प्रेरित 1:15-17
प्रेरित 1:15-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती दिनमा भाइहरूका बीचमा पत्रुस खड़ा भए (यी मानिसहरूको संख्या प्राय: एक सय बीस थियो), र भने, “भाइ हो, धर्मशास्त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्माले बोल्नुभएको थियो। किनकि त्यसको गणना हामीसँगै भएको थियो। र यही सेवामा त्यसले हिस्सा पाएको थियो।”
प्रेरित 1:15-17 नेपाली समकालीन संस्करण (NCV)
ती दिनमा पत्रुस, दाजुभाइ-दिदीबहिनीहरू (तिनीहरूका संख्या करीब एक सय बीस थियो) का बीचमा उभिए र भने, “दाजुभाइ-दिदीबहिनीहरूहो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दाविदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्त्रको त्यो वचन पूरा हुनैपर्थ्यो। किनकि त्यो पनि हामीहरूमध्येकै एक थियो र त्यो हाम्रै सेवाको एउटा साझेदार पनि थियो।”
प्रेरित 1:15-17 पवित्र बाइबल (NERV)
केही दिन पश्चात् त्यहाँ विश्वास गर्नेहरूको सभा भइरहेको थियो। सभामा झण्डै एक सय बीस जना मानिसहरू थिए। पत्रुस उभिए र भने, “भाइहरू हो! दाऊदको माध्यम पवित्र आत्माले केही घट्नाहरू घट्नेछन् भनी धर्मशास्त्रमा भनेका थिए। उनी यहूदाको विषयमा बात गरिरहेका थिए जो हाम्रा दलका एक जना थिए। यहूदाले हामीसित सेवा गरेका थिए अनि ती मानिसहरूका मार्ग दर्शक भए जसले येशूलाई पक्रे।”
प्रेरित 1:15-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
केही दिनपछि त्यहाँ झण्डै एक सय बीस जना प्रभु येशूमा विश्वास गर्ने मानिसहरू जम्मा भएका थिए। पत्रुसले उभिएर तिनीहरूको बीचमा बोल्न लागे, “दाजुभाइ हो, धर्मशास्त्रमा पनि पवित्र आत्माले राजा दाऊदद्वारा यहूदाको बारेमा बोल्नुभएको थियो। ती कुराहरू पूरा हुनु नै पर्थ्यो र पूरा पनि भए। येशूलाई पक्रिने मानिसहरूलाई अगुवाइ गर्ने यहूदाचाहिँ हामीजस्तै प्रभुका बाह्र प्रेरितहरूमध्ये एउटा थियो अनि हामीजस्तै प्रभुको काम गर्न ऊ पनि चुनिएको थियो।”