२ तिमोथी 4:16-18
२ तिमोथी 4:16-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो पहिलो प्रतिवादमा कसैले मेरो पक्ष लिएन, तर सबैले मलाई त्यागे। यस कुराको दोष तिनीहरूलाई नलागोस्! तर सबै अन्यजातिहरूले सुन्न सकून् भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो, र सम्पूर्ण रूपले वचनको घोषणा गर्न मलाई शक्ति दिनुभयो। अनि मैले सिंहको मुखबाट छुटकारा पाएँ। प्रभुले मलाई सबै खराबीबाट जोगाउनुहुनेछ, र उहाँको स्वर्गीय राज्यको निम्ति मलाई उद्धार गर्नुहुनेछ। उहाँलाई सदासर्वदा महिमा होस्। आमेन।
२ तिमोथी 4:16-18 नेपाली समकालीन संस्करण (NCV)
जब मलाई पहिलो पटक न्यायाधीशकहाँ ल्याइयो, कसैले मेरो पक्ष लिएनन्, तर हरेकले मलाई त्यागिदिए। यसको दोष तिनीहरूलाई नलागोस्। तर प्रभुले मेरो पक्ष लिएर मलाई शक्ति दिनुभयो, ताकि मद्वारा सुसमाचार पूर्ण रूपले घोषणा गरिएको होस् र सारा गैरयहूदीहरूले ती सुन्न सकून्। मलाई सिंहको मुखबाट छुटकारा मिल्यो। प्रभुले मलाई हरेक दुष्ट आक्रमणबाट छुटकारा दिनुहुनेछ र मलाई सुरक्षासाथ उहाँको स्वर्गीय राज्यमा ल्याउनुहुनेछ। उहाँलाई नै सदा-सर्वदा महिमा भइरहोस्। आमेन!
२ तिमोथी 4:16-18 पवित्र बाइबल (NERV)
पहिलो सुनवाइमा मलाई आफ्नो बचाउ गर्नु भनियो, मलाई समर्थन दिने त्यहाँ कोही थिएन। प्रत्येकले मलाई छाडे। म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नेछन्। तर प्रभु मेरो साथ हुनुहुन्थ्यो। उहाँले मलाई शक्तिवान तुल्याउनु भयो जसद्वारा मैले अयहूदीहरूलाई सुसमाचार व्याख्या गर्न सकें। प्रभु चाहनुहुन्थ्यो कि सबै अयहूदीहरूले सुसमाचार सुन्नु पर्छ। म सिंहको मुखबाट उम्किएँ। यदि कसैले मलाई क्षति गर्न खोजे प्रभुले मलाई उद्धार गर्नु हुनेछ। उहाँले मलाई बचाउँनु हुनेछ अनि आफ्नो स्वर्गीय राज्यमा ल्याउनु हुनेछ। उहाँको महिमा सदा सर्वदा रहि-रहोस्। आमिन।
२ तिमोथी 4:16-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पहिलो पटक मेरो मुद्दा चल्दा कसैले पनि मेरो पक्षमा बोलेनन्। सबैले मलाई त्यागिदिए। यसको दोष उनीहरूलाई नलागोस्। तैपनि प्रभुले नै मेरो साथमा रहेर मलाई शक्ति दिनुभयो। त्यसैले मैले अरू जातिका मानिसहरूलाई परमेश्वरको सुसमाचार राम्ररी सुनाउन सकें। यसरी उहाँले मलाई सिंहको मुखबाट बचाउनुभयो। हो, प्रभुले नै मलाई सबै किसिमका खराबीहरूबाट बचाउनुभयो। उहाँले मलाई जोगाएर आफ्नो स्वर्गको राज्यमा लैजानुहुनेछ। उहाँको सदासर्वदा प्रशंसा होइरहोस्। हो, आमेन।