२ तिमोथी 3:15-16
२ तिमोथी 3:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ। सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ
२ तिमोथी 3:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीले बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा पाइने मुक्तिमा डोर्याउने ज्ञान दिन सक्षम् छ। सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ।
२ तिमोथी 3:15-16 पवित्र बाइबल (NERV)
तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ। सबै धर्मशास्त्रहरू परमेश्वरले दिनु भएको हो। ती धर्मशास्त्रहरू शिक्षा दिनु अनि मानिसको जीवनमा भएका गलत कुराहरू देखाइदिने काममा उपयोगी छन्। धर्मशास्त्रहरू गल्ती सुधार्न अनि उचित जीवन कसरी जिउनु त्यो सिकाउनुमा उपयोगी छन्।
२ तिमोथी 3:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीले सानैदेखि पवित्र धर्मशास्त्रका कुराहरू जानेका छौ। यिनै कुराले ख्रीष्ट येशूमा विश्वास गर्दा मिल्ने मुक्तिबारे बुझ्ने ज्ञान दिन्छ। परमेश्वरको प्रेरणाबाट मिलेको पूरै धर्मशास्त्र शिक्षा दिनलाई, सच्याउनलाई र राम्रो जीवनको तालिम दिनलाई धेरै कामलाग्दो छ