइन। तर उहाँ मपछि आउनुहुनेछ। उहाँका पाउका जुत्तासम्म पनि फुकाल्ने योग्यको म छैनँ।’
प्रेरित 13:24-25 पवित्र बाइबल (NERV)
येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने ‘तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।’ यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’
प्रेरित 13:24-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले आफ्नो सेवा सुरु गर्नुभन्दा अघि बप्तिस्मा दिने यूहन्ना आए। उनले चाहिँ आ-आफ्ना पापलाई मानिलिएर छोडी पानीको बप्तिस्मा लिनू भनेर इस्राएलका सबै मानिसहरूलाई प्रचार गरे। आफ्नो काम सिध्याउन लाग्दा यूहन्नाले भने, ‘तिमीहरू मलाई मुक्तिदाता हो कि भनेर चिन्न चाहन्छौ, त्यो त म होइनँ। तर उहाँ मपछि आउँदै हुनुहुन्छ र मचाहिँ उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन’।