प्रेरित 11:27-30
प्रेरित 11:27-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस बेला कोही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियामा आए। तिनीहरूमध्ये अगाबस नाउँ भएका एक जना खड़ा भएर सारा संसारमा ठूलो अनिकाल पर्न आँटेको छ भन्ने पवित्र आत्माद्वारा भविष्यवाणी बोले। त्यो अनिकाल क्लौडियसको शासनकालमा पर्यो। तब चेलाहरू हरेकले आ-आफ्नो औकातअनुसार यहूदियामा बस्ने भाइहरूका सहायताको निम्ति भेटी पठाउने निश्चय गर्यो। तिनीहरूले यसै गरे, र बारनाबास र शाऊलका हातद्वारा तिनीहरूको भेटी एल्डरहरूकहाँ पठाइदिए।
प्रेरित 11:27-30 नेपाली समकालीन संस्करण (NCV)
यसै समयमा केही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियातिर झरे। तिनीहरूमध्ये अगाबस नाउँका एकजना उठेर रोम लगायत संसारभरि नै ठूलो अनिकाल पर्नेछ भनी पवित्र आत्माको सहायताद्वारा अगमवाणी बोले। (त्यो अनिकाल क्लौडियसको शासनकालमा भएको थियो।) चेलाहरूले आ-आफ्नो सामर्थ्यअनुसार यहूदियामा बसिरहेका दाजुभाइ-दिदीबहिनीहरूका निम्ति सहायता पुर्याउने अठोट गरे। यसरी तिनीहरूले बारनाबास र शाऊलको हातद्वारा आफ्ना दानहरू मण्डलीका प्रधानहरूकहाँ पठाइयो।
प्रेरित 11:27-30 पवित्र बाइबल (NERV)
यस समयमा केही अगमवक्ताहरू यरूशलेमाबाट एन्टिओक तिर गए। तिनीहरू मध्ये एकजना अगाबस थिए। एन्टिओकमा अगाबस उभिए अनि पवित्र-आत्माको मार्फत अगमवाणी गरे, “सम्पूर्ण संसारभरि महा-अनिकाल हुनेछ।” (यो सम्राट क्लौडियसको समयमा घट्यो)। चेलाहरूले यहूदियामा बस्ने आफ्ना दाज्यू-भाइ र दिदी-बहिनीहरूलाई सहायता पठाउने निर्णय गरे। प्रत्येकले आफूले जति सकिन्छ दिने निर्णय लिए। तिनीहरूले पैसा बटुले र बर्णाबास र शावललाई दिए तिनीहरूले ती पैसा यहूदियाका अग्रजहरूलाई दिए।
प्रेरित 11:27-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस समयमा परमेश्वरको तर्फबाट बोल्ने केही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियामा आए। तिनीहरूमध्ये अगाबस नाउँ गरेका एक जना थिए। पवित्र आत्माले उनलाई पृथ्वीभरि नै अनिकालपर्नेछ भनेर थाहा दिनुभएको थियो। उनले मण्डलीमा उभिएर यो कुरो बताइदिए। (पछि रोमी महाराजा क्लौडियसको पालामा त्यो अनिकाल आयो।) अगाबसको भविष्यवाणी सुनेर प्रभुका चेलाहरूले यहूदिया क्षेत्रमा भएका दाजुभाइहरूलाई आफ्नो औकातअनुसार पैसा पठाउने विचार गरे। यसरी उठाएको पैसा उनीहरूले यरूशलेम मण्डलीका धर्म-गुरुहरूलाई बारनाबास र शाऊलको हातबाट पठाइदिए।