२ तिमोथी 3:1-17
२ तिमोथी 3:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्। किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस। किनभने तिनीहरूमध्ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्न मनोभावको कब्जामा परेका कमजोर स्त्रीहरूलाई आफ्ना अधीनमा पार्छन्। जुन स्त्रीहरू सिक्न त सधैँ सिक्छन्, तर सत्यको ज्ञानमा कहिल्यै आउन सक्दैनन्। यान्नेस र याम्ब्रेसले मोशाको विरोध गरेजस्तै, यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यी मानिसहरू भ्रष्ट दिमागका र नक्कली विश्वासका हुन्छन्। तर तिनीहरू अझ धेरै टिक्न सक्नेछैनन्, किनकि ती दुई मानिसको जस्तै तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ। अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्थिरता देखेका छौ, मेरा सतावटहरू र मेरा कष्टहरू एन्टिओखियामा, आइकोनियनमा र लुस्त्रामा ममाथि के पर्न आयो र कस्ता-कस्ता सतावटहरू सहें, तापनि ती सबैबाट प्रभुले मलाई बचाउनुभयो। ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्, तर दुष्ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्-झन् दुष्ट हुँदैजानेछन्। तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्दछौ। तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ। सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।

२ तिमोथी 3:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर यो याद राख! अन्तिम दिनहरूमा डरलाग्दो समयहरू हुनेछन्। मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, सेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्ने, बैगुनी, अपवित्र, प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने, विश्वासघाती, लापर्बाही, अहङ्कारले फुलिएका, परमेश्वरलाई भन्दा सुख-विलासलाई रुचाउने, भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू। यिनीहरू यस्ता मानिसहरू हुन्, जो अर्काका घरहरूमा सुटुक्क पस्छन्, र पापहरूले थिचिएका सबै किसिमका दुष्ट इच्छाहरूले शासन गरेका र नैतिक रूपमा कमजोर भएका स्त्रीहरूलाई लोभ्याउँछन्। यस्ता स्त्रीहरू सधैँ सिक्छन्, तर कहिल्यै पनि सत्यतालाई बुझ्न सक्षम् हुँदैनन्। जसरी यान्नेस र याम्ब्रेसले मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको बुद्धि भ्रष्ट भएको हुन्छ, र विश्वासमा साँचो हुँदैनन्। तर यान्नेस र याम्ब्रेसका मूर्खता सबैमा प्रकट भएझैँ, यिनीहरूको मूर्खता पनि सबैमा प्रकट हुनेछ, र धेरै टिक्न सक्नेछैनन्। तर तिमीलाई मेरो शिक्षा, मेरो जीवनको तरिका, मेरो उद्देश्य, विश्वास, धीरज, प्रेम, सहनशीलता, सतावटहरू, कष्टहरू; एन्टिओखियामा, आइकोनियममा र लुस्त्रामा ममाथि जे-जे घटना घटेका थिए; अनि मैले सहेका के कस्ता सतावटहरू थिए, यी सबै विषयमा थाहा छ। तरै पनि परमेश्वरले मलाई ती सबैबाट छुटकारा दिनुभयो। वास्तवमा हरेक जसले ख्रीष्ट येशूमा भक्तिपूर्ण जीवन जिउन चाहन्छ, ऊ सतावटमा पर्ने नै छ। तर दुष्ट मानिसहरू, ठगाहाहरू, ठग्दै र ठगिँदै झन्-झन् खराब हुँदै जानेछन्। तर तिमीचाहिँ आफूले सिकेका शिक्षा, जसमा तिमी विश्वस्त भएका छौ, त्यसैमा लागिरह। तिमी जान्दछौ, ती सत्य हुन् र तिमीलाई सिकाउनेहरू भरोसायोग्य छन्। तिमीले बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा पाइने मुक्तिमा डोर्याउने ज्ञान दिन सक्षम् छ। सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ। जसद्वारा परमेश्वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्।
२ तिमोथी 3:1-17 पवित्र बाइबल (NERV)
यो याद गर। अन्तिम दिनहरूमा आपदको समय हुनेछ। ती दिनहरूमा मानिसले आफूलाई र पैसालाई मात्र माया गर्नेछन्। ती अहंकारी, घमण्डी र अर्कालाई गाली गर्ने हुन्छन्। मानिसहरूले आफ्ना माता पिताका आज्ञा पालन गर्ने छैनन् अनि कृतज्ञ बन्ने छैनन्। ती परमश्वरले मन पराउनु हुने मानिसहरू हुनेछैनन्। मानिसहरूले अर्कालाई प्रेम गर्ने छैनन्। तिनीहरूले अरूलाई क्षमा गर्न अस्वीकार गर्नेछन्। तिनीहरूले नराम्रा कुराहरू बोल्नेछन्। तिनीहरूमा आत्मसंयम हुने छैन। तिनीहरू दुराचारी र नीच हुनेछन् अनि असल कुरालाई हेला गर्ने हुनेछन्। अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारै नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुखभोगलाई अधिक प्रेम गर्ने हुन्छन्। तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको “सेवा” गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस। त्यस्ता कति मानिसहरू घर जान्छन् र पापले पूर्ण भएका स्त्रीहरूलाई आफ्ना अधीनमा राख्छन्। तिनीहरूले गर्न चाहने धेरै नराम्रा कुराहरूद्वारा तिनीहरूलाई पाप तिर तानिन्छन्। ती स्त्रीहरू सदैव नयाँ शिक्षाहरू सिक्न चाहन्छन् तर तिनीहरू सत्यलाई पूर्णरूपले बुझ्न कहिल्यै पनि योग्य हुँदैनन्। जेन्नस र जेम्ब्रसलाई नै सम्झ। तिनीहरू मोशाको विरूद्ध थिए। यी मानिसहरू पनि त्यस्तै हुन्। तिनीहरू सत्यका विरोधी हुन्। तिनीहरूको विचार बहकिएको छ। तिनीहरू सत्यको अनुशरण गर्न चुकेका छन्। तर तिनीहरू आफ्ना काममा सफल हुन सक्ने छैनन्। सबले जान्नेछन् कि तिनीहरू मूर्खछन्। जेन्नस र जेम्ब्रसको मामलामा जस्तै प्रत्येकले जान्नेछन् कि तिनीहरू मूर्ख हुन्। मेरो बारेमा तिमी सबै जान्दछौ। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौ। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्दछौ। तिमी जान्दछौ कि कोशिश गर्न म कहिल्यै छोड़दिनँ। तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घट्नाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो। ख्रीष्ट येशूमा जसले परमश्वरले चाहेको अनुसार बाँच्न चाहन्छ उसले कष्टहरू भोग्नै पर्छ। मानिसहरू जो दुष्ट अनि अरूलाई धोका दिनेहरू छन् ती नराम्रोदेखि अझ नराम्रो हुँदै जान्छन्। तिनीहरू अरूलाई मूर्ख तुल्याउँछन् तर तिनीहरू स्वयंलाई मूर्ख बनाइरहेका हुन्छन्। तिमीले सिकेका शिक्षालाई तिमीले अनुशरण गर्नुपर्छ किनभने ती सत्य हुन् भनी तिमीलाई भरोसा छ। यो कुरा तिमी जान्दछौ किनकि तिनीहरू जसले तिमीलाई ती सिकाए तिनीहरू भरोसा योग्य छन। तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ। सबै धर्मशास्त्रहरू परमेश्वरले दिनु भएको हो। ती धर्मशास्त्रहरू शिक्षा दिनु अनि मानिसको जीवनमा भएका गलत कुराहरू देखाइदिने काममा उपयोगी छन्। धर्मशास्त्रहरू गल्ती सुधार्न अनि उचित जीवन कसरी जिउनु त्यो सिकाउनुमा उपयोगी छन्। परमेश्वरको प्रत्येक सेवक धर्मशास्त्रको प्रयोग गरेर तयार हुनेछ अनि हर किसिमको उत्तम कार्य गर्न उसलाई आवश्यक हरेक कुरा प्राप्त हुनेछ।
२ तिमोथी 3:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आखिरी दिनहरूमा दु:खका समयहरू आउनेछन् भनेर तिमीलाई थाहा हुनुपर्दछ। त्यस बेलाका मानिसहरू आफैंलाई मात्र माया गर्ने, पैसाको लोभ गर्ने र आफूलाई ठूलो सम्झने, अभिमानी र निन्दा गर्ने हुनेछन्। तिनीहरू आफ्ना आमा-बुबालाई नटेर्ने, बैगुनी, अपवित्र हुनेछन्। कसैको माया नगर्ने, निर्दयी र त्यसै चुक्ली लाउने, छाडा, डरलाग्दा, राम्रा कुरा मन नपराउने हुनेछन्। तिनीहरूले अर्कालाई धोखा दिएर, मनपरी गर्दै घमण्डले फुलेर हिंड्नेछन् अनि परमेश्वरको सट्टा मोज-मज्जा नै मन पराउँछन्। तिनीहरूले भक्तिको भेष त लिन्छन् तर यसको शक्तिलाई चाहिँ लिंदैनन्। यस्ता मानिसहरूबाट पनि तिमी अलग्गै बस। तिमीहरूका बीचमा कति मानिसहरूले घर-घरमा गएर पापैपापले र पापकै इच्छा राख्ने स्वास्नी-मान्छेहरूलाई आफ्नो वशमा राख्नेछन्। ती स्वास्नी-मान्छेहरूले सिक्न त सधैँ नै सिकिरहन्छन् तर सत्य भने कहिले चिन्न सक्दैनन्। यान्नेस र याम्ब्रेसले जसरी मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको त बुद्धि नै बिग्रेको छ र विश्वासै हराएका छन्। तर तिनीहरूले सधैँ यसो गरिरहन सक्नेछैनन् किनभने यान्नेस र याम्ब्रेसको जस्तै नै तिनीहरूको मूर्खता सबैले नै थाहा पाउनेछन्। तर तिमीले चाहिँ मेरो शिक्षा, मेरो चालचलन र विचारलाई लिएका छौ। मेरो विश्वास, सहने शक्ति, प्रेम र धैर्यलाई मानेका छौ। एन्टिओखिया, आइकोनियन र लुस्त्रामा मैले भोगेको दु:ख तिमीले राम्ररी बुझेका छौ। तर प्रभुले नै मलाई ती सबै आपत्हरूबाट बचाउनुभयो। ख्रीष्ट येशूमा तल्लीन भएर असल जीवन बिताउन खोज्नेहरूलाई खेदो आइ नै पर्नेछ। तर दुष्ट र ठगहरू भने अर्कालाई ठग्छु भन्दा आफैं ठगिएर तिनीहरू झन्झन् बिग्रँदैजान्छन्। तर तिमीचाहिँ आफूले शिक्षा पाएर विश्वास गरेका सत्यमा लागिराख। कस-कसबाट तिमीलाई शिक्षा मिल्यो, यो तिमीलाई थाहै छ। तिमीले सानैदेखि पवित्र धर्मशास्त्रका कुराहरू जानेका छौ। यिनै कुराले ख्रीष्ट येशूमा विश्वास गर्दा मिल्ने मुक्तिबारे बुझ्ने ज्ञान दिन्छ। परमेश्वरको प्रेरणाबाट मिलेको पूरै धर्मशास्त्र शिक्षा दिनलाई, सच्याउनलाई र राम्रो जीवनको तालिम दिनलाई धेरै कामलाग्दो छ, परमेश्वरको मानिसले सबै असल कामहरू गर्न सक्ने होस् भनेर नै धर्मशास्त्र दिएको हो।