२ तिमोथी 3:12-15
२ तिमोथी 3:12-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्, तर दुष्ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्-झन् दुष्ट हुँदैजानेछन्। तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्दछौ। तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ।
२ तिमोथी 3:12-15 पवित्र बाइबल (NERV)
ख्रीष्ट येशूमा जसले परमश्वरले चाहेको अनुसार बाँच्न चाहन्छ उसले कष्टहरू भोग्नै पर्छ। मानिसहरू जो दुष्ट अनि अरूलाई धोका दिनेहरू छन् ती नराम्रोदेखि अझ नराम्रो हुँदै जान्छन्। तिनीहरू अरूलाई मूर्ख तुल्याउँछन् तर तिनीहरू स्वयंलाई मूर्ख बनाइरहेका हुन्छन्। तिमीले सिकेका शिक्षालाई तिमीले अनुशरण गर्नुपर्छ किनभने ती सत्य हुन् भनी तिमीलाई भरोसा छ। यो कुरा तिमी जान्दछौ किनकि तिनीहरू जसले तिमीलाई ती सिकाए तिनीहरू भरोसा योग्य छन। तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ।
२ तिमोथी 3:12-15 नेपाली समकालीन संस्करण (NCV)
वास्तवमा हरेक जसले ख्रीष्ट येशूमा भक्तिपूर्ण जीवन जिउन चाहन्छ, ऊ त सतावटमा पर्ने नै छ। जब कि दुष्ट मानिसहरू र ठगाहाहरू, ठग्दै र ठगिँदै झन् खराब हुँदै जानेछन्। तर तिमीचाहिँ आफूले सिकेका शिक्षा, जसमा तिमी विश्वस्त भएका छौ, त्यसैमा लागिरह। तिमी जान्दछौ, ती सत्य हुन् र तिमीलाई सिकाउनेहरू भरोसायोग्य छन्। तिमीले त बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा पाइने मुक्तिमा डोर्याउने ज्ञान दिन सक्षम् छ।
२ तिमोथी 3:12-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ख्रीष्ट येशूमा तल्लीन भएर असल जीवन बिताउन खोज्नेहरूलाई खेदो आइ नै पर्नेछ। तर दुष्ट र ठगहरू भने अर्कालाई ठग्छु भन्दा आफैं ठगिएर तिनीहरू झन्झन् बिग्रँदैजान्छन्। तर तिमीचाहिँ आफूले शिक्षा पाएर विश्वास गरेका सत्यमा लागिराख। कस-कसबाट तिमीलाई शिक्षा मिल्यो, यो तिमीलाई थाहै छ। तिमीले सानैदेखि पवित्र धर्मशास्त्रका कुराहरू जानेका छौ। यिनै कुराले ख्रीष्ट येशूमा विश्वास गर्दा मिल्ने मुक्तिबारे बुझ्ने ज्ञान दिन्छ।