YouVersion लोगो
खोज आइकन

प्रेरित 13:13-25

प्रेरित 13:13-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढ़ी पामफिलियाको पर्गामा पुगे, र यूहन्‍नाचाहिँ तिनीहरूबाट छुट्टिएर यरूशलेम फर्के। तर तिनीहरू पर्गाबाट निस्‍केर पिसिदियाको एन्‍टिओखियामा आए, र शबाथमा सभाघरभित्र गएर बसे। अब व्‍यवस्‍था र अगमवक्ताका पुस्‍तकको पाठ पढ़ेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनी पठाए, “ए भाइ हो, तपाईंहरूसित मानिसहरूका निम्‍ति अर्तीको वचन केही छ भने भन्‍नुहोस्‌।” तब खड़ा भएर पावलले हातले इशारा गरी भने, “हे इस्राएलका मानिस र परमेश्‍वरको डर मान्‍ने हो, सुन्‍नुहोस्, इस्राएल जातिका परमेश्‍वरले हाम्रा पिता-पुर्खाहरूलाई चुनिकन मिश्रदेशमा रहँदा तिनीहरूलाई महान्‌ तुल्‍याउनुभयो, र उहाँको शक्तिशाली बाहुलीले तिनीहरूलाई त्‍यस देशबाट निकाली ल्‍याउनुभयो। उजाड-स्‍थानमा प्राय: चालीस वर्षसम्‍म उहाँले तिनीहरूको हेरचाह गर्नुभयो। तब उहाँले कनान देशमा सात वटा जातिलाई नाश पारेर उनीहरूका देशको अधिकार प्राय: चार सय पचास वर्षसम्‍म तिनीहरूलाई दिनुभयो। “यी कुरापछि शमूएल अगमवक्ताको पालोसम्‍म उहाँले न्‍यायकर्ताहरू दिनुभयो। त्‍यसपछि तिनीहरूले राजा मागे, र परमेश्‍वरले बेन्‍यामीन कुलका कीशका छोरा शाऊललाई चालीस वर्षसम्‍म तिनीहरूमाथि राज्‍य गर्न दिनुभयो। उहाँले तिनलाई हटाउनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खड़ा गर्नुभयो। उनको विषयमा परमेश्‍वरले गवाही दिएर भन्‍नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्‍छे पाएँ, जसले मेरा सबै इच्‍छा पूरा गर्नेछ।’ “यही मानिसको भावी सन्‍तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्‍वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्‍याउनुभयो। उहाँ आउनभन्‍दा अघि यूहन्‍नाले इस्राएलका सबै मानिसलाई पश्‍चात्तापका बप्‍तिस्‍माको प्रचार गरेका थिए। यूहन्‍नाले आफ्‍नो कार्य समाप्‍त गर्न लाग्‍दा भनेका थिए, ‘तिमीहरू के ठान्‍छौ, म को हुँ? म ऊ होइनँ। तर मपछि एक जना आउनुहुनेछ, जसका खुट्टाका जुत्तासम्‍म पनि फुकाल्‍ने लायकको म छैनँ।’

शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्

प्रेरित 13:13-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

पावल र तिनका सङ्गीहरू पाफोसबाट जहाज चढी पामफिलियाको पर्गा सहरमा पुगे। यूहन्‍नाचाहिँ त्यहीँबाट यरूशलेम फर्किए। पर्गाबाट तिनीहरू पिसिदियाको एन्टिओखियामा गए। शब्बाथमा तिनीहरू सभाघरभित्र पसे र त्यहाँ बसे। त्यहाँ व्यवस्था र अगमवक्ताका पुस्तकहरू पढिसकेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनेर खबर पठाए, “दाजुभाइ-दिदीबहिनीहरू हो, मानिसहरूलाई प्रोत्साहित गर्ने अर्तीका वचन तपाईंहरूसँग छ भने कृपा गरी भन्‍नुहोस्।” त्यो सुनेपछि पावल उभिएर सभालाई शान्त हुन हातले इशारा गर्दै भने: “हे इस्राएलीहरू र परमेश्‍वरको डर मान्‍ने गैरयहूदीहरू हो, मेरो कुरा ध्यानपूर्वक सुन्‍नुहोस्! इस्राएली जातिका परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई चुन्‍नुभयो। इजिप्टमा बस्दा उहाँले तिनीहरूलाई उच्‍च बनाउनुभयो। महान् शक्तिका साथ तिनीहरूलाई उहाँले त्यस देशबाट बाहिर ल्याउनुभयो। प्राय: चालीस वर्षसम्म उजाडस्थानमा तिनीहरूका व्यवहारलाई उहाँले सहनुभयो। कनानका सात राष्ट्रहरूलाई उहाँले नाश गर्नुभयो र उनीहरूको देश आफ्ना जनहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो। प्रायः चार सय पचास वर्षसम्म तिनीहरूले त्यहाँ अधिकार जमाए। “यसपछि शमूएल अगमवक्ताको समय नआउन्जेल परमेश्‍वरले तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो। अनि मानिसहरूले एउटा राजाको माग गरे। अनि उहाँले बेन्यामीन कुलका कीशका छोरा शाऊललाई तिनीहरूका राजा बनाउनुभयो। तिनले चालीस वर्षसम्म शासन गरे। तर शाऊललाई हटाएपछि दावीदलाई उहाँले तिनीहरूका राजा बनाउनुभयो। तिनको विषयमा साक्षी दिँदै परमेश्‍वरले भन्‍नुभयो: ‘यिशैको छोरा दावीदलाई मैले आफ्नो हृदयअनुसारको मानिस भेट्टाएको छु; जसबाट म जे काम गराउन चाहन्छु, त्यसले ती सबै गर्नेछ।’ “यिनै मानिसका सन्तानबाट परमेश्‍वरले प्रतिज्ञा गर्नुभएबमोजिम इस्राएलको एक उद्धारकर्ता येशूलाई ल्याउनुभयो। येशूको आगमनभन्दा अगाडि यूहन्‍नाले सबै इस्राएलीहरूमा पश्‍चात्ताप र बप्‍तिस्माको प्रचार गरे। जब यूहन्‍ना आफ्नो काम पूरा गरिरहेका थिए, उनले भने, ‘मलाई तपाईंहरूले को भनी ठान्‍नुभएको छ? म त उहाँ होइन। तर उहाँ मपछि आउनुहुनेछ। उहाँका पाउका जुत्तासम्म पनि फुकाल्ने योग्यको म छैनँ।’

शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्

प्रेरित 13:13-25 पवित्र बाइबल (NERV)

पावल र उनीसँग भएका मानिसहरू पाफोसबाट जहाजमा गए। तिनीहरू प्याम्फिलियाको एक शहर पर्गामा आई पुगे। तर यूहन्ना मर्कूसले तिनीहरूलाई छाडे, उनी यरूशलेम फर्के। तिनीहरूले आफ्ना यात्रा जारी राखे अनि पर्गा देखि पिसिदिया शहरको एन्टिओकतिर गए। विश्रामको समयमा, तिनीहरू यहूदीहरूका सभाघरभित्र गए र बसे। मोशाका नियमहरू र अगमवक्ताहरूको पुस्तकहरू पाठ गरिए। त्यसपछि सभा-घरको कर्मचारीहरूरले पावल र बर्णाबासलाई एक समाचार पठाए। यो समाचारमा भनिएको थियोः “बन्धुहरू, यदि तपाईंहरू केही भन्नुहुन्छ, जो मानिसहरूका निम्ति लाभदायक छ भने, कृपया भन्नुहोस!” पावल उभिए। उनले आफ्नो हात उठाए र भने, “मेरा यहूदी दाज्यू-भाइहरू एवं अन्य जनसमूह जसले प्रभुलाई साँच्चो श्रद्धा गर्दछ, कृपया मेरो कुरालाई ध्यानसित सुनिदेऊ! इस्राएलका परमेश्वरले हाम्रा पुर्खाहरू छान्नु भयो। जब तिनीहरू मिश्रदेशमा परदेशी भएर बसेका थिए परमेश्वरले तिनीहरूलाई सफल गराउनका निम्ति सहयोग गर्नुभएको थियो। परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट आफ्ना महान शक्तिद्वारा निकाली ल्याउनु भयो। अनि परमेश्वरले उनीहरूको व्यवहार त्यस मरूभूमिमा चालीस वर्ष सम्म सहनु भयो। परमेश्वरले कनान देशमा सातवटा राष्ट्रहरूलाई पूर्ण ध्वंश पार्नु भयो। उहाँले ती जमीनहरू केवल उहाँका मानिसहरूलाई दिनुभयो। यी सम्पूर्ण घट्नाहरू लगभग् 450 वर्षको अवधि सम्म थियो। “त्यसपछि, परमेश्वरले अगमवक्ता शामूएलको अवधिसम्म तिनीहरूलाई न्यायकर्त्ताहरू दिनुभयो। तब मानिसहरूले राजाको माग गरे। परमेश्वरले कीशका छोरो शावललाई दिनुभयो। शावल बिन्यामीन कुलका थिए। उनले चालीस वर्षसम्म राजा भएर राज गरे। शावललाई हटाए पछि परमेश्वरले दाऊदलाई तिनीहरूका राजा बनाउनु भयो। परमेश्वरले दाऊदको विषयमा यसो भन्नु भयोः ‘यस्सीको छोरा दाऊद एउटा मानिस हो जसले मैले सोचे जस्तो सोच्छ। मैले चाहे अनुसार सबै कामहरू उसले गर्नेछ।’ “परमेश्वरले आफ्नो वचन अनुसार दाऊदको एउटा सन्तानलाई मुक्तिदाताको रूपमा इस्राएलमा पठाउनु भयो। त्यो वंशका सन्तान येशू हुनुहुन्छ। येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने ‘तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।’ यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’

शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्

प्रेरित 13:13-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पावल र तिनका साथीहरू पाफोस सहरबाट पानीजहाजमा चढेर पामफिलिया क्षेत्रको पर्गा सहरमा पुगे। त्‍यहाँबाट मर्कूस भनिने यूहन्‍नाले पावल र बारनाबासलाई छोडेर यरूशलेमतिर फर्के। पावल र बारनाबासचाहिँ पर्गादेखि पिसिदिया क्षेत्रको एन्‍टिओखिया सहरमा गए अनि पवित्र विश्रामको दिनमा ती दुई जना सभाघरमा गएर बसे। मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले लेखेको पुस्‍तकबाट पढेपछि सभाघरका नेताहरूले पावल र बारनाबासलाई बोलाएर भने, “भाइहरू! यदि तपाईंहरूसित मानिसहरूलाई साहस दिने केही कुरो छ भने भन्‍नुहोस्।” यो सुनेर पावल उठे अनि हातले इशारा गरेर बोल्‍न लागे, “इस्राएली दाजुभाइ र परमेश्‍वरलाई मान्‍नुहुने सज्‍जनहरू हो, दया गरी मेरो कुरा सुन्‍नुहोस्। इस्राएली जातिका परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई छान्‍नुभयो र तिनीहरू मिश्रदेशमा रहँदा तिनीहरूलाई महान् जाति बनाउनुभयो। आफ्‍नो शक्ति देखाएर परमेश्‍वरले तिनीहरूलाई मिश्रदेशबाट निकाल्‍नुभयो। तिनीहरू उजाड-स्थानमा रहँदा परमेश्‍वरले चालीस वर्षसम्‍म तिनीहरूको हेरचाहा गर्नुभयो। उहाँले कनान देशका सात जातिलाई नाश गर्नुभयो र त्‍यो देश हाम्रा पुर्खाहरूलाई दिनुभयो। त्‍यति बेलासम्‍म चार सय पचास वर्ष जति बितिसकेको थियो। “त्‍यसपछि परमेश्‍वरले तिनीहरूको बीचमा न्‍याय गर्न न्‍यायाधीशहरू खटाउनुभयो। ती न्‍यायाधीशहरूले एकपछि अर्को गर्दै अगमवक्ता शमूएलका पालासम्‍म काम गरे। त्‍यसपछि हाम्रा पुर्खाहरूले राजाको माग गरे अनि परमेश्‍वरले उनीहरूलाई बेन्‍यामिन कुलका कीशका छोरा शाऊललाई राजा बनाउनुभयो। शाऊलले चालीस वर्षसम्‍म राज्‍य गरे। परमेश्‍वरले उनलाई हटाएर दाऊदलाई राजा बनाउनुभयो। दाऊदको बारेमा चाहिँ परमेश्‍वरले यसरी भन्‍नुभएको छ, ‘यिशैको छोरा दाऊदलाई भेट्टाउँदा मैले मन पराएको मानिस पाएको छु। उसले मेरो लागि गर्नुपर्ने सबै काम पूरा गर्नेछ’। “आफूले गर्नुभएको प्रतिज्ञा पूरा गरेर परमेश्‍वरले इस्राएलीहरूको निम्‍ति दाऊद राजाको कुलमा नै एउटा मुक्तिदाता पठाउनुभयो, जो येशू हुनुहुन्‍छ। येशूले आफ्‍नो सेवा सुरु गर्नुभन्दा अघि बप्‍तिस्‍मा दिने यूहन्‍ना आए। उनले चाहिँ आ-आफ्‍ना पापलाई मानिलिएर छोडी पानीको बप्‍तिस्‍मा लिनू भनेर इस्राएलका सबै मानिसहरूलाई प्रचार गरे। आफ्‍नो काम सिध्‍याउन लाग्‍दा यूहन्‍नाले भने, ‘तिमीहरू मलाई मुक्तिदाता हो कि भनेर चिन्‍न चाहन्‍छौ, त्‍यो त म होइनँ। तर उहाँ मपछि आउँदै हुनुहुन्‍छ र मचाहिँ उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन’।

शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्