YouVersion लोगो
खोज आइकन

प्रेरित 1:1-22

प्रेरित 1:1-22 पवित्र बाइबल (NERV)

प्रिय थियोफिलस, मैले मेरो प्रथम पुस्तकमा, येशूले जे-जे गर्नु भयो र सिकाउनु भयो प्रत्येक कुरो लेखें। मैले येशूको सम्पूर्ण जीवन बारे लेखें, प्रारम्भदेखि उहाँ स्वर्ग तिर उचालिनु भए सम्म। यो घट्ना हुनु अघि उहाँद्वारा चुनिएका प्रेरितहरूसित उहाँले बातचित गर्नु भयो। प्रेरितहरूले के गर्नु पर्छ भन्ने कुरा पवित्र आत्माको सहयोग लिएर उहाँले बताउनु भयो। यी सबै घट्नाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाणित गर्नु भयो। येशू मृत्युबाट बौरी उठे पछि प्रेरितहरूले उहाँलाई चालीस दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसँग परमेश्वरका राज्यको विषयमा बताउनुभयो। एक समय जब येशू तिनीहरूसँग खाई रहनु भएको थियो, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्ने कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “पिताले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएकोछ, जुन मैले तिमीहरूलाई पहिल्यै भनिसकेकोछु। त्यो प्रतिज्ञा प्राप्त गर्नलाई तिमीहरूले यरूशलेममा पर्खिनु पर्छ। यूहन्नाले मानिसहरूलाई पानीद्वारा बप्तिस्मा दिए, तर केही दिन पछिबाट तिमीहरूले पवित्र आत्माद्वारा बप्तिस्मा लिनेछौ।” प्रेरितहरू जम्मा भए। तिनीरूले येशूलाई सोधे, “हे प्रभु के यो इस्राएललाई राज्य फेरि फिर्ता दिने तपाईंको समय यही हो?” येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ। तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ। तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।” येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्। येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाश तर्फ हेरिरहेका थिए। अचानक दुइजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए। ती दुइजना मानिसहरूले प्रेरितहरूलाई भने, “गालीलका मानिसहरू, तिमीहरू यहाँ किन आकाशतर्फ हेर्दै उभिरहेकाछौ? तिमीहरूले येशूलाई तिमीहरूदेखि स्वर्ग-आरोहण भएको देख्यौ। जसरी तिमीहरूले उहाँलाई जानु भएको देख्यौ त्यसरी नै उहाँ फर्की आउनु हुनेछ।” त्यसपछि प्रेरितहरू जैतून पर्वतदेखि यरूशलेम तिर लागे। यो पर्वत यरूशलेमदेखि प्राय आधा माईल टाढो छ। प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यूहन्ना, याकूब अन्द्रियास, फिलिप, थोमा, बर्थुलमै, मत्ती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहूदा (याकूबको छोरो)। प्रेरितहरू एक साथ थिए। एकै उद्वेश्यको लागि तिनीहरूले लगातार प्रार्थना गरिरहेका थिए। केही नारीहरू, मरियम येशूको आमा अनि उहाँका भाइहरू पनि त्यहाँ प्रेरितहरूसँग थिए। केही दिन पश्चात् त्यहाँ विश्वास गर्नेहरूको सभा भइरहेको थियो। सभामा झण्डै एक सय बीस जना मानिसहरू थिए। पत्रुस उभिए र भने, “भाइहरू हो! दाऊदको माध्यम पवित्र आत्माले केही घट्नाहरू घट्नेछन् भनी धर्मशास्त्रमा भनेका थिए। उनी यहूदाको विषयमा बात गरिरहेका थिए जो हाम्रा दलका एक जना थिए। यहूदाले हामीसित सेवा गरेका थिए अनि ती मानिसहरूका मार्ग दर्शक भए जसले येशूलाई पक्रे।” (यहूदालाई पैसा दिएर त्यसो गर्न खटाएको थियो। आफ्नो दुष्ट कामको पैसाले एउटा जमीन किन्यो। तर यहूदा उँधो मुण्टो भएर पछारियो, त्यसको शरीर खुल्ला भएर फुट्यो, सबै आन्द्रा भुँडीहरू निस्किए। यो घट्नाबाट सम्पूर्ण येरूशलेमको जनसाधरणले शिक्षा पाए। त्यसैकारणले त्य खेतको नाउँ मानिसहरूले हकल्दामा राखे। तिनीहरूको भाषामा हकल्दामाको अर्थ, “रगतको खेत” हुन्छ।) पत्रुसले भने, “भजनसंग्रहमा यहूदाको विषयमा यस्तो लेखिएको छः ‘उसको घर जनहीन होस्। कोही पनि त्यहाँ नबसुन्।’ अनि यस्तो पनि लेखियो: ‘त्यसको काम अरू कसैले लैजाओस्।’ “यसैकारण अब अर्को मानिस हामीसँग सम्मिलित होस् र येशू पुनरुत्थान हुनु भएको गवाही बनोस्। यो मानिस हाम्रै टोलीको हुनुपर्छ जो प्रभु येशूको जीवनकाल भरि हामीसँग रहेको हुनु पर्दछ। यो मानिस यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिएको दिनदेखि येशूको स्वर्ग-आरोहण भएको दिनसम्म हामीसँग रहेको हुनुपर्छ।”

शेयर गर्नुहोस्
प्रेरित 1 पढ्नुहोस्

प्रेरित 1:1-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्‍नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्‍तकमा मैले लेखेको छु। आफैले छान्‍नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्‍माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्‍वर्गमा उचाली लगिनुभएको दिनसम्‍मका सबै कुरा त्‍यस पुस्‍तकमा लेखिएका छन्‌। आफ्‍नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्‍मुख उहाँले आफैलाई जीवित प्रस्‍तुत गर्नुभयो। चालीस दिनसम्‍म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्‍वरका राज्‍यको विषयमा तिनीहरूलाई बताउनुभयो। तिनीहरूसँग भोजनमा बस्‍नुहुँदा उहाँले तिनीहरूलाई यस्‍तो आदेश दिनुभयो, “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ।” किनभने यूहन्‍नाले त पानीले बप्‍तिस्‍मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्‍मामा तिमीहरूको बप्‍तिस्‍मा हुनेछ।” यसकारण जब प्रेरितहरू भेला भए, तब तिनीहरूले उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले इस्राएल राज्‍यको पुनर्स्‍थापन गरिदिनुहुनेछ?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पिताले आफ्‍नो अधिकारद्वारा तोक्‍नुभएको बेला वा समय जान्‍ने तिमीहरूको काम होइन। तर पवित्र आत्‍मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्‍वीको अन्‍तिम छेउसम्‍म मेरा साक्षी हुनेछौ।” उहाँले यो कुरा भन्‍नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्‍टिबाट लोप हुनुभयो। जब तिनीहरूले उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजिक खड़ा भए। तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्‍वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्‍वर्गमा जानुभएको देख्‍यौ, त्‍यसरी नै उहाँ फेरि आउनुहुनेछ।” तब तिनीहरू जैतून भनिने पहाड़बाट यरूशलेम फर्के। यरूशलेमदेखि यो पहाड प्राय: एक किलोमिटर जति टाढ़ा पर्छ। सहर भित्र पसेपछि तिनीहरू माथिल्‍लो तलाको आफू बस्‍ने कोठामा उक्‍ले। तिनीहरूचाहिँ पत्रुस, यूहन्‍ना, याकूब, अन्‍द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्‍फयसको छोरो याकूब र उग्रपन्‍थी दलको सिमोन र याकूबको छोरो यहूदा थिए। कति जना स्‍त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्‍तर प्रार्थना गरिरहन्‍थे। ती दिनमा भाइहरूका बीचमा पत्रुस खड़ा भए (यी मानिसहरूको संख्‍या प्राय: एक सय बीस थियो), र भने, “भाइ हो, धर्मशास्‍त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्‍माले बोल्‍नुभएको थियो। किनकि त्‍यसको गणना हामीसँगै भएको थियो। र यही सेवामा त्‍यसले हिस्‍सा पाएको थियो।” त्‍यस मानिसले अधर्मको कमाइबाट एउटा जग्‍गा किन्‍यो, र उँधोमुन्‍टो भई खस्‍यो र त्‍यसको भुँड़ी फुट्यो, र त्‍यसका सबै आन्‍द्रा-भुँड़ी निस्‍के। यो कुरा यरूशलेमका बासिन्‍दाहरू सबैलाई थाहा भयो। त्‍यो जग्‍गाको नाउँ तिनीहरूको आफ्‍नो भाषामा आखेल्‍दामा राखियो, अर्थात्‌ रगतको खेत। पत्रुसले भने, “किनकि भजनको पुस्‍तकमा यसो लेखिएको छ, ‘त्‍यसको वासस्‍थान उजाड होस्, र त्‍यहाँ वास गर्ने कोही नहोस्, र त्‍यसको कार्य पदाधिकार अर्कोले लिओस्‌।’ यसैकारण हाम्रा साथमा रहने मानिसहरूमध्‍ये यस्‍तो एक जना छान्‍नु आवश्‍यक छ, जुन व्‍यक्ति प्रभु येशू हाम्रा बीचमा रही भित्र-बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो, अर्थात्‌ यस्‍तो व्‍यक्ति जो यूहन्‍नाको बप्‍तिस्‍मादेखि लिएर उहाँ हामीबाट उँभो लगिनुभएको दिनसम्‍म हामीसँग थियो। त्‍यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्‍थानको साक्षी हुनुपर्छ।”

शेयर गर्नुहोस्
प्रेरित 1 पढ्नुहोस्

प्रेरित 1:1-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले काम गर्न सुरु गर्नुभएदेखि उहाँ स्‍वर्ग नजानुहुँदासम्‍म भएका सबै कुरा मैले तपाईंलाई पठाएको पहिलो बयानमा लेखिसकें। येशूले स्‍वर्ग जानुभन्दा पहिला आफूले छानेका प्रेरितहरूलाई पवित्र आत्‍माको शक्तिद्वारा आज्ञा दिनुभयो। दु:ख भोगेर क्रूसमा मर्नुभएपछि उहाँ चालीस दिनसम्‍म घरीघरी तिनीहरूकहाँ देखा पर्नुभयो र विभिन्‍न किसिमका पक्‍का प्रमाणहरूद्वारा आफैंलाई जिउँदो छु भनी देखाउनुभयो। तिनीहरूले उहाँलाई देखे र उहाँले तिनीहरूसँग परमेश्‍वरको राज्‍यको बारेमा कुरा गर्नुभयो। एकपल्‍ट येशू तिनीहरूसँग भेला भएर खान बस्‍नुहुँदा उहाँले तिनीहरूलाई यसरी आज्ञा दिनुभयो, “तिमीहरू यरूशलेम नछोडी मेरा पिताले प्रतिज्ञा गर्नुभएको वरदानलाई पर्खेर बस। त्‍यो वरदानको बारेमा मैले तिमीहरूलाई अघि पनि भनेको थिएँ, यूहन्‍नाले चाहिँ पानीको बप्‍तिस्‍मा दिन्‍थे, तर केही दिनपछि तिमीहरूले पवित्र आत्‍माको बप्‍तिस्‍मा पाउनेछौ।” यसरी भेला हुनुहुँदा ती छानिएका प्रेरितहरूले उहाँलाई सोधे, “प्रभुज्‍यू, के तपाईंले यही बेला नै हाम्रो इस्राएल देशलाई मुक्त गराउनुहुन्‍छ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यसको समय त परमेश्‍वर आफैंले तोक्‍नुभएको छ। उहाँले के तोक्‍नुभएको छ, त्‍यो तिमीहरूले जान्‍नुपर्दैन। तर पवित्र आत्‍मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ। त्‍यसपछि तिमीहरू यरूशलेममा र पूरै यहूदिया र सामरिया क्षेत्रहरूमा अनि पृथ्‍वीका कुना-कुनासम्‍म मेरा साक्षी हुनेछौ।” यति भनिसक्‍नुभएपछि तिनीहरूले हेर्दाहेर्दै येशू स्‍वर्गतिर उठाइनुभयो। बादलले उहाँलाई ढाक्‍यो र उहाँ तिनीहरूको आँखाबाट हराउनुभयो। तिनीहरूले आकाशतिर एकोहोरो भएर हेरिरहँदा सेता लुगा लगाएका दुई जना मानिसहरू एक्‍कासि तिनीहरूकै अघि उभिए। तिनीहरूले भने, “ए गालीलका मानिस हो, तिमीहरू किन उभिएर आकाशतिर हेर्दै छौ? येशू त स्‍वर्गमा जानुभयो। उहाँलाई जसरी तिमीहरूले अहिले गइरहेका देख्‍यौ, त्‍यसरी नै उहाँ फेरि कुनै दिन फर्की आउनुहुनेछ।” त्‍यसपछि तिनीहरू जैतुन डाँडा छोडेर यरूशलेमतिर लागे। त्‍यहाँदेखि यरूशलेमसम्‍म आधा घण्‍टा जतिको बाटो छ। यरूशलेम पुगेर तिनीहरू आफू बस्‍ने गरेको घरको माथिल्‍लो तलामा चढी एउटा कोठामा जम्‍मा भए। त्‍यहाँ जम्‍मा हुनेहरूमा पत्रुस, यूहन्‍ना, याकूब, अन्‍द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्‍फयसका छोरा याकूब, देशभक्त दलका सिमोन र याकूबका छोरा यहूदा थिए। तिनीहरू केही दिदी-बहिनीहरू र येशूकी आमा मरियम र उहाँका भाइहरूसँग जम्‍मा भएर प्रार्थनामा लागिरहन्‍थे। केही दिनपछि त्‍यहाँ झण्‍डै एक सय बीस जना प्रभु येशूमा विश्‍वास गर्ने मानिसहरू जम्‍मा भएका थिए। पत्रुसले उभिएर तिनीहरूको बीचमा बोल्‍न लागे, “दाजुभाइ हो, धर्मशास्‍त्रमा पनि पवित्र आत्‍माले राजा दाऊदद्वारा यहूदाको बारेमा बोल्‍नुभएको थियो। ती कुराहरू पूरा हुनु नै पर्थ्‍यो र पूरा पनि भए। येशूलाई पक्रिने मानिसहरूलाई अगुवाइ गर्ने यहूदाचाहिँ हामीजस्‍तै प्रभुका बाह्र प्रेरितहरूमध्‍ये एउटा थियो अनि हामीजस्‍तै प्रभुको काम गर्न ऊ पनि चुनिएको थियो।” यहूदाले अधर्मले कमाएको पैसाले एउटा खेत किन्‍यो। त्‍यही खेतमा ऊ उँधोमुन्‍टो भई खसेर मर्‍यो र उसको पेट फुटेर आन्‍द्राभुँडी छरिए। यरूशलेमका सबै बासिन्‍दामा यो कुराको हल्‍ला भयो अनि तिनीहरूले त्‍यो खेतको नाउँ आफ्‍नो भाषामा ‘आखेल्‍दामा’ राखे। त्‍यसको अर्थ हो रगतको खेत। पत्रुसले फेरि भने– “अब भजनसंग्रहको पुस्‍तकमा दाऊद राजाले यसरी लेखेका छन्– त्‍यसको घर रित्तो होस्, त्‍यसमा कसैले बास नगरोस्। फेरि, त्‍यसले गर्ने कामको जिम्‍मा अर्कोले नै लेओस्! भनेर पनि लेखिएको छ। “त्‍यसकारण येशू फेरि जिउँदो भएको कुराको साक्षी हुन अब हाम्रो झुण्‍डबाट एउटा मानिसलाई चुन्‍नुपर्छ। त्‍यो मानिसचाहिँ यस्‍तो हुनुपर्छ, जो यूहन्‍नाले बप्‍तिस्‍मा दिएको समयदेखि प्रभु येशू स्‍वर्गमा उठाई लगिनुभएको दिनसम्‍म उहाँ हामीहरूसँग हिँड्डुल गर्नुहुँदा हाम्रो संगतमा थियो।”

प्रेरित 1:1-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

प्रिय थियोफिलस, मैले मेरो पहिलो पुस्तकमा येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका बारेमा लेखेको छु। उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञा दिनुभएको दिनदेखि उहाँ स्वर्गमा उठाएर लगिनुभएको दिनसम्मको वृत्तान्त मैले मेरो त्यसै पुस्तकमा वर्णन गरिसकेको छु। आफूले दुःख सहनुभएपछि, उहाँ ती मानिसहरूका सामु प्रकट हुनुभयो र आफू जीवित हुनुभएको विश्‍वासलाग्दा धेरै प्रमाणहरू तिनीहरूलाई दिनुभयो। तिनीहरूका सामु उहाँ चालीस दिनसम्म देखा परिरहनुभयो र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो। तिनीहरूसँगै भोजन गरिरहेको बेला एक पल्ट तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “मैले तिमीहरूलाई भनेका मेरा पिताको प्रतिज्ञाको वरदानलाई पर्खेर बस्‍नू। त्यो प्राप्‍त नभएसम्म यरूशलेमलाई नछोड्नू। किनकि यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा तिमीहरूले पवित्र आत्माले बप्‍तिस्मा पाउनेछौ।” तब तिनीहरू उहाँको वरिपरि भेला भए र उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले यसै समयमा इस्राएलको राज्य पुनर्स्थापना गराउनुहुन्छ?” उहाँले तिनीहरूलाई भन्‍नुभयो: “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको समय वा मिति जान्‍ने काम तिमीहरूको होइन। तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ; र तिमीहरू यरूशलेममा, सम्पूर्ण यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ।” उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्‍टिबाट उहाँ बादलभित्र लोप हुनुभयो। उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एक टकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात् सेता पोशाकमा दुई जना मानिस तिनीहरूका नजिक प्रकट भए। तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, आकाशतिर हेर्दै तिमीहरू किन उभिरहेका छौ? तिमीहरूका बीचबाट स्वर्ग लगिइनुभएको यही येशू, जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।” त्यसपछि प्रेरितहरू जैतुनको पहाड भनिने डाँडाबाट यरूशलेम फर्के। यो ठाउँ यरूशलेम सहरदेखि झण्डै एक शब्बाथको बाटो टाढा पर्दछ। तिनीहरू त्यहाँ आइपुगेपछि, तिनीहरू आफू बसेको माथिल्‍लो तलाको कोठामा गए। पत्रुस, यूहन्‍ना, याकोब र अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्फयसको छोरा याकोब र सिमोन कनानी र याकोबको छोरा यहूदा उपस्थित थिए। येशूकी आमा मरियम, उहाँका भाइहरू र अन्य महिलाहरूसँग मिलेर तिनीहरू निरन्तर प्रार्थनामा लागिरहे। ती दिनमा पत्रुस, दाजुभाइ-दिदीबहिनीहरूका (तिनीहरूका संख्या करिब एक सय बीस थियो) बीचमा उभिए, र भने, “दाजुभाइ-दिदीबहिनीहरू हो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दावीदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्त्रको त्यो वचन पूरा हुनैपर्थ्यो। किनकि त्यो पनि हामीहरूमध्येकै एक थियो, र त्यो हाम्रै सेवाको एउटा साझेदार पनि थियो।” (आफ्नो दुष्‍टतापूर्ण कामको इनामबाट यहूदाले एउटा खेत किन्यो। त्यही खेतमा त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, र त्यसका सबै आन्द्राभुँडी बाहिर छरपस्ट भए। यरूशलेमका हरेक मानिसले यो कुरा थाहा पाए। यसैकारण तिनीहरूले आफ्नो भाषामा त्यस खेतलाई आखेल्दामा अर्थात् रगतको खेत भनी नाम राखे।) पत्रुसले भने, “किनकि भजनहरूको पुस्तकमा लेखिएको छ, “ ‘त्यसको ठाउँ उजाड होस्; त्यहाँ बास गर्ने कोही नहोस्,’ र, “ ‘त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्।’ यसैकारण एक जना यस्तो व्यक्ति छान्‍नु आवश्यक छ, जो प्रभु येशू हाम्रा साथमा हुनुहुँदा सबै कुराको साक्षी थियो। त्यो मानिस यूहन्‍नाको बप्‍तिस्माको समयदेखि सुरु गरेर येशू हामीबाट माथि उठाइ लगिइनुभएको बेलासम्म हामीसँगै रहेको हुनुपर्दछ। किनकि तीमध्ये एक जना हामीसँगै उहाँ पुनरुत्थान हुनुभएको साक्षी हुनैपर्दछ।”