YouVersion लोगो
खोज आइकन

प्रेरित 1:16-20

प्रेरित 1:16-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“भाइ हो, धर्मशास्‍त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्‍माले बोल्‍नुभएको थियो। किनकि त्‍यसको गणना हामीसँगै भएको थियो। र यही सेवामा त्‍यसले हिस्‍सा पाएको थियो।” त्‍यस मानिसले अधर्मको कमाइबाट एउटा जग्‍गा किन्‍यो, र उँधोमुन्‍टो भई खस्‍यो र त्‍यसको भुँड़ी फुट्यो, र त्‍यसका सबै आन्‍द्रा-भुँड़ी निस्‍के। यो कुरा यरूशलेमका बासिन्‍दाहरू सबैलाई थाहा भयो। त्‍यो जग्‍गाको नाउँ तिनीहरूको आफ्‍नो भाषामा आखेल्‍दामा राखियो, अर्थात्‌ रगतको खेत। पत्रुसले भने, “किनकि भजनको पुस्‍तकमा यसो लेखिएको छ, ‘त्‍यसको वासस्‍थान उजाड होस्, र त्‍यहाँ वास गर्ने कोही नहोस्, र त्‍यसको कार्य पदाधिकार अर्कोले लिओस्‌।’

शेयर गर्नुहोस्
प्रेरित 1 पढ्नुहोस्

प्रेरित 1:16-20 नेपाली समकालीन संस्करण (NCV)

र भने, “दाजुभाइ-दिदीबहिनीहरूहो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दाविदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्‍त्रको त्यो वचन पूरा हुनैपर्थ्यो। किनकि त्यो पनि हामीहरूमध्येकै एक थियो र त्यो हाम्रै सेवाको एउटा साझेदार पनि थियो।” (आफ्नो दुष्‍टतापूर्ण कामको इनामबाट यहूदाले एउटा खेत किन्यो; त्यहाँ त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, अनि त्यसका सबै आन्द्राभुँडी बाहिर छरपस्‍ट भए। यरूशलेमका हरेक मानिसले यो कुरा थाहा पाए, यसैकारण तिनीहरूले आफ्नो भाषामा त्यस खेतलाई आखेल्दामा अर्थात् रगतको खेत भनी नाम राखे।) पत्रुसले भने, “किनकि भजनहरूको पुस्तकमा लेखिएको छ, “ ‘त्यसको ठाउँ उजाड होस्; त्यहाँ वास गर्ने कोही नहोस्,’ र, “ ‘त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्।’

शेयर गर्नुहोस्
प्रेरित 1 पढ्नुहोस्

प्रेरित 1:16-20 पवित्र बाइबल (NERV)

“भाइहरू हो! दाऊदको माध्यम पवित्र आत्माले केही घट्नाहरू घट्नेछन् भनी धर्मशास्त्रमा भनेका थिए। उनी यहूदाको विषयमा बात गरिरहेका थिए जो हाम्रा दलका एक जना थिए। यहूदाले हामीसित सेवा गरेका थिए अनि ती मानिसहरूका मार्ग दर्शक भए जसले येशूलाई पक्रे।” (यहूदालाई पैसा दिएर त्यसो गर्न खटाएको थियो। आफ्नो दुष्ट कामको पैसाले एउटा जमीन किन्यो। तर यहूदा उँधो मुण्टो भएर पछारियो, त्यसको शरीर खुल्ला भएर फुट्यो, सबै आन्द्रा भुँडीहरू निस्किए। यो घट्नाबाट सम्पूर्ण येरूशलेमको जनसाधरणले शिक्षा पाए। त्यसैकारणले त्य खेतको नाउँ मानिसहरूले हकल्दामा राखे। तिनीहरूको भाषामा हकल्दामाको अर्थ, “रगतको खेत” हुन्छ।) पत्रुसले भने, “भजनसंग्रहमा यहूदाको विषयमा यस्तो लेखिएको छः

शेयर गर्नुहोस्
प्रेरित 1 पढ्नुहोस्

प्रेरित 1:16-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“दाजुभाइ हो, धर्मशास्‍त्रमा पनि पवित्र आत्‍माले राजा दाऊदद्वारा यहूदाको बारेमा बोल्‍नुभएको थियो। ती कुराहरू पूरा हुनु नै पर्थ्‍यो र पूरा पनि भए। येशूलाई पक्रिने मानिसहरूलाई अगुवाइ गर्ने यहूदाचाहिँ हामीजस्‍तै प्रभुका बाह्र प्रेरितहरूमध्‍ये एउटा थियो अनि हामीजस्‍तै प्रभुको काम गर्न ऊ पनि चुनिएको थियो।” यहूदाले अधर्मले कमाएको पैसाले एउटा खेत किन्‍यो। त्‍यही खेतमा ऊ उँधोमुन्‍टो भई खसेर मर्‍यो र उसको पेट फुटेर आन्‍द्राभुँडी छरिए। यरूशलेमका सबै बासिन्‍दामा यो कुराको हल्‍ला भयो अनि तिनीहरूले त्‍यो खेतको नाउँ आफ्‍नो भाषामा ‘आखेल्‍दामा’ राखे। त्‍यसको अर्थ हो रगतको खेत। पत्रुसले फेरि भने– “अब भजनसंग्रहको पुस्‍तकमा दाऊद राजाले यसरी लेखेका छन्– त्‍यसको घर रित्तो होस्, त्‍यसमा कसैले बास नगरोस्। फेरि, त्‍यसले गर्ने कामको जिम्‍मा अर्कोले नै लेओस्! भनेर पनि लेखिएको छ।

शेयर गर्नुहोस्
प्रेरित 1 पढ्नुहोस्