YouVersion लोगो
खोज आइकन

प्रेरित 10:29-33

प्रेरित 10:29-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसैकारण डाक्‍ने बित्तिकै केही आपत्ति नजनाई म तपाईंहरूकहाँ आएँ। तपाईंहरूले मलाई किन डाक्‍नुभयो? अब भन्‍नुहोस्‌।” तब कर्नेलियसले भने, “चार दिनअघि प्राय: यही समय घरमा म तीन बजेको प्रार्थना गरिरहेको थिएँ, तब चहकिलो पोशाक पहिरेका एक जना मानिस मेरो सामुन्‍ने खड़ा भए, र भने, ‘कर्नेलियस, परमेश्‍वरको सामुन्‍ने तिम्रो प्रार्थनाको सुनाइ भएको छ, र तिमीले गरीबहरूलाई दिएका दानको सम्‍झना भएको छ। यसकारण योप्‍पामा मान्‍छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। तिनी समुद्रको किनारमा चर्मकार सिमोनको घरमा बसेका छन्‌।’ तब मैले तुरुन्‍तै तपाईंकहाँ मानिस पठाएँ, र तपाईं कृपापूर्वक आउनुभयो। अब प्रभुबाट तपाईंलाई आज्ञा भएका सबै कुराहरू सुन्‍न हामी सबै परमेश्‍वरको सामुन्‍ने यहाँ उपस्‍थित छौं।”

शेयर गर्नुहोस्
प्रेरित 10 पढ्नुहोस्

प्रेरित 10:29-33 नेपाली समकालीन संस्करण (NCV)

त्यसैले, जब मलाई तपाईंले बोलाउनुभयो, कुनै प्रश्न नगरीकनै म यहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई तपाईंले कति कारणले बोलाउनुभएको हो?” कर्नेलियसले जवाफ दिए: “तीन दिन अघि यसै समयमा अर्थात् अपरान्ह तीन बजेतिर म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ। तब चहकिलो पोशाक पहिरेका एकजना स्वर्गदूत मेरो सामु अकस्मात् उभिएर भने, ‘कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ, र तिम्रो दानलाई सम्झनुभएको छ। त्यसैले पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छाला बनाउनेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।’ त्यसैकारण तपाईंलाई मैले तुरुन्त बोलाउन पठाएँ; र तपाईं दया गरीकन आउनुभयो। अब हामीलाई भन्‍नका निम्ति प्रभुले तपाईंलाई निर्देशन दिनुभएको सबै कुरा सुन्‍न परमेश्‍वरको उपस्थितिमा हामी सबै यहाँ प्रतीक्षा गरिरहेका छौं।”

शेयर गर्नुहोस्
प्रेरित 10 पढ्नुहोस्

प्रेरित 10:29-33 पवित्र बाइबल (NERV)

त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो” कर्नीलियसले भने, “चार दिन अघि, म घरमा प्रार्थना गरिरहेको थिएँ। त्यसबेला अपरान्ह तीन बजेको थियो। अचानक एकजना स्वर्गदूत चम्किलो लुगा लगाएर मेरो सामुन्ने उभिए। तिनले भने, ‘कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थाना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ। त्यसैले शहर जोप्पामा मानिसहरू पठाऊ र शिमोन जसलाई पत्रुस पनि भनिन्छ यहाँ आउने निवेदन गर। पत्रुसलाई आउने आग्रह गर। उनी सिमोन छालाको कर्मीको घरमा बसेकाछन्। उसको घर समुद्रको छेउमा छ।’ यसकारण मैले तपाईंलाई तुरून्त लिएर आउन भनि मानिस पठाएँ। तपाईं आइदिनु नै हाम्रो लागि राम्रो भयो। यहाँ हामी अब परमेश्वर समक्ष छौं ती सबै कुराहरू सन्नुलाई जो प्रभुले भन्नु भनि तपाईंलाई आदेश दिनु भएकोछ”

शेयर गर्नुहोस्
प्रेरित 10 पढ्नुहोस्

प्रेरित 10:29-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसैकारण तपाईंले मलाई बोलाउँदा म नअन्‍कनाई आएँ। अब भन्‍नुहोस्, मलाई किन बोलाउनुभएको हो?” कर्नेलियसले भने, “चार दिन अघिको कुरा हो। दिउँसो तीन बजेतिर म घरमै प्रार्थना गर्दै थिएँ। अचानक चम्‍किलो लुगा लगाएका मानिसले मेरो सामुन्‍ने उभिएर भन्‍नुभयो, ‘ए कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई गरेको दयाको कामलाई याद गर्नुभएको छ। योप्‍पा सहरमा आएका पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ। उनी समुद्रको छेउ छालाको काम गर्ने सिमोनको घरमा बसेका छन्’। त्‍यसपछि मैले तुरुन्‍तै तपाईंलाई बोलाउन पठाएँ र तपाईं पनि यहाँसम्‍म कष्‍ट गरेर पाल्‍नुभयो। अब परमेश्‍वरले तपाईंलाई आज्ञा गर्नुभएको कुरा सुन्‍न हामी सबै प्रभुकै सामुन्‍ने भेला भएका छौं।”

शेयर गर्नुहोस्
प्रेरित 10 पढ्नुहोस्