YouVersion लोगो
खोज आइकन

२ तिमोथी 3:2-6

२ तिमोथी 3:2-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्‍डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, स्‍वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्‍वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्‍वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्‍वरलाई भन्‍दा सुख-विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस। किनभने तिनीहरूमध्‍ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्‍न मनोभावको कब्‍जामा परेका कमजोर स्‍त्रीहरूलाई आफ्‍ना अधीनमा पार्छन्‌।

शेयर गर्नुहोस्
२ तिमोथी 3 पढ्नुहोस्

२ तिमोथी 3:2-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, सेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्‍ने, बैगुनी, अपवित्र, प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने, विश्‍वासघाती, लापर्बाही, अहङ्कारले फुलिएका, परमेश्‍वरलाई भन्दा सुख-विलासलाई रुचाउने, भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू। यिनीहरू यस्ता मानिसहरू हुन्, जो अर्काका घरहरूमा सुटुक्‍क पस्छन्, र पापहरूले थिचिएका सबै किसिमका दुष्‍ट इच्छाहरूले शासन गरेका र नैतिक रूपमा कमजोर भएका स्त्रीहरूलाई लोभ्याउँछन्।

शेयर गर्नुहोस्
२ तिमोथी 3 पढ्नुहोस्

२ तिमोथी 3:2-6 पवित्र बाइबल (NERV)

ती दिनहरूमा मानिसले आफूलाई र पैसालाई मात्र माया गर्नेछन्। ती अहंकारी, घमण्डी र अर्कालाई गाली गर्ने हुन्छन्। मानिसहरूले आफ्ना माता पिताका आज्ञा पालन गर्ने छैनन् अनि कृतज्ञ बन्ने छैनन्। ती परमश्वरले मन पराउनु हुने मानिसहरू हुनेछैनन्। मानिसहरूले अर्कालाई प्रेम गर्ने छैनन्। तिनीहरूले अरूलाई क्षमा गर्न अस्वीकार गर्नेछन्। तिनीहरूले नराम्रा कुराहरू बोल्नेछन्। तिनीहरूमा आत्मसंयम हुने छैन। तिनीहरू दुराचारी र नीच हुनेछन् अनि असल कुरालाई हेला गर्ने हुनेछन्। अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारै नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुखभोगलाई अधिक प्रेम गर्ने हुन्छन्। तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको “सेवा” गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस। त्यस्ता कति मानिसहरू घर जान्छन् र पापले पूर्ण भएका स्त्रीहरूलाई आफ्ना अधीनमा राख्छन्। तिनीहरूले गर्न चाहने धेरै नराम्रा कुराहरूद्वारा तिनीहरूलाई पाप तिर तानिन्छन्।

शेयर गर्नुहोस्
२ तिमोथी 3 पढ्नुहोस्

२ तिमोथी 3:2-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यस बेलाका मानिसहरू आफैंलाई मात्र माया गर्ने, पैसाको लोभ गर्ने र आफूलाई ठूलो सम्‍झने, अभिमानी र निन्‍दा गर्ने हुनेछन्। तिनीहरू आफ्‍ना आमा-बुबालाई नटेर्ने, बैगुनी, अपवित्र हुनेछन्। कसैको माया नगर्ने, निर्दयी र त्‍यसै चुक्‍ली लाउने, छाडा, डरलाग्‍दा, राम्रा कुरा मन नपराउने हुनेछन्। तिनीहरूले अर्कालाई धोखा दिएर, मनपरी गर्दै घमण्‍डले फुलेर हिंड्‍नेछन् अनि परमेश्‍वरको सट्टा मोज-मज्‍जा नै मन पराउँछन्। तिनीहरूले भक्तिको भेष त लिन्‍छन् तर यसको शक्तिलाई चाहिँ लिंदैनन्। यस्‍ता मानिसहरूबाट पनि तिमी अलग्‍गै बस। तिमीहरूका बीचमा कति मानिसहरूले घर-घरमा गएर पापैपापले र पापकै इच्‍छा राख्‍ने स्‍वास्‍नी-मान्‍छेहरूलाई आफ्‍नो वशमा राख्‍नेछन्।

शेयर गर्नुहोस्
२ तिमोथी 3 पढ्नुहोस्