YouVersion लोगो
खोज आइकन

२ तिमोथी 2:22-26

२ तिमोथी 2:22-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण जवानीका अभिलाषाहरू त्‍याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्‍वास, प्रेम र शान्‍तिको लक्ष्य राख। तर मूर्ख र बेसमझका सवाल जवाफलाई इन्‍कार गर— तिमी जान्‍दछौ यिनीहरूबाट झगड़ा हुन्‍छ। प्रभुको सेवक झगड़ालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्‍य शिक्षक, सहनशील, र नम्रतासाथ आफ्‍ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्‍वरले तिनीहरूलाई पश्‍चात्ताप गर्ने, सत्‍यतालाई बुझ्‍ने मन दिनुहुनेछ, र तिनीहरू चेतना पाएर दियाबलसको पासोबाट उम्‍कनेछन्, जसले तिनीहरूलाई त्‍यसको इच्‍छाअनुसार चल्‍नलाई कैदी बनाएको छ।

शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्

२ तिमोथी 2:22-26 नेपाली समकालीन संस्करण (NCV)

यसकारण जवानीका अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूसित धार्मिकता, विश्‍वास, प्रेम र शान्तिको पछि लाग। मूर्खता तथा अज्ञानतापूर्ण विवादहरूबाट अलग बस; किनकि तिमी जान्दछौ यस्ता कुराहरूले झगडाहरू मात्र उत्पन्‍न गराउँछन्। प्रभुको सेवकले झगडा गर्नैहुँदैन, तर हरेकप्रति दयालु, निपूर्ण रूपमा सिकाउन सक्ने र सहनशील हुनुपर्छ। आफ्ना विरोधीहरूलाई तिनले नम्रतासाथ सम्झाउनुपर्छ; यो आशामा परमेश्‍वरले तिनीहरूका हृदय परिवर्तन गरून् र सत्यताको ज्ञानमा अगुवाइ गरून्; र तिनीहरू चेतना पाऊन् र शैतानको पासोबाट उम्कन सकून्, जसमा शैतानले तिनीहरूलाई त्यसको इच्छा पूरा गर्नलाई कैदी बनाएका छन्।

शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्

२ तिमोथी 2:22-26 पवित्र बाइबल (NERV)

जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर। मूर्ख र बेसमझका तर्कहरू छोड़। तिमी जान्दछौ यस्ता र्तक बढेर विवादमा परिणत हुन्छन्। प्रभुको सेवकले झगडा गर्नु हुँदैन। उसले सबैप्रति दयालु हुनु पर्छ। प्रभुको सेवक असल शिक्षक हुनुपर्छ। ऊ सहनशील हुनुपर्छ। आफूसित सहमत नहुने मानसिहरूलाई उसले नम्रतापूर्वक सिकाउनु पर्छ। परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरिदिन सक्नुहुन्छ अनि तिनीहरूले सत्यलाई स्वीकार गर्न सक्छन्। त्यस्ता मानिसहरू शैतानको जालमा परेका हुन्छन् अनि शैतानले चाहे जस्तै काम गर्छन्। तर तिनीहरू जान्न अनि शैतानको जालबाट उम्कन सक्छन्।

शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्

२ तिमोथी 2:22-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जवानीमा आउने नराम्रा इच्‍छाहरूलाई छोडेर शुद्ध मनले परमेश्‍वरलाई सहायता मागी पुकार्नेहरूसँग उहाँको अघिअघि ठीक ठहरिने कुरामा विश्‍वास, प्रेम र शान्‍तिमा लाग। तर जान्‍दै नजानेका मूर्ख तर्कबाट अलग्‍गै बस। तिमीलाई थाहा नै छ, यसबाट त झगडा मात्र हुन्‍छ। प्रभुको सेवकले झगडा गर्नुहुँदैन। ऊ सबैसँग मिल्‍ने हुनुपर्दछ अनि शिक्षा दिन सक्‍ने र सबै कुरा सहन सक्‍ने हुनुपर्दछ। उसले विरोधीहरूलाई नम्र भएर सम्‍झाउन सक्‍ने हुनुपर्दछ। त्‍यसो भए मात्र कतै परमेश्‍वरले विरोधीहरूको मन बदलिदिनसक्‍नुहुन्छ र तिनीहरूले सत्‍यलाई पूरै चिन्‍लान्। यसरी तिनीहरू आफ्‍ना होशमा आएर शैतानको फन्‍दाबाट उम्‍कन पाउनेछन् किनभने उनीहरूलाई शैतानले आफ्‍नो कामको लागि पक्रेर राखेको छ।

शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्